Sunday, July 5

समाचार

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो
विदेश, समाचार, समाज

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो

नेपालअखबार,काठमाडौँ । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ सय पुगेको छ। गत बुधबार ७.२ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या सोमबारसम्म १५ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अझै करिब ५० हजार मानिसको अवस्था अज्ञात रहेको बताइएको छ। त्यस्तै ३ हजार १५० जना घाइते भएका छन् भने १२ हजार ७२१ जना विस्थापित भएका छन्। साथै ७७४ वटा भवन पूर्ण रूपमा भत्किएका छन्। सबैभन्दा बढी प्रभावित तटीय राज्य ला ग्वाइरामा विदेशी उद्धार टोलीहरू समेत परिचालन गरिएका छन्। उद्धार अभियानका क्रममा आइतबार पनि केही व्यक्तिलाई जीवितै बाहिर निकालिएको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले उद्धार र पुनःस्थापना अभियान जारी रहको बताइन्। 'आज पनि केही मानिसलाई जीवितै उद्धार गरिएको छ, त्यसैले अभियान रोकिएको छैन। हामी सधैं आशा कायम राख्छौं,' उनले भनिन्। ...
बाँकेमा खेतका फाँट धुलाम्मे, धाजा फाट्न थाले ब्याड
कृषि, समाचार, समाज

बाँकेमा खेतका फाँट धुलाम्मे, धाजा फाट्न थाले ब्याड

नेपालअखबार,बाँके। यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे देखिएका छन् । जिल्लाका केही स्थानमा बीउ राखेको खेतको ब्याडमा धाजा फाटेको छ। असारमा पनि खेतका फाँट धुलाम्मे भएको देख्दा बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरका किसान धुमलिया थारूले विगत वर्षहरुमा यस्तो समस्या भोग्न नपरेको सुनाए। 'वैकल्पिक सिँचाइ वा पानी लाग्ने अवस्था छैन, त्यसैले हामीलाई धेरै गाह्रो छ,' उनले भने। आफ्नो १० कट्ठामात्रै खेत रहेको उल्लेख गर्दै थारुले परिवार पाल्न करिब डेढ बिघा क्षेत्रफलमा धानखेती गर्दै आएको बताए। यसपटक पर्याप्त वर्षा नभए धानको उत्पादन घट्दा त्यसको प्रत्यक्ष असर उहाँको परिवारमा पर्ने निश्चित छ । बर्सेनि अधिया धानखेती गरेर करिब १० क्विन्टल धान उत्पादन हुने उनले बताए। 'जति सकिन्छ त्यति नै रोप्ने हो तर अहिलेसम्म वर्षा भएको छैन,' उनले भने। सिक्टा सिँचाइका सुविध...
कंलकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
दुर्घटना, समाचार

कंलकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार बिहान काठमाडौं महानगरपालिका- १४ कंलकी पुल नजिक बा ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक कैलाली घर भएका २७ वर्षीय प्रकाश साहको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि बस्ने कैलाली धनगढी नगरपालिका घर भई नैकाप बस्ने २७ वर्षीया मुस्कान भट्ट घाइते भएकी छन्। उनको अवस्था सामान्य छ।...
करिब ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ
प्रशासन, समाचार, समाज

करिब ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ

नेपालअखबार,धनकुटा । धनकुटामा करिब ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ परेका छन् । जिल्लाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेबाट करिब ७ सय ७५ किलोग्राम गाँजासहित पाख्रीबास नगरपालिका–१ सान्ने घर भई सुनसरी इटहरी उपमहानगरपालिका–१ आँपगाछी बस्ने ३३ वर्षीय परीक्षण कुँवरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ख ४६३५ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा कुँवरलाई पक्राउ गरिएकाे हाे ।ट्रकको ढालाभित्र प्लास्टिकमा सेतो टेपले प्याक गरेको २५ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक परीक्षणलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।...
अमेरिका र इरानबिच पुनः तनाव बढ्दा कच्चा तेलको मूल्य बढ्यो
विश्व, समाचार

अमेरिका र इरानबिच पुनः तनाव बढ्दा कच्चा तेलको मूल्य बढ्यो

नेपालअखबार,काठमाडौँ । अमेरिका र इरानबिच भएको आक्रमण र प्रत्याक्रमणका कारण तेल बजारमा फेरि अस्थिरता देखिएको छ। पश्चिम एसियामा बढेको तनावले दुई देशबिच भएको अन्तरिम शान्ति सम्झौताको कमजोरीलाई उजागर गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको हो। यो तनावका कारण स्ट्रेट अफ होर्मुज भएर हुने इन्धन ढुवानी पुनः सुस्त भएको छ। सोमबारको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ५८ सेन्ट अर्थात् ०.८ प्रतिशतले बढेर ७२.५७ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) क्रुडको मूल्य प्रतिब्यारेल ८८ सेन्ट अर्थात् १.३ प्रतिशतले बढेर ७०.११ डलर पुगेको छ। आईएनजीका विश्लेषकहरूका अनुसार तेल बजारमा अझै पनि धेरै जोखिमहरू कायमै छन्। गत फेब्रुअरीको अन्त्यमा इरानमाथि सुरु भएको अमेरिका–इजरायल युद्धपछि गत हप्ता सो क्षेत्रबाट तेल ढुवानी उच्च विन्दुमा पुगेको थियो, जसका कारण ब्रेन्ट क...
एमाले पुनर्गठन गर्न डिजिटल मत सर्वेक्षण
राजनीति, समाचार

एमाले पुनर्गठन गर्न डिजिटल मत सर्वेक्षण

नेपालअखबार,काठमाडौ । नेकपा एमालेका युवाहरुले पार्टी पुनर्गठनबारे मत सर्वेक्षण अभियान पनि शुरु गरेका छन् । पार्टीको पुनगर्ठन कार्यदलले सीमित नेताहरुसँग मात्र सुझाव लिएकाले स्वतन्त्र मत सर्वेक्षण सुरु गरिएको उनीहरुले बताएका छन् । ‘एमाले पार्टी जीवनको कुरा नेताहरुलाई मात्रै होइन, सदस्यहरुलाई पनि उत्तिकै चासोको विषय हो,’ अभियानको नेतृत्व गरिरहेका गजेन्द्र थपलियाले भने, ‘यो मत सर्वेक्षणमा पार्टी सदस्य र स्वतन्त्र नागरिकले पनि एमालेबारे धारणा राख्न सक्नेछन् ।’ एमालेको कार्यदलले केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्लाका पदाधिकारी र जनसंगठनका पदाधिकारीहरुबाट मात्रै सुझाव लिएको छ । यसलाई अपर्याप्त भन्दै सुरु भएको डिजिटल मत सर्वेक्षणमा १८ प्रश्न राखिएको छ । जसमा पार्टी पुनगर्ठनका प्रश्नहरु समावेश छन् । कुन कमिटीका नेतालाई नेतृत्वमा ल्याउनेदेखि अर्लि महाधिवेशनको आवश्यकताबारे समेत मत प्रश्नाव...
युरोपमा गर्मीबाट १ हजार ३०० जनाको मृत्यु : डब्ल्यूएचओ
विश्व, समाचार, समाज

युरोपमा गर्मीबाट १ हजार ३०० जनाको मृत्यु : डब्ल्यूएचओ

नेपालअखबार,काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन प्रभावित भएको छ । आइतबार पनि युरोपका विभिन्न देशमा तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन् । जर्मनी, पोल्यान्ड र चेक गणतन्त्रमा तापक्रमले नयाँ रेकर्ड बनाएको र भीषण गर्मीको लहर पूर्वी युरोपतर्फ फैलिँदै गएको बीबीसीले जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक गेब्रेयससले गर्मीका कारण हुने शारीरिक तनावलाई प्राय: ‘मौन हत्यारा’ (साइलेन्ट किलर) का रूपमा चिनिने उल्लेख गर्दै युरोपका घर, कार्यालय र विद्यालय यस्ता चरम तापक्र...
संविधान संशोधन गर्नुपर्ने भए पनि त्यसको मेकानिजमको आधारमा गरिनुपर्ने :पूर्वप्रधानमन्त्री झलनाथ खनाल
राजनीति, विचार, समाचार

संविधान संशोधन गर्नुपर्ने भए पनि त्यसको मेकानिजमको आधारमा गरिनुपर्ने :पूर्वप्रधानमन्त्री झलनाथ खनाल

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अनाडीहरूबाट संविधान संशोधन नगरिने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् । संविधान संशोधन एउटा लचिलो दस्तावेज भए पनि संशोधनको नाममा बाँदरको हातमा नरिवल बन्न दिन नहुने खनालको भनाइ छ । संविधान संशोधन गर्नुपर्ने भए पनि त्यसको मेकानिजमको आधारमा गरिनुपर्ने उनले बताए । देशमा अहिले राजनीतिक लगायत अनेक खालका चुनौतीहरू रहेको भन्दै उनले मुलुकको संविधानमाथि नै खतरा देखा परेको उनले बताए । खनालले भने, ‘आज यो देशमा जुनखालका चुनौतीहरू देखापरिरहेका छन् । राजनीतिक चुनौतीदेखि लिएर यो देशको अस्तित्वमाथि खतरा आइरहेको छ । गणतन्त्रमाथि खतरा आइरहेको छ । अहिलेको संविधानमाथि खतरा आइरहेको छ । संविध...
‘नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई सिध्याउने गरी भदौ २३ र २४ को प्रतिगामी षडयन्त्र : पूर्वप्रधानमन्त्री ओली
राजनीति, विचार, समाचार

‘नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई सिध्याउने गरी भदौ २३ र २४ को प्रतिगामी षडयन्त्र : पूर्वप्रधानमन्त्री ओली

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ बाट सुरु भएको प्रतिगमनको सिलसिला जारी रहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई सिध्याउने गरी भदौ २३ र २४ को प्रतिगामी षडयन्त्र भयो’, ओलीले भने–  ‘त्यस षडयन्त्रले वैधानिक सरकारलाई विस्थापित गर्‍यो । सरकार बनाउने वैधानिक संसद् विघटन गरेर असंवैधानिक सरकार बनाइयो ।’ उनले आफूहरूका केही कमीहरू रहे आत्मसमीक्षा गर्न सकिने बताए । ‘तर हामीले देश बर्बाद पार्‍यौ भन्ने भाष्य गलत हो । प्यारामिटरहरु हेरौँ । देशद्रोही काम गरेर, विकासका काम नगरेर होइन,...
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : पूर्वप्रधानमन्त्री नेपाल
राजनीति, विचार, समाचार

लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : पूर्वप्रधानमन्त्री नेपाल

नेपालअखबार,काठमाडौँ ।नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद(जवज) पुरानो भयो भन्दैमा अवमूल्यन गर्न नहुने बताएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । झण्डै दुई तिहाइ शक्ति नजिक पुगेको कम्युनिस्ट पार्टी के कारणले कमजोर भयो भनेर आत्ममूल्यांकन गर्न सक्नुपर्ने बेला आएको भन्दै नेपालले हामीमा के–के विकृति र विसङ्गति आए भनेर आत्मसमिक्षा गर्नुपर्ने बताए। मदन भण्डारीका खुबी र दुरदृष्टिको अनुसरण गर्न सक्नुपर्ने भन्दै उनले वास्तविकताको धरातलमा उभिएर कुनै पनि चुनौतीको सामना गर्न सक्नुपर्छ भन्ने उनको (मदन) वास्त...