कारागारमा उत्पादित सामग्रीको माग घट्यो
नेपालअखबार, चितवन । कुनै समय कारागार कार्यालयमा उत्पादित सामग्री भनेपछि सबैलाई महत्वका साथ खरिद गर्दथे । अहिले कारागाबाट उत्पादित सामग्रीको माग घटेको छ ।
यहाँस्थित कारागार कार्यालयमा मुढा, गलैँचा, झोलालगायतका सामग्री बिक्री हुने गर्दथ्यो । तर अहिले माग घटेको कारागारमा रहेका बन्दीहरुले गुनासो गरेका छन् ।
विगतका वर्षहरुमा बजार सहज हुँदा कारागार कार्यालयमा बन्दी जीवन बिताइरहेका आफ्नो खर्च र परिवारलाई केही सहयोग पुर्याउँदै आएका थिए । तर अहिले त्यस्तो छैन । कारागारमा विगत १३ वर्षदेखि बन्दी जीवन बिताउँदै आएका विकास प्रर्जा (परिवर्तीत नाम) अहिले मुढाको माग घट्दा समस्या भएको बताउछन् । उनले भने, “पहिलेको तुलनामा मुढाको माघ घट्दै गएको छ ।” बन्दी जीवन बिताउँदै गर्दा मानसिक र शारीरिक रुपमा आफूलाई व्यस्त राख्नका लागि मुढा बुन्ने गरेको भए पनि अहिले मुढाको माग घटेको उनले बताए । विगतमा सीमित कारागार...










