Sunday, August 9

समाज

पूर्वशिक्षक जगतको खेतमा लटरम्म सुन्तला
अर्थ, कृषि, समाचार, समाज

पूर्वशिक्षक जगतको खेतमा लटरम्म सुन्तला

नेपालअखबार,म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए । ‘सुन्तला मात्रै लगाएपछि अन्न खान पाइँदैन भनेर गाली पनि खाएँ, डर लाग्यो,’ खत्री भन्छन्, ‘यो वर्ष मात्रै  ४० लाख रुपैयाँको सुन्तला बेचिसके । सबै बगैंचाको बिक्री गर्दा ४५ लाख रुपैयाँ पुग्ने अनुमान छ ।’ खत्रीको ३६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा एक हजार पाँच सय ९३ बोट सुन्तलाका बिरूवा छन् । यस वर्ष चार सय ८० बिरूवाले ३४ हजार किलोग्राम सुन्तला उत्पादन दिएका छन् । सबै बोटमा फल लाग्दा वार्षिक एक करोड रुपैयाँ बढीको सुन्तला बिक्री हुने उनी बताउँछन् । प्रतिकिलो एक सय २० रुपैयाँका दरले बगैचाबाटै काठमाडौँका व्यापारीले सुन्तला किनेर लगेका छन् । यतीबेला खत्रीलाई सुन्त...
झाडी फाँडेर सुन्तला बगान
कृषि, समाचार, समाज

झाडी फाँडेर सुन्तला बगान

नेपालअखबार म्याग्दी । कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउनका समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका व्‍यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो । बेनीमा पोल्ट्रि र घरजग्गा ब्यवसाय गर्दै आएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङगलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ । ‘बुढेशकालमा शान्त वातावरणमा बस्नका लागि भनेर दोसल्लेमा जग्गा किनेको थिए,’ उनले भने, ‘काम गर्दा गर्दै सुन्तला बगैचा पो भयो।’ रोजगारीका लागि पोर्चुगलमा रहेका जग्गाधनीका परिवार र आफन्त पोखरामा बसाईसराई गरेपछि विकासले किनेको जग्गामा रहेको सुन्तला बगैचाले स्याहार पाउन छाडेको थियो । पाखोबारी झाडीमा परिणत भएको थियो । श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफुल, तरकारी तथा कृषि फार्ममा पुराना एक सय ५० बोट ...
वीरमा विपन्न बिरामीका कुरुवालाई सित्तैँमा खाना
समाचार, समाज

वीरमा विपन्न बिरामीका कुरुवालाई सित्तैँमा खाना

नेपालअखबार,काठमाडौं । ज्याला मजदुरी गर्नेहरूलाई दुई छाक टार्नै धौ–धौ छ । त्यसमाथि परिवारमा कोही बिरामी भए भने कमाई खाने कि बिरामी स्याहारसुसार गर्ने ? कुनै उपाय हुँदैन । अस्पतालमा यस्ता थुप्रै बिरामी र कुरुवा आइपुग्छन्, जोसँग उपचार खर्च नहुने मात्र होइन साँझ–बिहानको छाक टार्ने पैसा पनि हुन्न । त्यसैले त उनीहरू बिरामीलाई अस्पतालकै शय्यामा छाडेर ज्याला मजदुरी गर्न दौडिन्छन् । यस्तै नियति भोग्न बाध्य कुरुवाहरू भेटिन्छन्, वीर अस्पतालमा । देशकै सबैभन्दा जेठो अस्पताल नै उनीहरुको आशाको केन्द्र हो, जहाँ उनीहरुले कम खर्चमा उपचार गर्न सक्छन् । तर जसोतसो बिरामी भर्ना गरिसकेपछि कहाँ बस्ने ? के खाने ? भन्ने कुराले उनीहरुलाई पिरोल्न थाल्छ। ऋणपान गरेर ल्याएको पैसा बाटो खर्चमै जान्छ । त्यसमाथि औषधि किन्नुपर्‍यो । कहिले काहीँ बिरामीको उपचार अवधि लम्बिन्छ । एकातिर खल्तीमा पैसा हुन्न, अर्कोतिर अस...
हिउँदे वर्षा नहुँदा मर्कामा महोत्तरीका किसान
समाचार, समाज

हिउँदे वर्षा नहुँदा मर्कामा महोत्तरीका किसान

नेपालअखबार,महोत्तरी । यसपालि सिंगो हिउँद पानी नपरी बित्नै लाग्दा किसान निरास छन् । वसन्तपञ्चमी पर्व मनाइसक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि महोत्तरीका किसान अहिले अपेक्षित हिउँदेबाली नहुने चिन्ताले पिरोलिएका छन् । ‘हिउँद पानी नपरी बित्यो’, बर्दिवास–९ टोकीटोलका ६० वर्षीय किसान रामचन्द्र थापामगर भन्छन्, ‘खै हिउँदे बाली राम्ररी भित्रयाउन पाइएला जस्तो छैन ।’ कुलोको स्थायी सिँचाइको प्रबन्ध नभएको आफ्नो ठाउँमा इनारको पानी मोटरले तानेर बाली सेचन गर्ने गरिएको उनले बताए । यसपालि अहिलेसम्म हिउँदे वर्षा नहुँदा इनारमा पानीको सतह गहिरिँदै गएर मोटरबाट पानी तान्न नसकिने अवस्था बनेको थापासहित टोकीटोलका किसानको चिन्ता छ । माघ अन्तिम साता लागि सक्दा हुस्सुले छाडेको छैन । हिउँदमा हुस्सु लाग्नु स्वभाविक भए पनि माघ लागेपछि घाम तात्दै जाने पुरानो मौसमको थिति खलबलिएको किसान बताउँछन् । ‘आकास धुम्मिएको धु...
पाकुच्चाको सागमा विषादी
समाचार, समाज

पाकुच्चाको सागमा विषादी

नेपालअखबार,काठमाडौँ । पाकुच्चाको सागमा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार गरेको परीक्षण तरकारीमध्ये भक्तपुर क्षेत्रमा उत्पादित पाकुच्चाको सागमा विषादी भेटिएको हो ।समितिले २० वटा तरकारीको नमुना सङ्कलन गरी विषादीको परीक्षण गर्दा १ वटा तरकारीको नमुनामा विषादी पाइएको हो । भक्तपुर क्षेत्रका पाकुच्चाको सागमा ९४.२१८ प्रतिशत रोकावट अर्गानोफस्फेट विषादीको मात्रा भेटिएको छ । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।...
आजबाट १७ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क खोप दिइँदै
समाचार, समाज, स्वास्थ्य

आजबाट १७ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क खोप दिइँदै

नेपालअखबार,काठमाडौं । मंगलबार फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस। यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ। विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो। नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ। यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ। विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो। मन्त्रालयका ...
मनाङको तिमाङ जंगलमा लागेको आगो अझै आएन नियन्त्रणमा
समाचार, समाज

मनाङको तिमाङ जंगलमा लागेको आगो अझै आएन नियन्त्रणमा

नेपालअखबार,मनाङ।  मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन। चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आगो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिए। उनका अनुसार आगो निभाउने प्रयास जारी छ। ‘आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। स्थानीयसहितका टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौं। आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन सकिएको छैन,’ आचार्यले भने, ‘भिरमा आगलागी भएकाले नियन्त्रणमा लिन समस्या भइरहेको हो।’ अन्यत्र आगो नफैलियोस् भनेर सुरक्षित गर्ने काम गरिसकेको र बस्तीमा त्यति जोखिम नरहेको उनले बताए। ...
टक्सारको सरस्वती गुफा ओझेलमा
समाचार, समाज

टक्सारको सरस्वती गुफा ओझेलमा

नेपालअखबार,भोजपुर । श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भीड बढिरहँदा सदरमुकाम नजिकै रहेको भोजपुर नगरपालिका–१२, टक्सारको सरस्वती गुफा भने यसको महत्व नबुझ्दा ओझेलमा पर्दै गएको छ। यस्ता धार्मिक महत्व बोकेका स्थानभन्दा पनि विद्यालयस्तरमा नै सरस्वती पूजा गर्ने प्रचलनले ऐतिहासिक कुरा ओझेलमा परेका हुन्। सदमुकामदेखि आधा घण्टाको दुरीमा रहेको टक्सारको सरस्वती गुफा अहिले आएको आधुनिक जीवन शैली र विकसित प्रविधितर्फ उन्मुख युवा पिँढीका कारण ओझेलमा पर्दै गएको हो। सरस्वती गुफामा बसेर सात दाना अक्षता नचपाई निल्दा बुद्धि बढ्ने विश्वास विगतमा रहे पनि हाल यसको महत्व कम हुँदै गएको स्थानीयको भनाइ छ। विगतमा साना बालबालिकालाई अक्षर चिनाउनका लागि सरस्वती पूजाका दिन यही गुफामा लगिने गरिएको भए पनि अहिले भने सो परम्परालाई निरन्तरता दिन छाडिएको स्थानीय सानुकाजी शाक्यले बताए। उनले भने, ‘ढुंगाले बनेक...
पुरैनी तालमा किन घट्न थाल्यो चराको संख्या
समाचार, समाज

पुरैनी तालमा किन घट्न थाल्यो चराको संख्या

नेपालअखबार,कञ्चनपुर। बेलौरी नगरपालिका– ६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै गएको छ।  ताल क्षेत्रमा आहारा खोज्दै गरेका, उड्दै गरेका, तालमा जलविहार गर्दै गरेका चरा सहजै अवलोकन गर्न सकिन्छ। विद्यार्थी र संरक्षण समूहमा आवद्ध युवाहरू चरा हेर्नका लागि पुग्ने गरेका छन्। चराप्रति चासो राख्ने आन्तरिक तथा बाह्य पर्यटकसँगै अनुसन्धानकर्ता पनि ताल क्षेत्रमा पुग्ने गरेको भुराकोटका स्थानीय दिनेश चौधरीले बताए। ‘पहिले तालमा एकनासको पानी हुँदा चराको सङ्ख्या निकै बढी हुने गरेको थियो,’ उनले भने, ‘हाल ताल क्षेत्रमा बढ्दो अतिक्रमण र आहाराको कमीले चराको सङख्या घट्दै जान थालेको छ।’ तालमा ५५ प्रजातीका जलपक्षी पाइने गरेका छन्। एकै तालमा धेरै प्रजातिका चरा फेला पर्ने शुक्लाफाँटा राष्ट्रिय बाहिरको यो ताल मात्रै रहेको छ। नेपाल पक्षी संरक्षण संघ(विसिएन)का चरा विज्ञ हिरुलाल डगौ...
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
समाचार, समाज

सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम

नेपालअखबार,पोखरा। सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १८ औं साधारण सभा तथा १० औं अधिवेशनले पुनः भिम पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मनपति भण्डारी, प्रथम उपाध्यक्षमा विष्णु सुवेदी, द्धितीय उपाध्यक्षमा प्रेम पहारी, महासचिवमा घनश्याम तिम्सिना, सचिवमा शम्भुराम पाण्डे, कोषाध्यक्षमा गुप्तबहादुर कार्की, सहकोषाध्यक्ष धनबहादुर विक रहेका छन् । त्यसैगरी समितिको सदस्यहरुमा आसविर नेपाली, दोर्चे तामाङ, सिर्जना सापकोटा, लक्ष्मी केसी सिंह, शरा वोगटी, इन्द्रप्रसाद दाहाल, नारयण प्रसाद पौडेल, मिना ढकाल, मिनमाया श्रेष्ठ, र कमला वज्राचार्य रहेका छन् । संस्थाको १८ औं साधारण सभा तथा १० औं अधिवेशन विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम ...