Friday, July 10

समाचार

सहमति कार्यान्वयन नभएपछि बञ्चरेडाँडावासीले फेरि रोके फोहोर लिएर गएको गाडी
प्रशासन, समाचार, समाज

सहमति कार्यान्वयन नभएपछि बञ्चरेडाँडावासीले फेरि रोके फोहोर लिएर गएको गाडी

नेपालअखबार, काठमाडौं । स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको छ। बञ्चरेडाँडा  क्षेत्रका बासिन्दाले  काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएका हुन्। विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडानका साथ काठमाडौँबाट फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको स्थानीय निरञ्जन सञ्जेलले जानकारी दिए। 'पटक–पटक भएका उधारो सहमतिले हामी  पीडित भएका छौँ । हाम्रा माग पूरा नहुञ्जेल अवरोध जारी रहन्छ,' उनले भने। यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहर विसर्जनको अवरोध हटेको थियो। नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३  र ४ वडाका  प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सड...
राहदानी वितरण एकदेखि तीन सातासम्म बन्द हुन सक्ने
प्रशासन, समाचार

राहदानी वितरण एकदेखि तीन सातासम्म बन्द हुन सक्ने

नेपालअखबार, काठमाडौं । राहदानी विभागले राहदानी वितरण एक देखि तीन सातासम्म बन्द हुन सक्ने जनाएको छ। नयाँ प्रणालीमार्फत राहदानी जारी गर्दा राहदानी वितरण केही समय अवरूद्ध हुनसक्ने विभागले सूचना जारी गरी जानकारी गराएको हो। अहिले राहदानी पुस्तिका लगायतका आवश्यक तयारी गरिसकेको र एक-दुई महिना भित्रमा हालको प्रणालीबाट नयाँ प्रणालीमा बदली हुने बताउँदै विभागले उक्त अन्तरिम व्यवस्थामा प्रणाली स्थिर नभएसम्म राहदानी वितरण अवरूद्ध हुने जनाएको हो। विभागका अनुसार जिल्ला तथा इलाका प्रशासन र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुन सक्नेछ। त्यस्तै राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा एक हप्तासम्म बन्द हुन सक्नेछ। नयाँ प्रणालीमा स्थिरताका लागि एक देखि तीन महिनासम्म लाग्ने पनि विभागले जनाएको छ। त्यसो हुँदा अन्तरिम अवधिमा जिल्ला/ इलाका प्रशासन क...
कतार एयरवेजद्वारा पाँच दिनमा १४० भन्दा बढी उडानको घोषणा
विश्व, समाचार

कतार एयरवेजद्वारा पाँच दिनमा १४० भन्दा बढी उडानको घोषणा

नेपालअखबार,काठमाडौं । कतार एयरवेजले मार्च १३ देखि मार्च १७ को बीचमा सञ्चालन गर्ने गरी कम्तीमा १४३ उडानहरूको घोषणा गरेको छ। युद्धका बीच कतारको हवाई क्षेत्र आधिकारिक रूपमा बन्द छ, तर यस राष्ट्रिय ध्वजावाहक विमान सेवाले गत साताको अन्त्यदेखि दोहामा फसेकाहरूलाई घर फर्कन र देश बाहिर फसेका कतारका बासिन्दाहरूलाई कतार फिर्ता ल्याउन मद्दत गर्ने उद्देश्यले विशेष उडानहरू सञ्चालन गरिरहेको छ। अलजजिराका अनुसार, शुक्रबार बिहानै कतार एयरवेजले मार्च १७ सम्मको आफ्नो उडान तालिका सार्वजनिक गरेको हो । यी उडानहरूमा काठमाडौंबाट प्रस्थान गर्ने र काठमाडौं आइपुग्ने कुनै उडानहरू समावेश छैनन् । मार्च १३: दोहाबाट प्रस्थान गर्ने: पर्थ, सियोल, ढाका, जेद्दाह, क्वालालम्पुर, बैंकक, कोची, मियामी, अल्जियर्स, इस्तानबुल, कायरो, एम्स्टर्डम, लन्डन, मिलान, पेरिस र मस्कट। दोहामा आइपुग्ने: एम्स्टर्डम, लन्डन, मिलान, ...
पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउन सरकारको आदेश जारी
कर्पोरेट, समाचार

पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउन सरकारको आदेश जारी

नेपालअखबार, काठमाडौं । सरकारले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री वितरण गर्न बाटो खोल्दै ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ जारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै स्वदेशी कच्चापदार्थमा आधारित इथानोल उत्पादन प्रवर्द्धन गर्ने, रोजगारी सिर्जना गर्ने र पेट्रोलियम पदार्थ आयात न्यूनीकरण गर्ने उद्देश्यले यो आदेश जारी गरेको हो । आदेशको मुख्य उद्देश्य स्वदेशी कच्चापदार्थमा आधारित इथानोल उत्पादन प्रोत्साहित गरी रोजगारीका अवसर सिर्जना गर्नु र विदेशी मुद्राको ठूलो हिस्सा खर्च हुने पेट्रोल आयात कटौती गर्नु हो । यसका लागि सरकारले इथानोल उत्पादनमा प्रयोग हुने कच्चापदार्थको स्रोतसमेत स्पष्ट किटान गरेको छ । आदेश अनुसार चिनी उद्योगबाट निस्कने खुँदो (मोलासेस), नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ (...
भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने
कर्पोरेट, समाचार

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

नेपालअखबार, काठमाडौं । नेपाल आयल निगमले भोलि शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन् । आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै तोकिएको छ । अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यास माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले त्यसलाई सामान्य बनाउन निगमले यस्तो कदम चालेको उनले बताए । भट्टले आधा सिलिन्डर ग्यास बाँड्दा धेरैभन्दा धेरै उपभोक्ताको पहुँचमा ग्यास पुग्ने दाबी गरे । उनका अनुसार पहिले १ हजार जनाले ग्यास पाउने ठाउँमा अब २ हजार जनाले ग्यास पाउनेछन् । यसका साथै आधा सिलिन्डर मात्रै वितरण गर्दा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने (स्टक गर्ने) प्रवृत्ति पनि घट्ने निगमको दाबी छ । ‘आधा सिलिन्डर कसैले पनि स्टक ग...
नयाँ क्षेप्यास्त्र आक्रमण विफल बनायौं : कतार
विश्व, समाचार

नयाँ क्षेप्यास्त्र आक्रमण विफल बनायौं : कतार

नेपालअखबार, काठमाडौं । कतारको रक्षा मन्त्रालयले खाडी राष्ट्रतर्फ लक्षित नयाँ क्षेप्यास्त्र आक्रमणलाई देशको सेनाले आकाशमै रोकेर नष्ट गरेको बताएको छ। कतारी अधिकारीहरूले आजै यसअघि ‘उच्च’ सुरक्षा चुनौतीको अलर्ट जारी गर्दै घरभित्रै बस्न आग्रह गरेका थिए । त्यसको केही समयपछि रक्षा मन्त्रालयले पछिल्लो आक्रमण विफल बनाएको जनाएको हो । यसैबीच, रुसले अमेरिका र इजरायललाई इरानमाथिको आक्रमण रोक्न र वार्तामा फर्कन आह्वान गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले मस्कोले तनाव कम गर्न र द्वन्द्वलाई कूटनीतिक ट्र्याकमा फर्काउन सक्ने कदमहरूका लागि जोड दिइरहेको बताइन्। उनले यस क्षेत्रभरिको मानवीय अवस्था अत्यन्तै कठिन बनेको चेतावनी दिँदै निरन्तर बढिरहेको तनाव गहिरो चिन्ताको विषय भएको बताइन्। आफैं युक्रेनसँगको युद्धमा संलग्न रहेको र यो युद्ध अहिले पाँचौं वर्षमा चलिरहेको बेला रुसको य...
२५ लाख ठगेको अभियोगमा पक्राउ
अपराध, समाचार, समाज

२५ लाख ठगेको अभियोगमा पक्राउ

नेपालअखबार, काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थायी बासिन्दा २२ वर्षीय सम्योग राईलाई ग्रीस पठाइदिन्छु भन्दै तीन जना पीडितबाट रु २५ लाख लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।...
सबैभन्दा ठूलो राजनीतिक बैठकमा व्यस्त चीन, स्थिरताको सन्देशसँगै ‘एआई प्लस’मा केन्द्रित
राजनीति, विश्व, समाचार

सबैभन्दा ठूलो राजनीतिक बैठकमा व्यस्त चीन, स्थिरताको सन्देशसँगै ‘एआई प्लस’मा केन्द्रित

नेपालअखबार,काठमाडौं । विश्वका धेरै देशहरु मध्यपूर्वको तनावमा अल्झिरहेका बेला चीनले भने सबैभन्दा ठूलो राजनीतिक बैठक आयोजना गरेको छ । नेशनल पिपल्स अफ कंग्रेस (एनपीसी) भनिने सो बैठक विहीबार सम्पन्न हुने तयारीमा छ । यस निकायलाई कानून बनाउने, संविधान संशोधन गर्ने र राज्यको बजेट अनुमोदन गर्ने व्यापक अधिकार रहन्छ । व्यवहारमा भने यसले चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले गरेको निर्णयलाई औपचारिक रुपमा अनुमोदन गर्ने जानकारहरु बताउँछन् । एनपीसीसँगै हुने चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्स (सीपीपीसीसी) बैठकलाई संयुक्त रूपमा ‘टु–सेसन’ भनिन्छ । एनपीसीसी र एनपीसीबाट सरकारका प्राथमिकता तय हुने भएकाले यी दुवै बैठकहरुलाई अन्तर्राष्ट्रिय रूपमा चासोपूर्वक हेरिन्छ । स्थिरताको सन्देश दिन खोज्दै चीन चीनका राष्ट्रपति सी जिनपिङले आफ्नो आर्थिक व्यवस्थापन क्षमतामार्फत चीनलाई विश्वको अग्रणी शक्त...
इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि स्ट्रेट अफ होर्मुजमा आक्रमण
अर्थ, विश्व, समाचार

इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि स्ट्रेट अफ होर्मुजमा आक्रमण

नेपालअखबार, काठमाडौं । विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये एउटा प्रमुख निसाना भारतको गुजराततर्फ आउँदै गरेको जहाज पनि बनेको छ । यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको छ । थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल माइल उत्तरमा आक्रमणमा परेको हो । यो जहाज भारतको गुजरात राज्यको बन्दरगाहतर्फ आउँदै थियो । थाई नौसेनाका अनुसार यूएईको आबुधाबीस्थित खलिफा पोर्टबाट जहाज प्रस्थान गरेको केही घण्टामै जहाजमा आक्रमण भएको थियो । समाचार एजेन्सी एपीका अनुसार अज्ञात ‘प्रोजेक्टाइल’ ठोक्किएपछि जहाजमा भीषण आगलागी भएको थियो, जसका कारण जहाजको सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ । भारतको ऊर्जा सुरक्षामा असर होर्मुज स्ट्रेटमा समुद्रको चौडाइ ३३ किलोमिटर मात्र छ । तर...
तेल भण्डार प्रयोग गर्न जी–७ तयार
अर्थ, विश्व, समाचार

तेल भण्डार प्रयोग गर्न जी–७ तयार

नेपालअखबार,  काठमाडाैँ । मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि जी–७ देशका ऊर्जा मन्त्रीहरूले बजार स्थिर बनाउन आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्नेसम्मका ‘सबै आवश्यक कदम’ चाल्न तयार रहेको बताएका छन् । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) सँग समन्वय गर्दै ऊर्जा आपूर्ति सुरक्षित राख्ने र मूल्यवृद्धि नियन्त्रण गर्ने उपायमा उनीहरू सहमत भएको जनाइएको छ। फ्रान्सको अध्यक्षतामा रहेको जी–७ समूहका ऊर्जा मन्त्रीहरूले बुधबार जारी गरेको संयुक्त विज्ञप्तिमा ऊर्जा बजारमा देखिएको अस्थिर अवस्थालाई ध्यानमा राख्दै सक्रिय कदम चाल्ने तयारी गरिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा रणनीतिक तेल भण्डारको प्रयोगलाई समेत सम्भावित उपायका रूपमा समर्थन गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि मध्यपूर्वमा युद्धका कारण देखिएका आर्थिक प्रभावबारे छलफल गर्न जी–७ देश...