वन जोगाउन भोजपुरमा सप्ताहव्यापी डढेलो नियन्त्रण अभियान
नेपालअखबार, भोजपुर । हिउँदको सुख्खा मौसमसँगै वन डढेलोको जोखिम बढेपछि भोजपुरमा विशेष सतर्कता अपनाउन थालिएको छ। डिभिजन वन कार्यालय भोजपुरले वन डढेलोबाट हुने धनजन र प्राकृतिक सम्पदाको क्षति न्यूनीकरण गर्ने उद्देश्यले चैत १ गतेदेखि जिल्लाभर सप्ताहव्यापी अभियान सञ्चालन गरेको हो।
'वन डढेलो नियन्त्रणमा प्रभावकारिता: तीनै तहका सरकार र समुदायको सहभागिता' भन्ने मूल नाराका साथ सुरु भएको यो अभियानले जिल्लाका अति जोखिमयुक्त क्षेत्रहरूमा विशेष निगरानी बढाएको छ।
अभियानअन्तर्गत जनस्तरमा सचेतना फैलाउन सञ्चार माध्यमबाट सूचना प्रसारण गर्ने, विद्यालय र समुदायमा पुगेर अन्तरक्रिया गर्ने तथा जनचेतनामूलक सामग्री वितरण गर्ने काम भइरहेको छ। डिभिजन वन प्रमुख खुद्रुस मियाँका अनुसार डढेलोको जोखिम उच्च रहेका अरुण, टेम्केमैयुङ, पौवादुङमा, हतुवागढी, रामप्रसादराई गाउँपालिका र भोजपुर नगरपालिकाका तल्लो भेगमा होर्डिङ ब...










