पहिरोका कारण कोशी र अरनिको राजमार्ग पूर्ण ठप्प
नेपालअखबार,काठमाडौँ । हालैको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आज बिहान ८:०० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही खण्डहरूमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
कोशी प्रदेशको संखुवासभामा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटखोला गाउँपालिका–४ को बरुणमा गत साउन १७ गते दिउँसो ४ बजे पहिरो गएपछि यो राजमार्ग ठप्प भएको हो। यस्तै, भोजपुरको मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण सडक अवरुद्ध भएको छ। यद्यपि, त्यहाँ वैकल्पिक बाटोमार्फत एकतर्फी सवारी साधन सुचारु गरिएको छ।
सिन्धुपाल्चोकको भोटेशोकी गाउँपालिका–२ कोदारी स्थित इकु पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। साउन १६ गते साँझ ६स्३० बजे गएको पहिरोले सडक अवरुद्ध भ...










