Friday, August 7

समाज

भेडी गोठाला भन्छन्– सरकारबाट केही पनि सहयोग पाइएन
समाचार, समाज

भेडी गोठाला भन्छन्– सरकारबाट केही पनि सहयोग पाइएन

नेपालअखबार,बागलुङ । अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ । निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो । गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर हरेका हजारौँ सङ्ख्यामा भेडाका बथान । त्यही भेडाका बथानसँगै भेटिनुहुन्छ, टेकध्वज घतान । पसिनाले निथ्रुक भिजेका शरीरका कपडा । शिरमा मैलिएको टोपी । बुढ्यौलीले चाउरिएका अनुहार । हिजोआज टीकाधारामा पुग्ने जोकोहीले भेट्छ टेकध्वजलाई । बागलुङको निसीखोला गाउँपालिका–६ का घतान गत जेठ अन्तिम साता टीकाधारा पुगेका थिए । झण्डै २०० भेडाका बथान लिएर लेकमा उक्लिएका घतानको दैनिकी बिहान भेडा दुहुने र दिउँसोमा घाँस काट्नमैै बित्ने गरेको छ । उनीसँगै रुकुमका सत्यराम विश्वकर्मा, रोल्पाका तीर्थबहादुर घर्तीसहित सात जनाको समूह त्यही गोठमा बस्छ । सात जनाको झण्डै पाँच हजार भेडाले टीकाधाराको खर्कहरू ढपक्क ढाकिएका छन् । सबै एउटै गोठमा बस्ने हुँदा पालैपालो...
डेढ वर्षदेखि सञ्चारविहीन छन् कफलकोटवासी
समाचार, समाज

डेढ वर्षदेखि सञ्चारविहीन छन् कफलकोटवासी

नेपालअखबार, बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोट धुरामा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छाडेको छ। दुई वर्ष अगाडि सञ्चालन भएको यो टावरले गएको डेढ वर्षयता काम गर्न छाडेको हो। टावरले काम गर्न छाडेदेखि यहाँका स्थानीय बासिन्दा सञ्चार सुविधाबाट वञ्चित भएका छन्। मोबाइलमा नेटवर्क नआउने र इन्टरनेट सेवाबाट समेत यहाँका बासिन्दा टाढा भएका छन् । टावर स्थापनापछि खुसी भएका यहाँका स्थानीय हाल भने निरास छन्। टावर सञ्चालन भएको छ महिनासम्म इन्टरनेट र मोबाइल सेवा राम्रै काम गरे पनि डेढ वर्षदेखि समस्या भएको हो। यहाँ करिब साढे तीन सय घरधुरी रहेको छ। फोन गर्न र इन्टरनेट सेवाकै लागि यहाँका बासिन्दा डाँडा चढ्न बाध्य रहेका स्थानीय कृष्ण भाटले बताए। 'फोनको लाइन नआउँदा डाँडा चढेर फोन गर्नुपर्ने बाध्यता छ । कुनै आकस्मिक कामका लागि कतै फोन गर्नुपरेमा निकै समस्या हुने गरेको छ,' उनले भने। ...
पुम्दीभुम्दी पर्वतीय दौडमा विदेशी धावक समेत सहभागी हुने, नाम दर्ता सुरु गरिदै
खेलकुद, समाचार, समाज

पुम्दीभुम्दी पर्वतीय दौडमा विदेशी धावक समेत सहभागी हुने, नाम दर्ता सुरु गरिदै

नेपालअखबार, पोखरा। आगामी असोजको ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगितामा धेरै विदेशी धावक (पर्यटक) हरू सहभागी गराउन तत्काल दर्ता प्रक्रिया शुरु गर्न पर्यटन व्यवसायीहरूले माग गर्नुभएको छ । पोखरा क्लिकद्वारा आज (बिहीबार) आयोजना गरेको पोखराका पर्यटन व्यवसाय सम्बद्ध संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालासँगको छलफल कार्यक्रमका वक्ताले उक्त सुझाव दिनुभएको हो । विश्व पर्यटन दिवस तथा विश्व शान्ति दिवसको अवसरमा आयोजना हुने प्रतियोगितामा उल्लेख्य विदेशी धावकहरूलाई सहभागी गराउन व्यवसायीहरूले आफ्ना क्षेत्रबाट पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखराको मुख्य बजारदेखि नजिक रहेको पोखरा २२ पुम्दीभुम्दी क्षेत्र विभिन्न ढंगले पछि परिरहेको हुँदा यस्ता गतिविधि त्यस क्षेत...
सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर
समाचार, समाज

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

नेपालअखबार,सिरहा । भर्खरै रोपाइँ सकिएको छ, तर कर्जन्हा–१ का श्यामलाल यादवका आँखाले अझै आकाश नियाल्न छोडेका छैनन्। रोपिएको बीउ हरियो भएर पलाउँछ वा पानी नपाएर पहेँलिन्छ! उनी ढुक्क हुन सकेका छैनन्। लामो समयको खडेरीले कमला नहरको कुलोमै पानी सुक्ला कि भन्ने शंका उनको मनमा गडेर बसेको छ। 'नहरको पानीले खेत भरिन्छ भन्ने आशा छ, तर कहिलेकाहीँ नहर सुकेको देख्दा मन अमिलो सुक्छ,' उनी भन्छन्। नहरले धोका पो दिन्छ कि भन्ने डर उहाँमा मात्रै होइन, पूरै गाउँका किसानमा छ। समयमा वर्षा नहुने, कहिले धेरै त कहिले थोरै पानी पर्ने पछिल्ला वर्षहरूका अनुभवले किसानलाई निश्चिन्त हुन दिएको छैन। श्यामलाल जस्ता किसानको जीवन खेतीकिसानीमै निर्भर छ। त्यसैले रोपाइँ ढिला भयो भने ‘सिजन चुक्ने’ डर, बाली राम्रो भएन भने वर्षभरिको आम्दानी गुम्ने पीर। यस्तो अवस्थामा सिँचाइ नहर नै यहाँका किसानको भरोसा बनेको छ—तर त्यो आधार ...
राप्ती नदीमा छाडियो १३३ गोही
समाचार, समाज

राप्ती नदीमा छाडियो १३३ गोही

नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका १३३ गोहीलाई राप्ती नदीमा छाडेको छ । ती मध्ये दुईवटा भाले र अन्य पोथी छन् । गत अर्थिक वर्षमा विभिन्न समयमा ती गोही राप्ती नदीमा छाडिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्ष छाडिएका गोही सहित २०९० गोही प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडिएको छ । त्यसमध्ये सबैभन्दा बढी राप्तीमा १३३५ छाडिएको उनले जानकारी दिए । नारायणीमा ४१९ सप्तकोशीमा ११५, बबहीमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० वटा गोही छाडिएको हो । अघिल्लो आर्थिक वर्ष १०५ वटा गाही छाडिएको थियो । त्यस वर्ष शुक्लाफाँटामा २५ र बाँकेको राप्तीमा १० वटा गोही पठाइएको थियो । बाँकी राप्तीमा छाडिएको हो । गत वर्ष छाडिएका गोही सन् २०२०का बच्चा हुन् । हरेक वर्ष वर्ष गोही छाड्न...
एउटै किसानले फलाउँछन् दैनिक ५०० केजी बोडी
अर्थ, कृषि, समाचार, समाज

एउटै किसानले फलाउँछन् दैनिक ५०० केजी बोडी

नेपालअखबार, झापा ।  विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्याउन भ्याइनभ्याइ छ । उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ । भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कट्ठामा खनालले बोडीखेती गरेका हुन् । हाल आठ कट्ठामा फल लाग्न बाँकी नै र आठ कट्ठामा लहलह फलेको बोडी छ । सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कट्ठाबाट तरकारीखेती सुरु गरेका खनालले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा त्यसको विस्तार गर्नुभएको हो । उनले बोटबाट टिपेको बोडी नगरपालिकाका सातवटा सुपथ मूल्यका पसलमा बिक्रीका लागि लैजाने गरिएको बताए । “पसलमा नगरपालिकाले तोकेको समर्थन मूल्यमा बिक्री हुने गरेको छ । यदि बजार भाउ ख...
साउन १५: खीर खाएर मनाइँदै
समाचार, समाज

साउन १५: खीर खाएर मनाइँदै

नेपालअखबार,काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन्। संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन्। 'साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो। यो स्वास्थ्...
घर भत्किँदा ६ वर्षीय बालकको मृत्यु
समाचार, समाज

घर भत्किँदा ६ वर्षीय बालकको मृत्यु

नेपालअखबार,सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा मंगलबार दिउँसो पुरानो घर भत्किँदा आँगनमा खेलिरहेका एक बालकको च्यापिएर मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय गौतम माझीका ६ वर्षीय छोरा अरुण माझी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चन्द्रनगर गाउँपालिका-६ कामद टोलस्थित नबिन सिंहको दुईतले पुरानो पक्की घर मंगलबार अपराह्न करिब साढे ४ बजे अचानक भत्किएको थियो । सोही घरको आँगनमा खेलिरहेका बालक अरुण माझीलाई भत्किएको घरले पुरेको थियो । जसका कारण उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारी पाउनासाथ नजिकैको प्रहरी चौकी नाढीमन र इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा जेसीबीसहित उद्धार टोली परिचालन गरिएको थियो । प्रहरीले भत्किएको संरचना हटाउने र अन...
रूसमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प
विदेश, समाचार, समाज

रूसमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प

नेपालअखबार, काठमाडौं । रूसमा शक्तिशाली भूकम्प गएको छ। रूसको सुदूरपूर्वको कामाचाट्का प्रायद्वीपमा ८.८ म्याग्नेच्यूडको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। कामाचाट्कास्थित प्रशान्त महासागरको १९.३ किलोमिटर गहिराई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। कामाचाट्काका गभर्नर भ्लादिमिर सोलोडोभले अत्यन्त शक्तिशाली धक्का महशुस भएको बताए। 'यो दशकौंयताकै सबैभन्दा गम्भीर भूकम्प हो,' उनले भने। उनका अनुसार भूकम्पबाट एउटा विद्यालय ध्वस्त भएको छ। समुद्रीमा केन्द्रबिन्दु बनाएकाले भूकम्ले धेरै ठूलो क्षति नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि क्षतिको विस्तृत विवरण आइसकेको छैन। भूकम्पपछि चार मिटरसम्मको सुनामी आएको छ। शक्तिशाली भूकम्पपछि त्यसका शक्तिशाली पराकम्पन पनि गइरहेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। पहिलो धक्काको ४५ मिनेटपछि पेट्रोपावल...
राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो
समाचार, समाज

राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो

नेपालअखबार, काभ्रेपलाञ्चोक। डाँडापारिस्थित महाभारत गाउँपालिका–१ गोकुलेकी एक गर्भवतीको मंगलबार   हेलिकप्टरबाट उद्धार गरिएको छ। साथै जोखिममा परेको आमा र शिशुको जीवन जोगिएको छ। सोमबार साँझदेखि सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्यचौकीमा भर्ना भएकी २१ वर्षीया रेनुका लुङ्गेलीलाई उद्धार गरिएको हो । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार गोकुले स्वास्थ्यचौकीमा छटपटाएकी उनलाई राष्ट्रपति महिला उद्धार कार्यक्रमको आर्थिक सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको हो। उनलाई काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना गरिएको स्वास्थ्यचौकीकी प्रमुख पूर्णिमा तुम्सिङले बताए। यसअघि गत शुक्रबार दिउँसो महाभारत–७ बनखुकी गर्भवती २८ वर्षीया देवकुमारी पाख्रिनको हेली एम्बुलेन्सबाट उद्धार गरिएको थियो । महाभारत गाउँपालिकामा अधिकांश सडक कच्ची छन्। वर्षाका कारण यी सडकमा नियमित रूपमा सवारी...