Wednesday, July 8

समाचार

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक बस्दै
राजनीति, समाचार

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजकत्वको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरु र कार्यदलको आगामी कामकारवाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुने बताइएको छ । यसअघि कार्यदलको पहिलो बैठक गत चैत २५ गते बसेको थियो । कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट संविधान सभाका सदस्य एवं डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट संविधान सभाका सदस्य एवं पूर्वकानुनमन्त्री देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही, राष्ट्रिय जनमोर्चाका ...
जातीय विभेद तथा छुवाछुत मुद्दामा पोखराका एक वडाध्यक्षलाई ४ महिना कैद सजाय
प्रशासन, समाचार

जातीय विभेद तथा छुवाछुत मुद्दामा पोखराका एक वडाध्यक्षलाई ४ महिना कैद सजाय

नेपालअखबार,पोखरा । जातीय विभेद तथा छुवाछुत मुद्दामा पोखराका एक वडाध्यक्षलाई ४ महिना कैद सजाय गर्ने जिल्ला अदालत कास्कीको फैसला उच्च अदालत पोखराले पनि सदर गरेको छ। पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले जातीय विभेद तथा छुवाछुत गरेको भन्दै वडा सदस्य मैया नेपालीले दिएको मुद्दामा उच्च अदालत पोखराले पनि जिल्ला अदालतकै फैसला सदर गरेको हो। उच्च अदालतका न्यायाधीशद्धय मेरिना श्रेष्ठ र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले बुधबार जिल्ला अदालतकै फैसला सदर गर्ने आदेश दिएको अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’ले बताइन्। वडाध्यक्ष अधिकारीले आफूमाथि जातीय विभेद तथा छुवाछुत हुने गरी गालीगलौज गर्नुका साथै हातपात गरेको भन्दै वडा सदस्य नेपालीले जिल्ला अदालत कास्कीमा २०७९ माघ ५ गते रिट दायर गरेकी थिइन्। दलित समुदायका लागि विनियोजन गरिएको बजेट वडाध्यक्ष अधिकारीले अन्य कार्यक्रममा खर्च गर...
इसराइली हमलाबाट लेबननमा एक पत्रकारको मृत्यु
समाचार, हाइलाइट-समाचार

इसराइली हमलाबाट लेबननमा एक पत्रकारको मृत्यु

नेपालअखबार,काठमाडौं । युद्धविरामबीच इसराइलले लेबननमा हमला गरेको छ। इसराइल र लेबननको सीमाना अल तायरी क्षेत्रमा रिपोर्टिङ गरिरहेकी पत्रकार ४३ वर्षीया अमल खलिल मारिएकी हुन्। उनीसँगै रिपोर्टिङमा रहेका फोटो पत्रकार जैनब फराज घाइते भएकी छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार घटनाक्रम कभर गरिरहेको बेला उनीहरू सवार गाडीको अगाडि रहेको अर्को सवारी साधनमा हमला भएको थियो। त्यसपछि उनीहरूको गाडीबाट झरेर नजिकैको घरमा आश्रय लिन पुगेका थिए। तर अर्को हमला सोही घरमै भएपछि खलिल मारिएकी हुन्। घटनापछि उद्धार टोली पुग्ने प्रयास समेत भएको थियो। तर आक्रमण जारी राखेर अवरोध गरिएको आरोप पनि लगाइएको छ। लेबननका पत्रकार संघकी प्रमुख एल्सी मौफार्रेज र सैन्य अधिकारीका अनुसार उद्धारकर्मीलाई रोक्न ध्वनि ग्रेनेड प्रहार गरिएको थियो। जसका कारण तत्काल उद्धार सम्भव हुन सकेन। करिब सात घन्टापछि मात्रै ख...
हर्मुजमा इरानले बिछ्याएको बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने
विश्व, समाचार

हर्मुजमा इरानले बिछ्याएको बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

नेपालअखबार,काठमाडौं । अमेरिकाले स्ट्रेट अफ हर्मुजमा इरानले बिच्छ्याएको बारूदी सुरूङ (माइन) हटाउन ६ महिनासम्म लाग्न सक्ने अनुमान गरेको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले  सांसदहरूलाई गोप्य ब्रिफिङका क्रममा  इरानसँग युद्धपछि अवरूद्ध बनेको हर्मुजबाट बारूदी सुरूङ हटाउन ६ महिना लाग्न सक्ने भनेर जानकारी दिएको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस र अखबार द वासिङ्टन पोस्टले जनाएको छ। पेन्टागनका अधिकारीहरूले तल्लो सदनअन्तर्गतको हाउस आर्म्ड सर्भिसेस कमिटीलाई मंगलबार गोप्य ब्रिफिङ गरेका थिए। त्यस क्रममा इरानले हर्मुज क्षेत्रमा २० वा सोभन्दा बढी बारूदी सुरूङ बिच्छ्याएको हुनसक्ने र त्यसलाई हटाउन महिनौं लाग्न सक्ने जानकारी गराइएको थियो। उक्त ब्रिफिङपछि सांसदहरूले युद्धको लागत, रणनीति र लक्ष्यबारे थप प्रश्न उठाएको एपीले जनाएको छ। ती बारूदी सुरूङहरू जीपीएस प्रविधिमार्फत टाढाबाट सञ्चालन ग...
सुन तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो
अर्थ, समाचार

सुन तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो

नेपालअखबार,काठमाडौं । बिहीबार पनि सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदी ११० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११० रुपैयाँ घटेसँगै ५ हजार २० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार १३० रुपैयाँ थियो । गत बिहीबार चाँदी ५ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।...
अमेरिकाले इरानलाई दबाव दिन १४ व्यक्ति र कम्पनीमाथि लगायो प्रतिबन्ध
विश्व, समाचार

अमेरिकाले इरानलाई दबाव दिन १४ व्यक्ति र कम्पनीमाथि लगायो प्रतिबन्ध

नेपालअखबार,काठमाडौं । अमेरिकी वित्त (अर्थ) मन्त्रालयले इरान, टर्की र यूएईमा रहेका १४ व्यक्ति, कम्पनीहरू र विमानमाथि प्रतिबन्ध लगाएको छ । उनीहरू माथि इरान सरकारका लागि हतियार र हतियारका पार्ट–पुर्जा खरिद गर्ने र पुर्‍याउने काममा संलग्न रहेको आरोप छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको साथ युद्धविराम बढाउने घोषणाभन्दा अघि अमेरिकाका तर्फबाट उक्त गरिएको कारबाही बीबीसीले जनाएको छ । पछिल्लो प्रतिबन्धका माध्यमबाट अमेरिकाले इरानी शासनमाथि आर्थिक दबाव जारी राख्ने प्रयास गरिएको समाचारमा उल्लेख छ ।प्रतिबन्ध लगाइएका व्यक्ति र कम्पनीहरूको सम्पत्ति अमेरिका र अमेरिकी नागरिकसँग भएको फेला परे रोक्का गरिने बताइएको छ ।...
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
प्रशासन, समाचार

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

नेपालअखबार,काठमाडौँ । सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यातायात व्यवसायीलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो। विभागका अनुसार २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबिच भएको निर्णय बमोजिम विद्यार्थीहरूले सवारी भाडामा ४५ प्रतिशत सहुलियत पाउने व्यवस्था छ। तर, पछिल्लो समय सार्वजनिक सवारी साधनहरूले विद्यार्थीलाई सो बमोजिमको छुट नदिएको भन्दै 'हेलो सरकार' र विभागको गुनासो पेटिकामा व्यापक उजुरीहरू प्राप्त भएपछि विभागले पुनः ताकेता गरेको हो। विभागका निर्देशक गणेशमान सिं राईद्वारा जारी पत्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायातलाई सम्बोध...
सुनचाँदीको भाउ घट्यो
अर्थ, समाचार

सुनचाँदीको भाउ घट्यो

नेपालअखबार,काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख ५ सय रुपैयाँमा झरेको छ । गत बुधबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ थियो । चाँदी भने तोलामा ३० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १३० रुपैयाँमा झरेको महासंघले जनाएको छ । गत बुधबार चाँदी ५ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।...
पश्चिम नवलपरासीमा १२ घर जले, करिब साढे ४ करोड क्षति
समाचार, समाज

पश्चिम नवलपरासीमा १२ घर जले, करिब साढे ४ करोड क्षति

नेपालअखबार,नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरमा आगलागी हुँदा १२ घर जलेका छन् । आगलागीबाट करिब साढे चार करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार आगलागी मंगलबार दिउँसो भएको आगलागीबाट सबै घर खरानी भएका छन् । घरमा रहेका जिन्सी र नगदसहित ४ करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन् । प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरुलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको बताएका छन् ।...
विद्यार्थी संगठन र स्ववियु खारेजीको निर्णय गर्नु सरकारको अधिनायकवादी कदम- पूर्णबहादुर खड्का
राजनीति, समाचार

विद्यार्थी संगठन र स्ववियु खारेजीको निर्णय गर्नु सरकारको अधिनायकवादी कदम- पूर्णबहादुर खड्का

नेपालअखबार,काठमाडौं ।  नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले विद्यार्थी संघसंगठनहरू र स्ववियु खारेज गर्ने निर्णय गर्नु सरकारको अधिनायकवादी कदम भएको बताएका छन्। आज एक विज्ञप्ति जारी गर्दै खड्काले भनेका छन्, ‘जुन लोकतान्त्रिक स्वतन्त्रताको उपयोग गरेर आज सरकारमा बालेन शाहजस्ता युवा नेतृत्व स्थापित भएका छन् त्यही सरकारबाट लोकतन्त्रको नर्सरी मानिने विद्यार्थी संघसंगठन र स्ववियुको अस्तित्वमाथि प्रहार गरी खारेज गर्ने निर्णय गर्नु आफैमा विरोधाभाषपूर्ण मात्र होइन, सरकारको अधिनायकवादी कदमका रूपमा बुझ्न बाध्य भएका छौं।’ उनले सुधारको नाममा इतिहासको अपमान गर्ने र लोकतन्त्रको आधारस्तम्भ भत्काउने कामहरू बन्द गर्न पनि आग्रह गरेका छन्। इतिहास सम्मान र लोकतन्त्र रक्षाका लागि विद्यार्थी शक्ति पुन: सडकमा उत्रन बाध्य भएमा त्यसबाट हुने परिणामको जिम्मा स्वयम सरकारले ब्यहोर्नुपर्ने पनि खड्काको भनाइ ...