Saturday, June 27

समाज

आलु उत्पादन वृद्धि हुने आशामा किसान उत्साहित
कृषि, समाचार, समाज

आलु उत्पादन वृद्धि हुने आशामा किसान उत्साहित

नेपालअखबार,रसुवा । चैत महिनामा परेको वर्षाले यहाँका किसान यस वर्ष आलु उत्पादन बढ्ने आशामा उत्साहित देखिएका छन् । सोमबार परेको वर्षा र हिमपातले आलुबालीलाई आवश्यक चिस्यान पुगेकाले उत्पादन वृद्धि हुने आशा उत्तरी रसुवाका किसानको छ । उच्च भेगमा परेको हिउँले जमिनमा प्राकृतिक चिस्यान कायम राख्दा आलुखेतीलाई विशेष फाइदा पुग्ने बताइएको छ । उत्तरी रसुवाको गतलाङ क्षेत्रमा उल्लेख्य मात्रामा हिमापत भएको स्थानीय किसान मार लामाले बताए । विगत चार वर्षदेखि माथिल्लो क्षेत्रमा मात्र सीमित हिमपात यसपटक गाउँ आसपाससम्म देखिनु सकारात्मक रहेको स्थानीयको भनाइ छ । हाल आलुबाली गोडमेल गरी दाना लाग्ने चरणमा छ । यही समयमा परेको वर्षाले बोटलाई आवश्यक चिस्यान प्रदान गरेको हो । गतलाङ क्षेत्रमा आलु खनेपछि बन्दागोभी खेती गर्ने प्रचलन छ । यसका कारण यहाँ उत्पादन हुने आलु असारदेखि बजारमा आउने किसानले बताएका छन् । जसले ...
कास्कीमा गाडीमा आगजनी गर्ने व्यक्ति पक्राउ
अपराध, समाचार, समाज

कास्कीमा गाडीमा आगजनी गर्ने व्यक्ति पक्राउ

नेपालअखबार, पोखरा । कास्कीको पोखरा महानगरपालिका २९ आदर्श चोकस्थित जयराम बाबा विश्वकर्मा सप्लायर्स भित्र पार्किङ गरी राखेको गाडीमा आगजनी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चैत २० गते राति १ बजे प्रदेश २–०३००१ च ५००० नम्बरको गाडीमा आगजनी गरेको भन्दै प्रहरीले  पोखरा महानगरपालिका वडा नं. २९ पटनेरी बस्ने २२ वर्षीय बिसान सुनारलाई गएराति पक्राउ गरेको हो । उनलाई रिठ्ठेपानीस्थित चन्द्रघाट नजिक जंगलमा लुकिछिपी बसिरहेको अवस्थामा गएराति १० बजेतिर पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी हरी बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार सुनारलाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसूरमा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।...
हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
समाचार, समाज

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

नेपालअखबार,काठमाडौँ । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका लागि ‘एक्सप्रेस वे’ प्रयोग गरिने भएको छ । हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नागरिक उड्डयन प्राधिकरणलगायतका निकायको समन्वयमा हुलाकबाट हुने कुरियरका लागि ‘एक्सप्रेस वे’ प्रयोग गर्ने व्यवस्था मिलाइएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिइन् । “हुलाक वस्तु द्रुतमार्गबाट जाँदा बढी सुरक्षित र भरपर्दो हुन्छ । यसका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । पछिल्लो समय मन्त्रालयबाट पनि चासो र निर्देशन आएपछि यो कार्यान्वयन प्रक्रिया अघि बढेको हो,” उनले भनिन् । महानिर्देशक पङ्गेनीका अनुसार अब हुलाक कुरियरका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘डेडिकेटेड’ जाँचपास प्रणाली बनाइनेछ । त्यस्तै, सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने...
टुँडिखेलमा घाँसे मैदान निर्माणको काम सुरु
प्रशासन, समाचार, समाज

टुँडिखेलमा घाँसे मैदान निर्माणको काम सुरु

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) मा घाँसे मैदान निर्माण कार्य अगाडी बढाएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सूचना जारी गरी  चैत ८ गतेदेखि निर्माण कार्य सुरु गरेको हो । महानगरपालिकाको आर्थिक वर्ष २०८२(८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत सो स्थानमा घाँसे मैदान बनाउन लागिएको हो । महानगरले भ्याट सहित २ करोड ४२ लाख ५१ हजार १३१ रुपैयाँमा न्यू बेन्जामिन सुस्मन (आर.के.जेभी)  सँग  एक वर्ष भित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको हो । हाल  टुँडिखेलमा धरहरा निर्माणको समयमा राखिएको माटो हटाउने, चार कुनामा बोरिङ खन्ने काम भइरहेको छ । निर्माण कार्य सुरु भएपछि सो क्षेत्रमा आयोजना हुने विभिन्न चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह तथा अन्य सार्वजनिक कार्यक्रमहरू अवरुद्ध हुने महानगरले जनाएको छ । तस्बिर : नेपाल फोटो...
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
कृषि, समाचार, समाज

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

नेपालअखबार, मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ–४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरेका छन् भने आक्रमणमा परी सात भेडाच्याङ्ग्रा घाइते भएको छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका अनुसार लोमान्थाङ –४ न्याम्डोका स्थानीय पशुपालक किसान घ्याचो गुरुङको लोमान्थाङ–४ चुमजुङमा रहेको च्याङ्ग्रा खोरमा गत शनिबार राति हिमचितुवाले पशुचौपयामाथि आक्रमण गरेको थियो । एक्याप प्रमुख उमेश पौडेलका अनुसार चितुवाको आक्रमणबाट १० च्याङ्ग्रा र ११ भेडा मरेका हुन् । खोरमा तीन सय १५ वटा भेडाच्याङ्ग्रा रहेका थिए । हिमचितुवाको आक्रमणबाट भेडाच्याङ्ग्रा मरेका सूचनापछि एक्याप लोमान्थाङका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय र लोमान्थाङ गाउँपालिकाका पशु प्राविधिकलगायतको टोली आइतबार बिहान घटनास्थलमा पुगेका थिए । एक्याप लोमान्थाङ प्रमुख पौडेलका अनुसार...
माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात
समाज

माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

नेपालअखबार, मुस्ताङ । माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ । शनिबार रातिदेखि उक्त क्षेत्रमा भारी हिमपात भइरहेको जनाइएको छ । हिउँदयाम जारी रहँदा जिल्लाको माथिल्लो क्षेत्र र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । यसअघि यहाँ कात्तिक १० गते पहिलो हिमपात भएको थियो । यहाँ पछिल्लोपटक परेको हिमपातसँगै जारी यामको यो छैटौँपटक हिमपात भएको बताइएको छ । माथिल्लो मुस्ताङ क्षेत्रका बस्ती र उच्च लेकमा शनिबार रातिदेखि भारी हिमपात भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । वारागुङ मुक्तिक्षेत्र–३ स्याङवचेदेखि कोरलानाकासम्मको क्षेत्रमा हिमपातले पूरै डाँडाकाँडा सेताम्मे भइसकेका छन् । उनका अनुसार माथिल्लो मुस्ताङमा बस्ती क्षेत्रमा एक फिटसम्म हिउँ परेको उल्लेख गरे । स्वाङवचेदेखि माथि घिलिङ, घमी, चराङ, लोमान्थाङ, ठिङ्गर, छोसेर, सम्जुङ, नामासुङ, भर्सा, यारा,...
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
विदेश, समाचार, समाज

अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु

नेपालअखबार,एजेन्सी । अफगानिस्तान र पाकिस्तानमा दुई हप्ताको अवधिमा भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको दुवै देशका विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन्। मार्चको अन्त्यदेखि अफगानिस्तानमा आँधीबेहरीसँगै बर्षा भएको छ, जसले बाढी, पहिरो र घर र बालीमा असर पारेको छ। 'मार्च २६ देखि अहिलेसम्म बाढी र वर्षाका कारण देशभरि ७७ व्यक्तिको मृत्यु भएको र १३७ जना घाइते भएका छन्,' अफगानिस्तानको विपद् व्यवस्थापन प्राधिकरण (एएनडिएमए) का प्रवक्ता मोहम्मद युसुफ हम्मादले शनिबार एएफपीसँग भने । प्रवक्ता हम्मादका अनुसार बितेका ४८ घण्टामा देशभर बाढी, पहिरो र चट्याङका कारण २६ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका छन् ।पाकिस्तानमा पछिल्ला हप्ताहरूमा भारी वर्षाका कारण ४४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। प्रान्तीय प्रकोप व्यवस्थापन अधिकारीहरूका अनुसार उत्तरी प्रान्त खैबर पख्तु...
डुम्रे–बेँसीसहर सडक दैनिक ८ घण्टा बन्द हुने
समाचार, समाज

डुम्रे–बेँसीसहर सडक दैनिक ८ घण्टा बन्द हुने

नेपालअखबार, तनहुँ। डुम्रे-बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म र बेलुका ५ बजेदेखि  राति ९ बजेसम्म सडक बन्द हुनेछ। उक्त कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ।...
जापानमा सम्बन्ध विच्छेद गरेको जोडीले पाउने भए बच्चाको संयुक्त अभिभावकत्व
विदेश, समाचार, समाज

जापानमा सम्बन्ध विच्छेद गरेको जोडीले पाउने भए बच्चाको संयुक्त अभिभावकत्व

नेपालअखबार, टोकियो । जापानमा सम्बन्धविच्छेद गरेका दम्पतीहरूले अब आफ्ना सन्तानको संयुक्त अभिभावकत्व (ज्वाइन्ट कस्टडी) लिन पाउने भएका छन् । जापानको नागरिक संहितामा गरिएको ऐतिहासिक संशोधन बुधबारदेखि कार्यान्वयनमा आएपछि यो सम्भव भएको हो । सन् २०२४ मा संसदबाट पारित यस संशोधनअघि जापान जी–७ देशहरूमध्ये संयुक्त अभिभावकत्वलाई कानुनी मान्यता नदिने एकमात्र देश थियो । त्यसअघि प्रायः अभिभावकत्व एकै जना—अधिकांश अवस्थामा आमालाई—दिइन्थ्यो, जसले अर्को अभिभावकलाई सन्तानसँग भेटघाट गर्नबाट समेत वञ्चित गर्न सक्थ्यो । यो एकल अभिभावकत्व प्रणालीविरुद्ध देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा आलोचना हुँदै आएको थियो। आलोचकहरूका अनुसार यसले धेरै सम्बन्धविच्छेद भएका अभिभावकहरूलाई आफ्नै सन्तानसँग टाढा बनाएको थियो । नयाँ कानुनअनुसार अब जापानको पारिवारिक अदालतले सम्बन्धविच्छेदको अवस्थामा एकल वा संयुक्त अभिभावकत्व दिने न...
चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
समाचार, समाज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

नेपालअखबार, मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।...