Tuesday, August 11

समाज

२५५ औं शुभप्रभातमा लियो क्लब अफ हेमजाको सहकार्य
समाचार, समाज

२५५ औं शुभप्रभातमा लियो क्लब अफ हेमजाको सहकार्य

नेपालअखबार , पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको २५५ औं शुभप्रभात काव्यमाला लियो क्लब अफ हेमजासँगको सहकार्यमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले वर्तमान समितिले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेख्य योगदान पु¥याएको धारणा राखे । प्रतिष्ठानका संस्थापक सचिव कोविदशरण उपाध्यायले वर्तमान कार्यसमिति हिजो केही गर्न सक्दैनन् भन्नेहरुलाई कर्मका माध्यमबाट उत्तर दिन सफल भएको बताए । समाजसेवी ऋषिराम पौडेलले प्रतिष्ठानको वर्तमान कार्यसमितिले संस्थालाई आर्थिक भार नपारी स्रोत जुटाएर कार्यक्रम गरेकामा धन्यवाद व्यक्त गरे । प्रतिष्ठानका संरक्षक वसन्त बाँस्तोला चिन्तितले प्रतिष्ठानले रजत वर्षमा साहित्यका साथै समग्र हेमजालाई लिपिबद्ध गर्न सफल भएको बताए । शुभप्रभातमा भरतचन्द्र गौतम, डा. अनिल थापा, ऋष...
बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
समाचार, समाज, स्वास्थ्य

बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल

नेपालअखबार ,ढोरपाटन। ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालन भएको छ। यसबाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्। गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शुक्रबार अस्पतालको सेवा प्रारम्भ गर्दै ५०  शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको बताए। विसं २०२१ मा दुई कोठाबाट स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो। विसं २०६४ मा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको थियो। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने उल्लेख थियो। अस्पतालमा पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि १२ क...
अमेरिकामा घरबारविहीनको सङ्ख्या कीर्तिमानी उचाइमा
विश्व, समाचार, समाज

अमेरिकामा घरबारविहीनको सङ्ख्या कीर्तिमानी उचाइमा

नेपालअखबार ,वासिङ्टन डीसी । अमेरिकामा घरबार नहुनेको सङ्ख्या २०२४ मा यस अघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । घर जग्गाको भाउ आकासिएको, प्राकृतिक विपद् र ठुला सहरहरूमा आप्रवासीको सङ्ख्यामा भएको वृद्धिका कारण समीक्षा अवधिमा घर नहुने जनसङ्ख्या कीर्तिमानी स्तरमा उक्लिएको बताइएको छ । सहरी विकास मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार यस वर्ष आश्रयस्थल, अस्थायी घर वा आश्रय नै नभएका मानिसको सङ्ख्या ७ लाख ७० हजार पुगेको छ । गत वर्षको तुलनामा यो १२ प्रतिशत धेरै हो । यो जनसङ्ख्या सन् २००७ मा संघीय सरकारले यस्तो खालको तथ्याङ्क राख्न थाले यताकै धेरै भएको बताइएको छ । अस्थायी रूपमा परिवारका सदस्य वा साथीभाइसँग बसिरहेका मानिसहरू यसमा समावेश नगरिएकोले यो सङ्ख्या घट्न सक्ने बताइएको छ । यो तथ्याङ्क एक वर्ष पुरानो भएको र सर्वेक्षण गर्दा खेरिको तुलनामा अहिले अमेरिकी सीमामा घर भाडा र अवस्था दुवै ...
अछाममा मरेको कुखुराको मासु खाएपछि किशोरको मृत्यु
समाचार, समाज, स्वास्थ्य

अछाममा मरेको कुखुराको मासु खाएपछि किशोरको मृत्यु

नेपालअखबार ,कैलाली। अछाममा मरेको कुखुराको मासु खाएपछि बिरामी भएका एक किशोरको मृत्यु भएको छ भने परिवारका अन्य तीनजना बिरामी भएका छन् । कमलबजार नगरपालिका-३ बयलाका १५ वर्षीय कमल विकको आइतबार मृत्यु भएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए विकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाएको थिए । मासु खाएपछि बिरामी भएका विकको आइतबार मृत्यु भएको भण्डारीले बताए । उनका अनुसार कुखुराको मासु खाने मृतककी हजुरआमा ७० वर्षीय नाम विक, उनकी १४ वर्षीय नातिनी सीता विक र नाति ९ वर्षीय विकास विक पनि बिरामी भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको डीएसपी भण्डारीले बताए । मरेको कुखुराको मासु खाएपछि मृतक किशोरसहित परिवारका अन्य सदस्यमा पेट दु:ख्ने, बान्ता गर्ने लगायतका स्वास्थ समस्या देखिएको थियो। मृतक किशोरका आमाबुवा रोजगारीका...
मोटरसाइकल किन्न दम्पतीले बेचे ९ दिनको छोरो
समाचार, समाज, हाइलाइट-समाचार

मोटरसाइकल किन्न दम्पतीले बेचे ९ दिनको छोरो

नेपालअखबार ,नयाँ दिल्ली । भारतको ओडिसा राज्यको बालासोर जिल्लामा एउटा अनौठो घटना प्रकाशमा आएको छ । एक दम्पतीले मोटरसाइकल किन्नका लागि आफ्नो ९ दिनको छोरो बेचेको पाइएको हो । उनीहरूले ६० हजार भारुमा छोरो बेचेको प्रहरीले जनाएको छ । सो दम्पतीले भने छोरा बेचेको आरोप अस्वीकार गरेको छ । उनीहरूले गरिबीका कारण बच्चालाई पालनपोषण गर्न नसक्ने भएपछि निःसन्तान दम्पतीलाई आफ्नो छोरा दान दिएको बताएका छन् । गोप्य सूचनाका आधारमा कारबाही गर्दै प्रहरी र बाल कल्याण समितिको संयुक्त टिमले शनिबार शिशुको उद्धार गरेको छ । प्रहरीले भने बच्चा किनबेच भएको गोप्य सूचना अनुसार कारबाही अघि बढाइएको दाबी गरेको छ । प्रहरीले दुवै परिवारलाई बोलाएर यसबारे अनुसन्धान थालेको छ ।...
सोलुखुम्बुमा पाइपमै जम्न थाल्यो पानी, जनजीवन प्रभावित
समाचार, समाज

सोलुखुम्बुमा पाइपमै जम्न थाल्यो पानी, जनजीवन प्रभावित

सोलुखुम्बु । अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो। सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम केही दिनयता माइनसमा गएको हो । चिसो बढेसँगै सल्लेरी क्षेत्रमा मानिस आगो तापेर बस्न थालेको स्थानीय निरकुमार नेपालीले बताए । उनले भने, ‘चिसोले घरभित्र बस्न सक्ने अवस्था छैन, त्यही भएर बिहानबेलुका सबै एक ठाउँमा भेला भएर आगो ताप्छौँ।’ पछिल्लो तीन दिनयता यहाँ घाम लागेको छैन। चिसोले बालबालिका, वृद्धवृद्धा तथा अशक्तलाई बढी मार परेको छ। ‘बालबालिकाको पढनपाठन प्रभावित भएको छ भने वृद्धवृद्धालाई पनि समस्या बढेको छ’, उनले भने । चिसो बढेसँगै जिल्ला अस्पताल फा...
चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी
समाचार, समाज

चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी

नेपालअखबार ,सोलुखुम्बु । अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम केही दिनयता माइनसमा गएको हो । चिसो बढेसँगै सल्लेरी क्षेत्रमा मानिस आगो तापेर बस्न थालेको स्थानीय निरकुमार नेपालीले बताए । उनले भने, “चिसोले घरभित्र बस्न सक्ने अवस्था छैन, त्यही भएर बिहानबेलुका सबै एक ठाउँमा भेला भएर आगो ताप्छौँ ।” पछिल्लो तीन दिनयता यहाँ घाम लागेको छैन । चिसोले बालबालिका, वृद्धवृद्धा तथा अशक्तलाई बढी मार परेको छ । “बालबालिकाको पढनपाठन प्रभावित भएको छ भने वृद्धवृद्धालाई पनि समस्या बढेको छ”, उनले भने । चिसो बढेसँगै जिल्ला ...
रुकुमपूर्वमा उत्पादित किवीले बजार पाएन
कृषि, समाचार, समाज

रुकुमपूर्वमा उत्पादित किवीले बजार पाएन

नेपालअखबार , रुकुमपूर्व । रुकुमपूर्वमा व्यवसायिक रुपमा गरेको किवी खेतीबाट राम्रो उत्पादन भइरहे पनि बजार नपाएको गुनासो किसानहरुले गरेका छन् । जिल्लामा तीन गाउँपालिका रहेको सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका अधिकांश ठाउँमा किवी खेती गरिएको छ । लटरम्म फलेका किवीले बजार भने नपाएको किसानहरु बताउँछन् । भूमे गाउँपालिका–५ दालिबाङका मोहनसिंह पुनले ३ वर्ष पहिले मकै खेती मासेर १५ रोपनी जग्गामा किवी खेती सुरु गरेको र उत्पादन राम्रो भइरहे पनि बजार नपाएको बताए । ‘विभिन्न किताब र युट्युब च्यानलबाट किवी खेती गर्ने तरिकाबारे जानकारी लिएँ । धेरै ठाउँमा पुगेर किवी फर्मको पनि अवलोकन गरेर परीक्षणको रुपमा सुरुको वर्षमा लगाएको बोटले राम्रै फल दिन थाल्यो,’ उनले भने, ‘पछि करिब १० लाख लगानी गरेर व्यवसायिक रुपमा किवी खेती गरियो । उत्पादन राम्रो भइरहेको छ, तर बिक्री हुँदैन ।’ करिब १५ रोपनी जग्गामा उत्...
हिमपातले सेताम्मे सिमकोट
समाचार, समाज

हिमपातले सेताम्मे सिमकोट

नेपालअखबार ,सिमकोट। हुम्लामा हिमपात भएको छ। शुक्रबार बिहान हुम्ला सदरमुकाम सिमकोटमा चार इन्चसम्म जम्नेगरी हिमपात भएको स्थानीयले बताएका छन्। उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ। शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेको थियो। हिमपात भने रातिदेखि भएको थियो। हुम्लामा यो वर्ष तेस्रोपटक हिमपात भएको हो। हिमपातका खेतिपातीका लागि अनुकूल भएपछि किसानलाई राहत भएको छ। यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ। हिमपातका कारण सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ। शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ। हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ। तस्बिरहरूः सबै तस्बिर: दाने बोहरा/रासस...
५ महिनामा साढे ४१ करोडको अम्रिसो निर्यात
अर्थ, समाचार, समाज

५ महिनामा साढे ४१ करोडको अम्रिसो निर्यात

नेपालअखबार ,काठमाडौँ । नेपालबाट अम्रिसो निर्यात हुँदा साढे ४१ करोड रुपैयाँ भित्रिएको छ । यो २०८१ साउनदेखि मङ्सिर मसान्तसम्मको  भन्सार विभागको तथ्यांक हो ।भन्सार विभागका अनुसार ४१ करोड ५२ लाख ७३ हजार रुपैयाँको ५४ लाख ९० हजार १७० किलो अम्रिसो निर्यात भएको छ । उक्त परिमाणको अम्रिसो भारतमा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।...