Sunday, August 9

समाज

पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
समाचार, समाज

पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

नेपालअखबार,काठमाडौँ । प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार सङ्कलनका क्रममा घाइते भएकोमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ । महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको जनाए । आन्दोलनरत शिक्षक र प्रहरीबिच आज काठमाडौँको नयाँ बानेश्वरमा भएको झडपको समाचार सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा सिधै आँखामा पर्दा कार्की घाइते भएको थिइन । घाइते पत्रकार कार्कीको सिभिल अस्पताल, ट्रमा सेन्टर हुँदै अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक रहेको महासङ्घले जनाएको छ ।  महासङ्घले घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानबिन गरी दोषी...
नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडपमा परी घाइते
समाचार, समाज

नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडपमा परी घाइते

नेपालअखबार,काठमाडौँ  ।आन्दोलनरत शिक्षकले निषेधित क्षेत्र प्रवेश गर्न प्रहरी ब्यारिकेड तोडेपछि प्रहरीसँग झडप भएको छ । केहीबेरअघि नयाँबानेश्वरमा झडप भएको हो ।  प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको थियो । नयाँ बानेश्वरमा शिक्षकहरूले प्रहरी ब्यारिकेड भत्काएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।सो क्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो भने भिडबाट ढुंगामुढा प्रहार भएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले ७ जना शिक्षक घाइते भएको बताए । सामान्य लाठीचार्ज र पानीको फोहरा हानिएको उनले बताए । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने करिब ६० जना शिक्षक घाइते भएको दाबी गरे । उनीहरुको सिभिल अस्पताल, एभरेस्ट अस्पताल र ट्रामा सेन्ट...
आज अपराह्नदेखि केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना
समाचार, समाज

आज अपराह्नदेखि केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना

नेपालअखबार,काठमाडौं । केही दिनदेखि अत्यधिक महसुस भएको गर्मी सोमबारदेखि घट्ने प्रक्षेपण गरिएको छ । आज अपराह्नदेखि केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेकोले सोमबारदेखि तापक्रम पनि घट्ने हुँदा गर्मी केही कम हुने मौसमविद्को पूर्वानुमान छ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसमविद् डा. विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । उनका अनुसार वर्षाका कारण सोमबारदेखि तापक्रम घट्ने छ । र, लगभग प्रत्येक दिनजसो वर्षाको सम्भावना रहेको छ । यसले गर्दा गर्मी पनि कम हुँदै जाने उनले बताए । ‘भोलि अपराह्नमा नेपालको काठमाडौंलगायत पूर्वी आधा भेगमा राम्रो वर्षा हुने सम्भावना छ । साथै तापक्रममा उल्लेखनीय कमी पनि आउने हुँदा गर्मी घट्ने छ’, उनले भने । पछिल्ला केही दिनयता लुम्बिनी प्रदेशका तराईका जिल्लामा तापक्रम ...
भाइरल बनेको महाकाली नदीको पक्की पुल
समाचार, समाज

भाइरल बनेको महाकाली नदीको पक्की पुल

नेपालअखबार,महेन्द्रनगर। महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ। महाकाली पारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित छ। अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर खिच्न र भिडियो बनाउन महाकालीको चार लेन पुल पुग्ने गरेका छन्। पुल अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। पुल अवलोकन गर्न आएका शुक्लाफाँटा नगरपालिका–१ का मदन रानाले सामाजिक सञ्जालबाट महाकाली पुलबारे थाहा पाएपछि परिवारसहित यहाँ घुम्न आएको बताए। 'फेसबुक र टिकटकमा धेरैले यहाँको फोटो/भिडिओ राखेको देखेर मलाई पनि आउन मन लाग्यो,' उनले भने, 'साँझका बेला यहाँ घुम्न अत्यन्त रमाइलो ठाउँ रहेछ।' पछिल्लो समय यहाँ फोटो र भिड...
बिहानै डोल्पामा भूकम्पको धक्का
समाचार, समाज

बिहानै डोल्पामा भूकम्पको धक्का

नेपालअखबार,काठमाडौं । डोल्पामा भूकम्प गएको छ । आज बिहान तीन बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु डोल्पाको काञ्जिरोवा हिमाल क्षेत्रमा रहेको छ ।यसअघि गोरखा भूकम्प गएको १० वर्ष पुगेकै दिन १२ गते सिन्धुपाल्चोकमा पनि ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
जलवायु संकट: मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान
समाचार, समाज

जलवायु संकट: मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

नेपालअखबार,मुस्ताङ। पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु संकटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन्। कृषि र पशुपालन व्यवसायमा समेत जलवायु संकटले विभिन्न प्रकारका समस्या र चुनौतीहरू किसानले झेल्नुपर्ने बाध्यता आइपरेको छ। जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि भइरहँदा यहाँको खानेपानी, कृषि र पशुपालनलगायतका क्षेत्रमा यस प्रकारको नकारात्मक प्रभाव देखिन थालेको स्थानीयवासी बताउँछन्। घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आयोजित आगामी पञ्चवर्षीय ऊर्जा सम्भावनासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुस्ताङको जोमसोमका स्थानीयवासीले जलवायु परिवर्तनको प्रभावका कारण खानेपानी, कृषि प्रणाली र पशुपालन क्षेत्रमा प्रतिकूल असर पुगेको बताएका छन्। घ रपझोङ र वारागुङ मुक्तिक्षेत्रमा जिआइजेट नामक संख्याले स्थानीय तहको पञ्चवर्षीय ऊर्जासम्बन्धी आधारभूत सर्वे...
२७ वर्षअघि ट्र्याक खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रेको तयारी
समाचार, समाज

२७ वर्षअघि ट्र्याक खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रेको तयारी

नेपालअखबार,म्याग्दी। २७ वर्षअघि ट्र्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्ने तयारी भएको छ। बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि सवबेस र बेस बिछ्याउन थालिएको हो। सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित रत्नेचौर–भकुण्डे सडक चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने तयारी भएको हो। कार्यालयका सवइञ्जिनियर जीवन पौडेलले बेस र सवबेस बिछ्याइएको चार किलोमिटर पाँच सय मिटरमा कालोपत्र गर्न लागिएको जानकारी दिए। ‘एक किलोमिटर दुई सय मिटर ढलान भइसकेको छ,’ उनले भने, ‘थप दुई सय मिटर ढलान र तीन किलोमिटर कालोपत्रका लागि संरचना निर्माण अन्तिम चरणमा पुगेको छ।’ नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले आधुनिक प्रविधिको का...
पोप फ्रान्सिसको अन्तिम बिदाइ गरिँदै
विदेश, समाचार, समाज

पोप फ्रान्सिसको अन्तिम बिदाइ गरिँदै

नेपालअखबार,सेन्ट पिटर्स । पोप फ्रान्सिसलाई शनिबार अन्तिम बिदाइ गरिँदैछ। उनको अन्त्येष्टिमा भाग लिन ठूलो संख्यामा मानिसहरू सेन्ट पिटर्स स्क्वायर पुगिरहेका छन्। पोप फ्रान्सिसको अन्त्येष्टिको समय नजिकिँदै जाँदा, सेन्ट पिटर्स स्क्वायर पुग्ने मानिसहरूको संख्या निरन्तर बढ्दै गएको छ। ८८ वर्षीय पोप फ्रान्सिसको स्थानीय समयानुसार सोमबार बिहान ७स्३५ बजे निधन भएको थियो ।  गत महिना उनी पाँच सातासम्म अस्पतालमा भर्ना भएका थिए। सङ्क्रमणपश्चात् उनलाई दुवै फोक्सोमा निमोनिया भएको थियो। रोमन क्याथलिक चर्चको सर्वोच्च पदमा पुग्ने उनी पहिलो ल्याटिन अमेरिकी थिए। सन् १९३६ मा अर्जेन्टिनामा बसोबास गरेका इटलीका आप्रवासीहरूको परिवारमा उनको जन्म भएको थियो। उनी जेजूइट बने र ब्वेनोस आइरिसको आर्चविशपको पदमा पुगे। सन् २०१३ मा पोपको पदमा उनको चयनले आश्चर्य निम्त्याएको थियो। साधारण जीवनशैलीका निम्ति उनको प्रशंसा हुन...
वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ
समाचार, समाज

वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ

नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीको विगत १० वर्षदेखि सरसफाइ गरिँदै आएको छ । अभियान्ताहरूले स्वतस्फूर्त रूपमा नदी र आसपासका क्षेत्रमा मुख्यरूपमा प्लास्टिकजन्य वस्तु सङ्कलन गर्दै आएका हुन् । राप्ती सरसफाइ अभियानका संस्थापक अध्यक्ष अपिल घिमिरेका अनुसार विसं २०७२ माघ २३ गतेदेखि हरेक हप्ताको शनिबार बिहान ८ बजे यो अभियान गर्ने गरिएको छ । नदीको मुहान मकवानपुरको त्रिखण्डीदेखि चितवनको मेघौलीस्थित गोलाघाटसम्म सरसफाइ गरिँदै आएको छ । नदीमा रहेका जलचर र निकुञ्जमा वन्यजन्तु प्लास्टिकबाट प्रभावित हुने भएकाले उनीहरूलाई जोगाउनु मुख्य उद्देश्य रहेको घिमिरेले बताए । स्थानीय जनतालाई सहभागी गराएर ५० देखि १०० जनासम्म प्रत्येक हप्ता सहभागी हुने गरेका छन् । पचास जना हाराहारी नियमित अभियानमा जुट्ने अभियान्ता रहेको उनले जानकारी दिए हालसम्म ५०० पटक २२ हजार स्वयंसेवकले सरसफाइ ...
साफेबगरको हाटबजारमा आगलागी, १० वटा पसल जलेर नष्ट
अर्थ, समाचार, समाज

साफेबगरको हाटबजारमा आगलागी, १० वटा पसल जलेर नष्ट

नेपालअखबार,अछाम। अछामको साफेबगरमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको छ। शनिबार बिहान साफेबगर नगरपालिका-३ हाटबजारमा बिहान पौने ४ बजेदेखि आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी इन्स्पेक्टर जय पार्कीले जानकारी दिए। हाटबजारमा प्रेम खड्काले सञ्चाले गरेको सुभेच्छा म:म सेन्टरबाट आगलागी सुरू भएको थियो। उक्त पसलमा बिजुलीको तार सट भई आगलागी भएपछि आसपास रहेका थप ९ वटा पसलमा पनि आगो सल्किएको इन्स्पेक्टर पार्कीले जानकारी दिए। आगलागीबा त्यस आसपास रहेका किराना पसल, ब्युटी पार्लर, सुनचाँदी लगायतका विभिन्न व्यवसाय सञ्चालित पसलहरू जलेर नष्ट भएका छन्। आगलागी बिहान ६ बजेपछि नियन्त्रणमा आएको इन्स्पेक्टर पार्कीले जानकारी दिए। आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू खटेका थिए। आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेकाले क्षतिको विवरण संकलन भइर...