Monday, October 5

समाचार

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द
समाचार, समाज

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द

नेपालअखबार, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ । निरन्तरको वर्षासँगै आइतबार गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको बहावले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो। वर्षासँगै नदीले धार परिवर्तन गरेको र झोलुङ्गे पुलमा लगातार नदीको बहावले प्रहार गर्दा मुख्य राजमार्ग चर्किएको तथा भित्री सडक भासिएको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्र उप्रेतीले जानकारी दिए। सडक भासिएपछि अहिले मनकामना केबलकार सेवा बन्द रहेको छ। नदीको बहावले पुलमा निरन्तर प्रहार गरिरहेकाले आसपासको क्षेत्रमा थप जोखिम बढेको वडाध्यक्ष उप्रेतीले बताए ।...
बाढी र पहिरोले मनाङको सदरमुकाम चामे क्षेत्रमा ठुलो क्षति
समाचार, समाज

बाढी र पहिरोले मनाङको सदरमुकाम चामे क्षेत्रमा ठुलो क्षति

नेपालअखबार, मनाङ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले मनाङको सदरमुकाम चामे र आसपासका क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ । ठाडो खोला र मर्स्याङ्दी नदीमा आएको बाढीका कारण बस्तीमा लेदो पसेको छ भने केही घरहरू पहिरोले बगाएको छ । स्थानीयका अनुसार, ५ वटा घर बगाएको हो । बाढी बस्तीमा पसेपछि स्थानीयवासी राति नै जङ्गल र सुरक्षित डाँडातर्फ भागेका थिए । ३ दिनदेखि चामेमा सम्पर्क टुटेको छ । सञ्चार सम्पर्क समेत विच्छेद भएकोमा केहीबेर अघि पुनः सञ्चार जोडिएको छ । बाढी पहिरोले चामे जोड्ने प्रमुख पुलहरू बगाएपछि आवतजावत पूर्ण रूपमा ठप्प बनेको छ । ठाडो खोलामा आएको बाढीले कृषि ज्ञान केन्द्र नजिकका घरहरूमा क्षति पुर्‍याएको छ । सदरमुकाममा रहेका दुई वटै काठेपुल बाढीले बगाएको छ । ‘यहाँ मानवीय क्षति त भएको छैन । तर ४–५ वटा घर बाढीले लगिसक्यो,’ चामेकी सामुदायिक स्वास्थ्य अधिकृत छोडेन याङचेन लामा भन्छिन्, ‘र...
देउवा पक्षले बनाए कांग्रेसको बेग्लै वेबसाइट
राजनीति, समाचार

देउवा पक्षले बनाए कांग्रेसको बेग्लै वेबसाइट

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाली कांग्रेसका नाममा बेग्लै वेबसाइट बनाएर सञ्चालनमा ल्याएका छन्। पूर्वमहामन्त्री शशांक कोइरालालाई १५ औं महाधिवेशन तयारी समिति संयोजक बनाएर असोज १५ गतेदेखि वडा अधिवेशन सुरू हुँदैछ। उक्त तयारी समितिले बेग्लै वेबसाइट बनाएको हो। यस वेबसाइटमार्फत् सदस्यता आवेदन दिन मिल्ने बनाइएको चुनदेवीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेताहरूले बताएका थिए। देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्दैछ।...
बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु
समाचार, समाज

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निसीखोला गाउँपालिका- ३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो । घरमाथिबाट अकस्मात खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विक रहेको प्रहरीले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार आज बिहान ४/५ बजेको समयमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो ।सोही वडाको एङवेङमा जंगबहादुर खड्काको बाख्राको खोर पहिरोमा परेको छ । उनका अनुसार खोरमा २५ वटा बाख्रा रहेकोमा ८ वटालाई पहिरोले बगाएको छ ।...
रामघाटमा प्रहरीको माइकिङ–‘जोखिम उच्च भयो, अत्यावश्यक कागजात लिएर निस्किनू’
समाचार, समाज

रामघाटमा प्रहरीको माइकिङ–‘जोखिम उच्च भयो, अत्यावश्यक कागजात लिएर निस्किनू’

नेपालअखबार,पोखरा ।  लगातारको अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव निकै बढेपछि पोखरास्थित रामघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान सुरक्षाकर्मीले आग्रह गरेका छन् । सेती नदीमा पानीको सतह बढेर बस्ती डुबानमा पर्ने जोखिम बढेको भन्दै माइकिङ गरेर बस्ती खाली गर्न भनिएको हो । सुरक्षाकर्मीहरूले माइकिङ गर्दै रामघाट क्षेत्रका बासिन्दालाई आफ्ना अत्यावश्यक सामान र कागजातसहित सुरक्षित स्थानमा स्थानान्तरण हुन अनुरोध गरेका छन् । ‘अविरल वर्षाका कारण सेती नदीस्थित रामघाट क्षेत्रमा पानीको बहाव बढी डुबान हुँदै गएकाले आफू र आफ्ना अत्यावश्यक सामानहरू सुरक्षित स्थानमा लैजानुहुन विनम्र अनुरोध गर्दछौँ,’ माइकिङ मार्फत भनिएको छ । गीता मन्दिर, क्रियापुत्री भवन र लक्ष्मीनारायण मन्दिर भने सुरक्षित रहेकोले त्यसतर्फ जान सकिने प्रहरीले जनाएको छ । विगत केही दिनयताको निरन्तर वर्षाका कारण देशभरका नदी तथा ख...
बाँकेमा हावाहुरीले धानबालीमा क्षति
समाचार, समाज

बाँकेमा हावाहुरीले धानबालीमा क्षति

नेपालअखबार,बाँके । लगातारको वर्षासँगै शनिबारको हावाहुरीले बाँकेमा धानबालीमा क्षति भएको छ । नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ । डुडुवा गाउँपालिका–५ का सुजन थापाको खेतमा पनि धान ढलेको छ । कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइनसकेको जानकारी दिँदै ३३ हजार ५०३ हेक्टरमा धान रोपिएको बताए ।...
सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा
समाचार, समाज

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

नेपालअखबार,रसुवा । भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल पूर्णरूपमा टुटेपछि स्थानीय जनजीवन कष्टकर बनेको छ । सडक यातायात ठप्प हुँदा जिल्लामा खाद्यान्न सङ्कट गहिरिन थालेको छ भने स्थानीय कृषक र व्यवसायीहरू आर्थिक मारमा परेका छन् । बाढी गएको एक महिना बितिसक्दा यातायात सञ्चालन हुन नसक्दा रसुवागढी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको हाहाकार हुन थालेको स्थानीय बासिन्दाहरू बताउँछन् । लामो समयदेखि सडक अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रका होलसेल व्यापारीहरू प्रभावित भएको रसुवा ठूलो भार्खुका व्यापारी किप्पा छिरिङ तामाङ बताउनुहुन्छ । उहाँका  अनुसार बाढी आउनु अगाडि सहज रूपमा सामान ढुवानी हुने गरेको र बजार मूल्य सस्तो थियो । ‘सडक नहुँदा सामान ल्याउनै सकिँदैन, पाइहाले ढुवानी खर्च मात्रै प्रतिपटक रु ५० हजारभन्दा बढी लाग्ने गरेको छ । अहिलेको अवस्थामा सरकारले राहत बाँड्न...
अमेरिका पुगेर पनि किन राष्ट्रसंघको महासभामा गएनन् चिनियाँ राष्ट्रपति ?
राजनीति, विश्व, समाचार

अमेरिका पुगेर पनि किन राष्ट्रसंघको महासभामा गएनन् चिनियाँ राष्ट्रपति ?

नेपालअखबार, काठमाडौँ । वासिङ्टन डीसीबाट न्यूयोर्क हवाईजहाजमार्फत पुग्न करिब डेढ घण्टा लाग्छ । तर, चीनका राष्ट्रपति सी जिनपिङ सेप्टेम्बर २३ मा अमेरिका पुग्दा न्यूयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी भएनन् । चीनका तर्फबाट उपराष्ट्रपति हान झेङले सेप्टेम्बर २४ देखि २६ सम्म न्यूयोर्कमा जारी महासभामा चीनको प्रतिनिधित्व गरिरहेका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनका अनुसार उपराष्ट्रपति हानले चीनले आयोजना गरेको ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’को पाँचौँ वार्षिकोत्सवका अवसरमा हुने उच्चस्तरीय संवादमा सहभागिता जनाउने छन् । उनले संयुक्त राष्ट्रसंघका महासचिव, ८१ औँ महासभाका अध्यक्ष तथा विभिन्न देशका नेताहरूसँग भेटवार्तासमेत गर्नेछन् । तर सीको महासभामा अनुपस्थितिलाई चीनले संयुक्त राष्ट्रसंघको महत्वबारे दिँदै आएको जोडसँग जोडेर विश्लेषण गरिएको छ । जुन २०२६ मा चीनले स...
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध
समाचार, समाज

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

नेपालअखबार, बागलुङ । बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार साँझदेखि अवरूद्व भएको छ । कालीगण्डकी करिडोर बागलुङ खण्डको जैमिनी नगरपालिका र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको निसोखोला गाउँपालिकामा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण जैमिनी नगरपालिका–८ छिस्ती बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक ठप्प भएको हो । यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बुर्तिवाङ–निसीखोला खण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आउँदा मध्यपहाडी लोकमार्ग अवरूद्व बनेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तथा प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए । दुवै राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना तथा कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको बताउँदै उपरीक्षक प्रसाईंले पानी निरन्तर परिरहेकाले पहिरो खुलाउन नसकिएको र सकभर यात्र...
जय नेपाल पार्टीको केन्द्रीय कार्यालय उद्घाटन
राजनीति, समाचार

जय नेपाल पार्टीको केन्द्रीय कार्यालय उद्घाटन

नेपालअखबार, काठमाडौँ। राष्ट्रियताको संरक्षण र हिन्दु राष्ट्रको पुनर्स्थापना गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको जय नेपाल पार्टीले आफ्नो केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गरेको छ। काठमाडौँको चाबहिलमा शनिबार आयोजित विशेष कार्यक्रमबिच कार्यालयको उद्घाटन गरिएको हो। पार्टीका सभापति डा. धवलशम्शेर राणाले कार्यालयको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै सभापति राणाले पार्टीको मुख्य ध्येय राष्ट्र निर्माण, सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना रहेको बताए।‘हामीले दृढ सङ्कल्पका साथ यो पार्टीको स्थापना गरेका छौँ। नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउन, राजासहितको प्रजातन्त्र पुनर्बहाली गर्न र देशको आर्थिक विकासको मार्ग प्रशस्त गर्न यो पार्टी प्रतिबद्ध छ,’ राणाले भने। कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।...