Monday, July 6

समाचार

इरानसँग वार्ता गर्ने अमेरिकी अधिकारीमाथि इसराइलले जासुसी गरेको आशंका
राजनीति, विश्व, समाचार

इरानसँग वार्ता गर्ने अमेरिकी अधिकारीमाथि इसराइलले जासुसी गरेको आशंका

नेपालअखबार, काठमाडौं । अमेरिकाले इरानसँगको शान्ति सम्झौतामा काम गरिरहेका वार्ताकारमाथि इसराइलले जासुसी गरेको शंका गरेको छ। इसराइलले गोप्य रूपमा अमेरिकी वार्ताकारको कुराकानी सुनेको भन्दै अमेरिकी खुफिया संस्थाहरूले चिन्ता व्यक्त गरेको द न्यूयोर्क टाइम्सले जनाएको छ। अमेरिका र इसराइलले फेब्रुअरी २८ मा संयुक्त रूपमा सुरू गरेको युद्ध रोक्न अमेरिका र इरानले अप्रिल ७ मा दुई साताको युद्धविराम घोषणा गरेका थिए। सो युद्धविरामपछि युद्ध अन्त्यका लागि शान्ति सम्झौता गर्न हाल अमेरिका र इरानले वार्ता गरिरहेका छन्। इसराइल संलग्न नरहेको सो वार्तामा इसराइली स्वार्थ विपरीत ट्रम्पले इरानसँग सम्झौता गर्ला भन्ने इसराइललाई चिन्ता छ। त्यसैले सो वार्तामा छलफल भएका सर्तहरूका बारेमा थाहा पाउने इसराइलले अमेरिकी अधाकरीमाथि जासूसी गरेको मानिन्छ। ‍इसराइल र अमेरिकाले खुफिया साझेदारी गरे पनि एक-अर्काको अलि-अल...
विद्युतीय माध्यमबाट १० लाखसम्म कर्जा लिन सकिने
अर्थ, प्रशासन, समाचार

विद्युतीय माध्यमबाट १० लाखसम्म कर्जा लिन सकिने

नेपालअखबार, काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट पाइने कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैंकले विद्युतीय माध्यबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन २०७८ संशोधन गर्दै ५ लाखको सीमालाई १० लाख पुर्‍याएको हो । केन्द्रीय बैंकले लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय माध्यमबाट कारोबारमा आधारित भई प्रवाह गर्ने कर्जा सहजीकरण गर्ने व्यवस्था थप गरेको छ । यो व्यवस्थाले साना तथा मझौला व्यवसायीले विद्युतीय माध्यबाट नै १० लाखसम्मको कर्जा लिन सक्ने भएका छन् । त्यसका लागि बैंक, भुक्तानी सेवा प्रदायक र मर्चेन्टको मुख्य भूमिका रहने व्यवस्था मार्गदर्शनमा गरिएको छ । केन्द्रीय बैंकले विद्युतीय कर्जा प्रदान गर्ने सिलसिलामा ग्राहकको विद्युतीय माध्यमबाट गरिएको कारोबारको विवरण, भुक्तानीसम्बन्धी विवरण लगायत व्यवसायसम्बन्धी अन्य विवरणबाट कर्जा विश्लेषण गर्ने कार्यका लागि प्रविधि सेवा प्रद...
ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ
राजनीति, समाचार

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष एवं ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार नेपाललाई बूढानीलकण्ठ नगरपालिका-१०, कटारीबस्तीबाट पक्राउ गरिएको हो । चेक अनादर मुद्दामा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । संखुवासभा सभापोखरी स्थायी घर भएका ६७ वर्षीय नेपाल हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ कौशलटार बस्दै आएका छन् ।...
युद्धविरामयता पहिलो पटक इरान र इसराइलबीच हानाहान
राजनीति, विश्व, समाचार

युद्धविरामयता पहिलो पटक इरान र इसराइलबीच हानाहान

नेपालअखबार,काठमाडौं । इजरायलले इरानमा फेरि आक्रमण गरेको छ । इरानले आइतबार मिसाइल प्रहार गरेको जवाफमा आफूले पनि आक्रमण गरेको इजरायलको भनाइ छ । इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले भनेको छ, ‘केही समयअघि इजरायली वायुसेनाले पश्चिमी र मध्य इरानमा इरानी आतंकवादी शासनका सैन्य अड्डाहरूमा आक्रमण गरेको छ ।’ आक्रमणको स्थान वा क्षतिको विस्तृत विवरण भने दिइएको छैन । तर इरानको सरकारी टेलिभिजन च्यानलले राजधानी तेहरानसहित तीन शहरमा विस्फोट भएको जानकारी दिएको छ । सरकारी टेलिभिजनका अनुसार तेहरान, तबरीज र इस्फहानमा धेरै विस्फोटका आवाज सुनिएका छन् । रिपोर्टअनुसार कराज सहर नजिक पनि विस्फोटहरू सुनिएका छन् । इरानको स्थानीय मिडिया रिपोर्टअनुसार, मिसाइल आक्रमणपछि तेहरानको अन्तर्राष्ट्रिय विमानस्थलमा आउने सबै उडानहरू ‘अर्को आदेश नभएसम्म’ रोकिएका छन् । आइतबार इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरेपछि इर...
तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा
शिक्षा, समाचार, समाज

तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा

नेपालअखबार, टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा दिन थालेको छ । पालिकाको स्वास्थ्य शाखाले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएर विद्यालय तथा समुदायस्तरमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिरहेको जनाएको छ । हालसम्म २० वटा विद्यालय र १० वटा समुदायमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भइसकेको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थी र टोल विकास संस्थामा आबद्ध स्थानीयलाई मानसिक स्वास्थ्यबारे सचेतना दिइएको उनले बताए । “हामीले अभियानकै रूपमा सचेतना कार्यक्रम सञ्चालन गरेका छौँ । जेठ महिनामा अभियानका धेरै विद्यार्थी र नागरिकलाई मानसिक स्वास्थ्यबारे जानकारी दिएका छौँ”, रावलले भने, “विद्यालय तथा समुदायमा कार्यक्रम गर्दा मानसिक समस्या भएकाहरू खुलेर पर...
सिंहदरबारमा सर्वदलीय बैठक जारी
राजनीति, समाचार

सिंहदरबारमा सर्वदलीय बैठक जारी

नेपालअखबार, काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो । सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिननिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा जारी छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको थियो तर कांग्रेस, एमाले र नेकपाले पार्टी प्रमुखलाई पठाएनन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी भएका छन् । यता हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले बैठक नै बहिष्कार गरेको छ ।...
मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
समाचार, समाज

मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला

नेपालअखबार,झापा । झापाको मेचीनगर नगरपालिका–४ स्थित माताचोक नजिक गोरेटो बाटो छेउमा १५ फिट लामो अजिङ्गर सर्प फेला परेकामा उद्धार गरिएको छ । गएराति करिब ११ बजे स्थानीयवासीले अजिङ्गर देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर सुरक्षित रूपमा उद्धार गरी प्रहरी चौकी बाहुनडाँगीमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन बानियाँले जानकारी दिए । उनका अनुसार अजिङ्गरको उद्धार तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालय बाहुनडाँगीसँग समन्वय गरिएको छ । यहाँ वन क्षेत्र नजिकका बस्तीमा बेलाबेला अजिङ्गर, हात्ती तथा अन्य वन्यजन्तु प्रवेश गर्ने गरेका छन् । प्रहरीले यस्ता वन्यजन्तु देखिएमा नजिक नजान र तत्काल सम्बन्धित निकायलाई खबर गर्न स्थानीयलाई आग्रह गरेको छ ।...
थप वार्ताका लागि तेहरान पुगे पाकिस्तानी गृहमन्त्री
राजनीति, विश्व, समाचार

थप वार्ताका लागि तेहरान पुगे पाकिस्तानी गृहमन्त्री

नेपालअखबार, तेहरान । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी शनिबार अमेरिकाको तर्फबाट थप कूटनीतिक वार्ताका लागि इरानको राजधानी तेहरान पुगेका छन् । इरानी अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार भ्रमणका क्रममा नक्वीले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटमा क्षेत्रीय सुरक्षा अवस्था, अमेरिका–इरान सम्बन्ध तथा पछिल्ला तनावबारे छलफल हुने अपेक्षा गरिएको छ । यस्तै, अर्धसरकारी इरानी विद्यार्थी समाचार एजेन्सी (आईएसएनए)ले मोहसिन नक्वीले पाकिस्तानका सेना प्रमुख असिम मुनिरद्वारा इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनेईलाई पठाइएको पत्र पनि साथमा ल्याएको जनाएको छ । मार्च महिनामा पदभार ग्रहण गरेयता आयातोल्लाह मोज्तबा खामेनी सार्वजनिक रूपमा खासै देखिएका छैनन् । यो नयाँ चरणको वार्ता अमेरिका–इरान युद्धपछि उत्पन्न क्षेत्रीय तनावका बिच पाकिस्तानले आफूलाई मध्यस्थकर्...
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
चलचित्र, समाचार

फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक

नेपालअखबार, मुम्बई । दक्षिण भारतीय फिल्म ‘पेड्डी’ लाई लिएर चलिरहेको विवादका बिच अभिनेत्री जाह्नवी कपुरको एउटा कथित व्यक्तिगत कुराकानी सामाजिक सञ्जालमा लिक भएको छ। जाह्नवीका फ्यान क्लबहरूले सेयर गरेका यी स्क्रिनसटहरूमा अभिनेत्रीले फिल्मको सुटिङका क्रममा केही आपत्तिजनक क्यामेरा एङ्गललाई लिएर चिन्ता व्यक्त गरेको दाबी गरिएको छ। यो च्याट फिल्मका निर्देशक बुच्ची बाबु सनाले माफी मागेको भोलिपल्ट सार्वजनिक भएको हो। लिक भएको च्याट अनुसार फिल्मका मुख्य अभिनेता राम चरणले पनि यस मामिलामा जाह्नवीलाई पूर्ण साथ दिँदै निर्देशकलाई हप्काएका थिए। यद्यपि, यस विषयमा जाह्नवी कपुर वा उनको आधिकारिक टोलीले अहिलेसम्म यी सन्देशहरूको पुष्टि भने गरेको छैन। फिल्म ‘पेड्डी’ मा जाह्नवी कपुरले निर्वाह गरेको ‘अचियम्मा’ चरित्रलाई पर्दामा देखाइएको तरिकाप्रति दर्शकहरूले आलोचना गरेपछि यो विवाद सुरु भएको हो । फिल्ममा जाह...
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
प्रशासन, समाचार

ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन

नेपालअखबार, काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ९१ हजार ५०० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १५१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १११, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३० जनालाई कारबाही गरिएको हो ।यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३३, निषेधित क्षेत्रमा हर्न बजाउने १९३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ११८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १६१ जनालाई कारबाही गरिएको हो ।...