Monday, August 3

समाचार

पाँचथरका ६ वटा विद्यालयको नतिजा शून्य
शिक्षा, समाचार, हाइलाइट-समाचार

पाँचथरका ६ वटा विद्यालयको नतिजा शून्य

नेपालअखबार,काठमाडौं ।  हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य आएको छ। एक संस्थागत र पाँच वटा सामुदायिक विद्यालयबाट परीक्षामा सामेल कुनै पनि विद्यार्थी ‘ग्रेडेड’ (उत्तीर्ण) हुन सकेनन्। फिदिमको कालिका मावि साम्दिनबाट आठ जना विद्यार्थी एसइई परीक्षामा सामेल भएकामा एक जना पनि ग्रेडेड नभएको फिदिम नगरपालिकाको शिक्षा शाखाले जनाएको छ। गत वर्ष पनि यस विद्यालयले कुनै विद्यार्थीलाई उत्तीर्ण गराउन सकेको थिएन। यस्तै, फाल्गुनन्द गाउँपालिका–३ स्थित सारताप मनरत्न माविबाट २६ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक जना पनि उत्तीर्ण भएनन्। मिक्लाजुङ गाउँपालिकाका दुई सामुदायिक र एउटा संस्थागत विद्यालयले कुनै पनि विद्यार्थीलाई उत्तीर्ण गराउन सकेनन्। यहाँको खान्द्रोङ मावि मिक्लाजुङ–१ बाट छ, चन्द्रोदय मावि मिक्लाजुङ–७ बाट १० र माउण्ट कञ्चन बोर्डिङ स्...
वन्यजन्तुका डरले गावैं रित्याएर बसाइँसराइँ
समाचार, समाज

वन्यजन्तुका डरले गावैं रित्याएर बसाइँसराइँ

नेपालअखबार,काठमाडौं । खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भदौ महिनाको अन्तिम साता आसपास पशुचौपायाका गोठहरू बेँसीतिर सार्ने चलन छ। यसरी बेँसी झर्दा तिनलाई पछ्याउँदै वन्यजन्तुहरू पनि तल झर्न थाल्छन्। आहाराको खोजीमा चितुवा, भालु, स्याललगायत वन्यजन्तु बेँसी झर्दा बाली र पशुधन क्षतिका घटना बढ्दै गएका छन्। बझाङको खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाका १० वटा वडा, बाजुराको छेडेदह गाउँपालिकाका दुई  वडा, अछामको साँफेबगर नगरपालिकाका छ वडा, डोटीका सायल गाउँपालिका र पूर्वीचौकी गाउँपालिकाका छ वटा वडा गरी खप्तड फेदीका पाँच गाउँपालिका र एक नगरपालिकाका कुल २४ वटा वडाका बासिन्दाले यस्तै समस्या भोग्नु परेको छ। यहाँ मानव— वन्यजन्तु द्वन्द्वको जोखिमसमेत बढ्दै गएको छ। वन्यजन्तुको बढ्दो जोखिम राष्ट्रिय निकुञ्जबाट आउने चितुवा, भालु, बँदेल, स्याल, दुम्सी र बाँदरबाट स्थानीयवासी हैरान छन्। च...
आज प्रतिनिधिसभामा ६ कार्यसूची
राजनीति, समाचार

आज प्रतिनिधिसभामा ६ कार्यसूची

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज ६ वटा कार्यसूची रहेका छन् । बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने पहिलो कार्यसूची छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को लागि नेपाल सरकारले तयार पारेको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसउपर प्रतिनिधिसभामा छलफल हुन पाएको छैन । बुधबार छलफल गर्ने कार्यसूची रहे पनि विपक्षी दलहरूको बारम्बारको अवरोधका कारण सम्भव भएन । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची पनि आजै छ । ‘प्रधानमन्त्री वालेन्द्र शाहले सम्माननीय राष्ट्रपतिले २०८३ वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठ...
तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राजनीति, समाचार

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

नेपालअखबार,काठमाडौँ । संघीय संसदअन्तर्गत आज विभिन्न तीनवटा विषयगत समितिको बैठक बस्दैछ । आज बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा छुट्टाछुट्टै कार्यसूचीमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को समग्र अवस्थाबारे प्रस्तुतीकरण हुने कार्यसूची रहेको छ । बैठकमा परिषद्द्वारा सञ्चालित अनुसन्धानात्मक कार्यक्रमहरू, विद्यमान समस्या, चुनौती तथा नार्कको आगामी कार्यदिशाका सम्बन्धमा विस्तृत छलफल गरिने जनाइएको छ । त्यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठकमा आदिवासी जनजाति आयोगको कामकारबाहीका सम्बन्धमा छलफल हुनेछ । उक्त बैठकमा आयोगका पदाधिकारीहरूलाई आमन्त्रण गरी आयोगको हालसम्मको प्रगति, कार्यसम्पादनमा देखिएका जटिलता र भावी योजनाका व...
कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेला पोखरामा
राजनीति, समाचार

कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेला पोखरामा

नेपालअखबार,पोखरा । नेपाली कांग्रेसले बिहीबार पोखरामा प्रदेश र स्थानीय तहकेन्द्रित प्रदेशस्तरीय भेला’ गर्दैछ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् कांग्रेसले पोखरामा गण्डकी प्रदेशस्तरीय दुई दिने भेला गर्न लागेको हो । जसअन्तर्गत कैलालीको धनगढीमा २६ र २७ वैशाखमा सुदूरपश्चिम प्रदेशस्तरीय तथा २८ र २९ वैशाखमा कर्णाली प्रदेशस्तरीय भेला सुर्खेतमा सम्पन्न भइसकेको छ । गण्डकीपछि ४ र ५ जेठमा बागमती प्रदेशस्तरीय भेला काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने कांग्रेसले जनाएको छ । मधेश प्रदेशको भेला ६ र ७ जेठमा महोत्तरीको बर्दिवासमा, कोशी प्रदेशको ८ र ९ जेठमा सुनसरीको लौकीमा आयोजना गर्ने तयारी कांग्रेसको छ । यस्तै, लुम्बिनी प्रदेशको १४ र १५ जेठमा रुपन्देहीको तिलोत्तमामा आयोजना गरिने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।...
विपक्षीले छाडेनन् अवरोध, दोस्रो बैठक पनि स्थगित
राजनीति, समाचार, हाइलाइट-समाचार

विपक्षीले छाडेनन् अवरोध, दोस्रो बैठक पनि स्थगित

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षीले अवरोध राखेपछि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै जवाफका लागि रुलिङ गर्न माग गर्दै अवरोध गरेको हो । अवरोध जारी भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे । यसअघि पनि विपक्षीले सोही माग राखेर अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो । आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले आर्थिक वर्ष ०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची थियो । प्रधानमन्त्रीले अर्थमन्त्रीलाई उक्त प्रस्ताव पेस गर्न अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई तोकेर पठाएको जानकारी सभामुखले गरेर वाग्लेलाई रोस्ट्रममा बोलाएलगत्तै विपक्षीहरूले अवरोध सुरु गरेका थिए । यसविषयमा सभामुख डीपी अर्यालले प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेलगत्तै संसद् बैठक सुरु भएको थियो । छ...
पूर्व अमेरिकी राष्ट्रपति ओबामालाई पक्राउ गर्न माग गरेको पोस्ट ट्रम्पले गरे सेयर
राजनीति, विश्व, समाचार

पूर्व अमेरिकी राष्ट्रपति ओबामालाई पक्राउ गर्न माग गरेको पोस्ट ट्रम्पले गरे सेयर

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामालाई पक्राउ गर्न माग गरेको पोस्ट आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा एक पोस्ट गरेका छन्। कुनै प्रमाण बिना नै ओबामामाथि देशद्रोहको आरोप लगाएर पक्राउको माग गरिएको सो पोस्ट ट्रम्पले साझा गरेको भनेर द वाशिङटन पोस्टले लेखेको छ। उनले चीन भ्रमणका लागि प्रस्थान गर्नु अघि गरेका धेरै पोस्ट गरिरहेका छन्। यसबीच उनले सो पोस्ट साझा गरेका हुन्। पोस्टले ओबामा सरकारले ट्रम्पको सन् २०१६ को चुनावी अभियानमा जासुसी गरेको भनेर ट्रम्पले वर्षौंदेखि उठाउँदै आएको दाबी समावेश थियो। ‘ती सबैलाई पक्राउ गर। सबैमाथि मुद्दा चलाऊ। धोकाधडी, देशद्रोह र अमेरिकी सरकार ढाल्न गरिएको विद्रोही षडयन्त्रका लागि सबैलाई एकैसाथ जेल हाल। तर सबैभन्दा पहिले, बाराक ओबामालाई,’ पोस्टको अन्त्यमा लेखिएको थियो। सन् २०१६ मा पहिलो कार्यकालका लागि ट्रम...
लम्कीचुहा अस्पताल विवाद : मेयरको राजीनामा माग्दै नगरपालिकामा तालाबन्दी
समाचार, समाज

लम्कीचुहा अस्पताल विवाद : मेयरको राजीनामा माग्दै नगरपालिकामा तालाबन्दी

नेपालअखबार, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्र तनावग्रस्त बनेको छ । १५ शय्याको लम्कीचुहा अस्पताल सञ्चालनको विषयमा प्रदेश सरकार र नगरपालिकाबीच सहमति बन्न नसक्दा विवाद बढेपछि लम्की क्षेत्रमा तनाव भएको हो । प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि पठाएका मेडिकल सुपरिटेन्डेन्ट डाक्टरसहितका कर्मचारीलाई हाजिर गर्न नदिएको भन्दै मेयर सुशीला शाहीविरुद्ध स्थानीय आन्दोलित भएका छन् । अस्पताल सञ्चालन गर्न दिनुपर्ने माग राख्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले लम्कीचुहा नगरपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेका छन् । सो क्रममा नेपाल प्रहरी र नगर प्रहरीसँग स्थानीयको भनाभन भएको छ । स्थानीयले वडा नम्बर ४ को कार्यालयमा समेत तालाबन्दी गरेका छन् । आन्दोलनरत पक्षका पारश देवकोटाले प्रादेशिक अस्पताल सञ्चालनका लागि आएका डाक्टर र कर्मचारीलाई मेयरले अवरोध गरेको विरोधमा नगरपालिकामा तालाबन्दी गरिएको बत...
सदनमा आउने नआउनेबारे प्रधानमन्त्रीसँग संवाद गर्छु : सभामुख
राजनीति, समाचार

सदनमा आउने नआउनेबारे प्रधानमन्त्रीसँग संवाद गर्छु : सभामुख

नेपालअखबार,काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकमा विपक्षीको मागबमोजिम जवाफ दिन प्रधानमन्त्री बालेन शाह उपस्थित हुने नहुने विषयमा आज छलफल गर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल तय भएको जानकारी गराएका हुन् । ‘आजको सभा सकिएपछि सम्माननीय प्रधानमन्त्रीसँग संवाद गर्न कुरा छ । त्यसकारण आज हामीले यसको प्रतिउत्तर, जवाफ हामीले भ्याउँदैनौँ,’ सभामुख अर्यालले सदनलाई जानकारी गराउँदै भने, ‘आज छलफल अघि बढाउँ । जवाफ दिनेक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू आउन सक्नुहुन्छ कि सक्नुहुन्न, आउन सक्नुहुन्छ कि सक्नुहुन्न उहाँको अवस्था के छ भन्ने विषयमा मैले अहिले निर्णय त दिन सक्दिनँ ।’ उनले भोलिको बैठकको विषयमा प्रधानमन्त्रीसँग संवाद गरेर कार्यव्यवस्था समितिको बैठकमा छलफल गर्...
श्रीमान‍्‍को कुटपिटबाट श्रीमतीको मृत्यु
समाचार, समाज

श्रीमान‍्‍को कुटपिटबाट श्रीमतीको मृत्यु

नेपालअखबार, गुल्मी । गुल्मीमा श्रीमान‍्‍को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । इश्मा गाउँपालिकामा–६ साहुघर निवासी ४५ वर्षीय थमनबहादुर कुमालको कुटपिटबाट ४३ वर्षीया श्रीमती एमी भनिने सुमित्रा कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार बेलुका दुवै जनाले सँगै मादक पदार्थ सेवन गरेपछि विवाद भएको थियो । विवादको क्रममा थमनले एमीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी एमीलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्‍याइएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी गंगाबहादुर सारुले बताए । घटनाको थप अनुसन्धानका लागि बुधबार बिहान जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको कमान्डमा ५ जनाको टोली खटिएको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।...