Tuesday, September 8

समाज

भारतमा शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु
विदेश, समाचार, समाज

भारतमा शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु

नेपालअखबार, काठमाडाैँ । भारतको विशाखापट्‌टनममा बिहीबार शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको मृत्यु भएको छ।  कुटाइलगत्तै बालक शिक्षिकाकै काखमा ढलेको द‌ृश्य कक्षाकोठाको सीसीटीभीमा कैद भएको छ। शिक्षिकाले थप्पड हान्दा बालक अत्यधिक तर्सिएर हृदयाघात भएको आरोप परिवारका सदस्यले लगाएका छन्। लिटिल गार्डन्स स्कुलको युकेजीमा अध्ययनरत मृतक बालक प्रणय तेजा हुन्। होमवर्क नगरेको भन्दै बालकलाई लज्जित बनाउन शिक्षिकाले कपडा फुकाल्न खोजेको र थप्पड हानेको दृश्य सिसीटिभी फुटेजमा देखिएको छ। शिक्षिकाको काखमा ढलेका बालकलाई तत्काल किङ जर्ज अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। सामाजिक सञ्जालमा कक्षाकोठाको सिसीटिभी फुटेज सार्वजनिक भएपछि मात्र घटना बाहिर आएको हो। प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। अधिकारीहरूले सीसीटीभी फुटेजको अध्ययन गर्नुका साथै बालकमा पहिलेदेखि नै कुनै स्वास्थ्य समस्या...
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ
अपराध, समाचार, समाज

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ

नेपालअखबार, काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदीप कटुवाल छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।उनले नाबालिकलाई फेसबुकमा साथी बनाएर अश्लिल सामाग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोप छ । कटुवालविरुद्ध साइबर कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।...
सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान
समाचार, समाज, स्वास्थ्य

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

नेपालअखबार,चितवन । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन ‘पोष्टमार्टम’ गरेको छ । चितवनसहित १६ जिल्लाका कुखुरापालक किसानका ती कुखुराको पोष्टमार्टम गरी रोग पहिचान गरिएको हो । प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो । प्रयोगशाालाले पोष्टमार्टमबाहेक रोग पहिचानको काम गरेको छ । एक हजार ५०० कुखुराको नमुना परीक्षणका क्रममा कुखुरामा १० रोग देखिएको उनले जानकारी दिए । परीक्षणका क्रममा २२ प्रतिशत कुखुरामा इकोलाई, १३ प्रतिशतमा गम्बारो, नौ प्रतिशतमा कुखुरामा घ्यारघ्यारको रोग (सिआरडी) देखिएको उनले बताए । ढुसीजन्य रोगका नौ प्रतिशत, सिसिआरडी चार प्रतिशत, साल्मोनेलोसिस तीन दशमलव पाँच प्रतिशतमा देखिएको छ । यस्तै, एभिएन ‘इन्फ्लुएन्जा’, कुखुराको हैजा, आइबी र रानीखेतको सङ्क्रम...
लन्डनस्थित नेपाली दूतावासमा ३ फिट अग्लो बुद्ध प्रतिमा स्थापना हुँदै
समाचार, समाज

लन्डनस्थित नेपाली दूतावासमा ३ फिट अग्लो बुद्ध प्रतिमा स्थापना हुँदै

नेपालअखबार,लन्डन । लन्डनस्थित नेपाली दूतावास परिसरमा भगवान् शाक्यमुनि बुद्धको प्रतिमा स्थापना गरिने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को ‘ग्लोबल बुद्ध हेरिटेज प्रमोसन क्याम्पेन’ अन्तर्गत एनआरएनए एनसीसी युके र बुद्ध फाउन्डेसन युकेको सहकार्यमा लन्डनस्थित नेपाली दूतावास परिसरमा भगवान् शाक्यमुनि बुद्धको प्रतिमा स्थापना गरिने भएको हो। नेपालको सांस्कृतिक, आध्यात्मिक तथा पर्यटन सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने दीर्घकालीन अभियानअन्तर्गत आगामी २९ अगस्ट २०२६, शनिबार बिहान ११ बजे नेपाली दूतावास, १२ए केन्सिङ्टन प्यालेस गार्डेन्स, लन्डनमा विशेष समारोह आयोजना गरिनेछ। समारोहमा, सुनौलो रङको आसनस्थ बुद्ध प्रतिमा नेपाली दूतावास परिसरमा स्थापना गरिने एनआरएनए आईसीसीका प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका कोर्डिनेटर सोमनाथ सापकोटाले जानकारी...
सांसद खड्काद्वारा आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग
समाचार, समाज

सांसद खड्काद्वारा आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । सांसद खड्काले आफ्नो तीन दिनको पारिश्रमिक दिने पूर्व प्रतिबद्धता अनुसार थप रकम समेत जोडेर जम्मा २५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेका हुन् । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा उनले मृतक गणेश नेपालीको परिवारलाई उक्त रकम प्रदान गरेका हुन् केही समयअघि काठमाडौँको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले आत्मदाह गरेका थिए । दुःखद घटनापछि सांसद खड्काले उनको पीडित परिवारलाई आफ्नो पारिश्रमिकबाट सहयोग गर्ने घोषणा गरेका थिए । सहयोग हस्तान्तरण गर्दै सांसद खड्काले विपतको समयमा सानो भए पन सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले यो कदम चालेको बताए ।...
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
पर्यटन, समाचार, समाज

पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

नेपालअखबार,बाँके । जिल्लामा पर्यटन प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुन्जलाई ‘ब्रान्डिङ’ गरी प्रचारप्रसार गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकासहित आठवटै स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरी निकुन्जको प्रचारप्रसार गरिने बाँके राष्ट्रिय निकुन्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । उनका अनुसार मङ्गलवार कोहलपुरमा भएको सरोकारवाला निकायको समन्वयात्मक बैठकले डुडुवा नाका, राँझा चोक, नेपालगन्ज विमानस्थल र कोहलपुर चौराह चोकमा ठूला होर्डिङ बोर्ड तथा सूचना बोर्ड राखेर निकुन्जको प्रचारप्रसार गर्ने निर्णय भएको छ । कोहलपुर नगरपालिका, बाँके राष्ट्रिय निकुन्ज, नेपाली सेना तथा अन्य सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने पनि निर्णय गरिएको छ । कँडेलले पर्यटन प्रवरद्धनका लागि बाँके निकुन्जमा आवश्यक पूर्वाधार निर्माण भएर सफारीका लागि तयारी अवस्थामा रहेक...
कोलकाताको होटलमा आगलागी, ९ जनाको मृत्यु
समाचार, समाज

कोलकाताको होटलमा आगलागी, ९ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । भारतको कोलकातामा बुधबार बिहान एक होटलमा भीषण आगलागी हुँदा ठूलो मानवीय क्षति भएको छ । आगलागीमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । भारतीय मिडियाहरुका अनुसार आगलागी कोलकाताको मिर्जा गालिब स्ट्रिटस्थित एक होटलमा आज बिहान करिब २ बजे भएको हो । अधिकांश मानिसहरू सुतिरहेका बेलो होटलमा आगलागी भएको थियो । आगलागीमा मृत्यु भएका ९ जना बंगलादेशी नागरिक रहेको र उनीहरू उपचारका लागि कोलकाता आएको प्रारम्भिक जानकारी छ । आगोबाट बाक्लो धुवाँ र लप्का निस्किएपछि होटल परिसरमा भागदौड मच्चिएको थियो । आगो केही समयमै तीव्र रूपमा फैलिएको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरी र दमकलका कैयौँ गाडी घटनास्थलमा पुगेका थिए । त्यसपछि उद्धार तथा राहतको काम सुरु गरिएको थियो । बाक्लो धुवाँका कारण दमकलकर्मीलाई आगो नियन्त्रणमा लिन कठिनाइ भएको थियो । धुवाँका कारण होटलका माथिल्...
पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध
समाचार, समाज

पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध

नेपालअखबार,पाल्पा । तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्गमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरो खसिरहेकोले पन्छाउन सकस भएको प्रहरीले बताएको छ । उक्त स्थानमा प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ट्राफिकसहित ५ जनाको टोली खटिएको छ । बाटो खुलाउने पहल भइरहेको र पहिरो खस्न रोकिनासाथ काम सुरु हुने प्रहरीले जानकारी दिएको छ ।...
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
समाचार, समाज

चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार

नेपालअखबार,चितवन । डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रमा सबैभन्दा धेरै अजिङ्गरको उद्धार गरिएको छ । बस्ती पसेर स्थानीयलाई दुःख दिने गरेका ४५ अजिङ्गरको उद्धार गरेर व्यवस्थापन गरिएको हो । यस्तै चारवटा चित्तल, रतुवा तीन, धामन सर्प तीन, गोही दुई, मयुर दुई, लाटोकोसेरो दुईवटाको उद्धार गरिएको छ । बाँदर, नियाले बाघ, जरायो, मलसाप्रो, चितुवा, गोहोर, कछुवा, हुच्चिल –एक–एकवटाको उद्धार गरी व्यवस्थापन गरिएको हो । समुदायमा पसेर समस्या बनाएका एवं समस्याग्रस्त ती जनावारको उद्धार गरी व्यवस्थापन गरिएको हो । यससँगै गत आर्थिक वर्षमा ४२ मृत वन्यजन्तुको व्यवस्थापन गरिएको उनले जानकारी दिए । यससँगै कार्...
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
समाचार, समाज

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

नेपालअखबार,कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि सुरु हुने भएको छ । अविरल वर्षापछि मोदी खोलामा आएको बाढीले सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् । मोदी खोलाको कटानका कारण वीरेठाँटीमा करिब १०० मिटर कालोपत्र सडक बगाएको छ । बाढी र पहिराले गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत भौतिक क्षति पुर्याएको छ । विशेषगरी वीरेठाँटी क्षेत्र बढी प्रभावित भएको छ भने चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढीपहिरोले क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ । मुख्य सडकमा क्षति पुगेपछि स्थानीयको दैनिक आवतजावतसँगै पर्यटकीय गतिविधि प्रभावित बनेका छन् । वीरेठाँटीस्थित पुल नजिकै सडक संरचनामा क्षति पुगेको छ भने कतिपय स्थानमा सडक पूर्ण रूपमा बगाएको छ । सडक पुनर्निर्माणका लागि नेपाली सेनाले १०० जना जनशक्ति परिचालन गर...