Thursday, August 13

समाज

गोरखामा चितुवा मृत फेला
समाचार, समाज

गोरखामा चितुवा मृत फेला

नेपालअखबार, गोरखा । गोरखा नगरपालिका–१० स्थित बिरिन्चोक नजिकैको खोल्सीमा घाइते अवस्थामा देखिएको चितुवा मृत फेलापरेको छ । बजार क्षेत्र नजिकै खोल्सीको झाडीमा घाइते अवस्थामा भेटिएको चितुवाको उद्धारमा ढिलाइ हुँदा मृतावस्थामा फेलापरेको हो । मृत भेटिएको चितुवा वयस्क अवस्थाको पोथी चिुतवा रहेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिए । ‘स्थानीयवासीले चितुवा भेटिएको जानकारी गराएपछि डिभिजन वन कार्यालय गोरखाबाट कर्मचारी परिचालन गरी बुधबार दिनभरि उद्धारको प्रयास गरिएको भए पनि सकिएको थिएन’, उनले भने, ‘बिहीबार उद्धारका लागि सोही स्थानमा पुगेर खोजी गर्दा बिरिन्चोक बजार नजिकै पानी ट्याङ्कीमा चितुवा मृतावस्थामा फेला पर्‍यो ।’ चितुवाको शरीरमा कुनै चोटपटक नदेखिएको उनको भनाइ छ । ‘शरीरमा घाउचोट केही छैन ।चितुवालाई कसैले विष खुवाएको वा आफैँ अस्वस्थ भएर मरेको हुनसक्छ’, उनले भने । ...
टिकटक चल्न थाल्यो
प्रविधि, समाचार, समाज

टिकटक चल्न थाल्यो

नेपालअखबार, काठमाडौं । सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताएका थिए । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र दिएपछि मन्त्रालयले प्राधिकरणलाई मन्त्रिपरिषदको निर्णय जानकारी गराउँदै टिकटकमाथिको रोक हटाउन निर्देशन दिएको थियो । सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब सा...
बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता
समाचार, समाज

बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता

नेपालअखबार, बागलुङ । बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति बग्दा सोही ठाउँका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बाढीमा बगेर २० वर्षीय कमल सापकोटा बेपत्ता छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटरमा चढेर बान्द्रे खोला तर्ने क्रममा उनीहरु बगेका थिए । सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेला परेको थियो । ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा राखिएको छ । बेपत्ता कमलको खोजी भइरहेको छ ।...
मलेखुमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
समाचार, समाज

मलेखुमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

नेपालअखबार,धादिङ  । पृथ्वी राजमार्गको धादिङ स्थित मलेखुमा पहिरो खसेको छ । पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका–३ स्थित मलेखुमा दुईतर्फी सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङकी इन्स्पेक्टर समता बस्नेले बताइन् । इन्स्पेक्टर बस्नेतका अनुसार जेसिबीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।...
अविरल वर्षासँगै झरेको पहिरोले म्याग्दी सदरमुकाम बेनीसँगको सडक सम्पर्क विच्छेद
समाचार, समाज

अविरल वर्षासँगै झरेको पहिरोले म्याग्दी सदरमुकाम बेनीसँगको सडक सम्पर्क विच्छेद

नेपालअखबार, म्याग्दी । अविरल वर्षासँगै झरेको पहिरोले म्याग्दी सदरमुकाम बेनीसँगको सडक सम्पर्क विच्छेद भएको छ । बेनी–बाग्लुङ र बेनी–जोमसोम दुबै तर्फका सडक पहिरोले अवरुद्ध भएकाले सडक सम्पर्क विच्छेद भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवम् इन्सपेक्टर राजन रायमाझीले गएराति पहिरो झरेकाले सडक अवरुद्ध भएको बताए । उनका अनुसार दुई अन्नपूर्ण गाउँपालिका ३ गुइँठेभिर र सुकेबगर तथा अन्नपूर्ण गाउँपालिका २ को भुरुङभिरमा झरेको पहिरो पन्छाइए पनि अन्य ठाउँको पहिरो पन्छाएर सकिएको छैन । बेनी–जोमसोम सडकखण्डको अझै दुई ठाउँमा पहिरो छ । सो सडकखण्डको रघुगंगा–२ चनौटे र अन्नपूर्ण गाउँपालिका–७ महभिरमा झरेको पहिरो पन्छाउने काम जारी छ । म्याग्दी–बागलुङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका २ सिममा पनि पहिरो खसेको छ । त्यहाँको पहिरो पन्छाएर एकतर्फी बाटो खुलाइएको छ । सिमबाट अगाडि बढे पनि फेरि...
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
समाचार, समाज

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

नेपालअखबार, तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान गएको पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण गएको पहिरोले घाँसीकुवा–डुम्रे खण्ड अवरुद्ध भएको थियो । लेदो सहितको पहिरो हटाइएसँगै सडक सुचारु भएको प्रहरीले जानकारी दिएको छ ।
मानव बेचबिखनको फेरियो शैली
समाचार, समाज

मानव बेचबिखनको फेरियो शैली

नेपालअखबार, झापा । आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीलाई  भारतको विभिन्न सहरमा पुर्‍याउने गरिएको पाइएको छ। कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट जागिरको प्रलोभन देखाएर ल्याइएका किशोरीलाई माइती नेपालका सीमा निगरानीकर्ताले जाँच गरेर सुरक्षित रुपमा घर फर्काइरहेको माइती नेपालका कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताए। ‘विगत सात महिनामा हामीले काँकडभिट्टा बोर्डरमा निगरानी गर्दा १८ वर्षमुनिका एक सय १९ जना नाबालिगलाई उद्धार गरेका छौं,’ उनले भने, ‘उद्धार गरिएका ती अधिकांश किशोरी छन्। उनीहरुलाई मानव बेचबिखनमा संलग्न गिरोहले रोजगारीको बहानामा फकाएर भारत लैजाँदै थियो।’ पछिल्लो समय मानव बेचबिखनको शैली फेरिएको जनाउँदै उनले नेपाली युवतीलाई भारतीय भूमि पु¥याएर भिजिट राहदानीमार्फत घरेलु काम...
आफ्नो विषयगत दक्षता समाज विकास र मानव सेवामा लगाउन मेयर आचार्यको आग्रह
समाचार, समाज

आफ्नो विषयगत दक्षता समाज विकास र मानव सेवामा लगाउन मेयर आचार्यको आग्रह

शिशिर उजाड,पोखरा  ।पोखरा महानगर पालिका वडा नं. १६ ले विभिन्न विषयमा विद्यावारिधी गरेका वडाभित्रका विभिन्न शिक्षासेवीलाई सम्मान गरेको छ ।ऐतिहासिक वाटुलेचौर तीज मेलाको अवसरमा वडा शिक्षा समितिको निर्णय अनुसार २५ जना विषय विज्ञ र २ वटा सामुदायिक विद्यालयलाई सम्मान गरेको हो । वडाले प्राडा टंकनाथ शर्मा, डा गेहेन्द्रमान उदास,डा दिर्घमान गुरुङ,डा गोपाल घिमिरे,डा महेन्द्र व.वानियाँ, डा अर्जुन वानियाँ, प्राडा धुर्व व. कार्की,डा श्रीराम आचार्य,डा निशा वराल, डा सुरेश पौडेल, डा प्रज्ञा गौतम,डा उत्तम थापा,डा विदुर देवकोटा,डा गौतम गुरुङ,डा सुनिल भट्टराई, डा श्रीकृष्ण आचार्य, डा कुशल शर्मा,डा पुष्पराज आचार्य, डा अनुप वस्नेत,डा संजय शर्मा तिमिल्सीना,डा सुख व.गुरुङ,डा चन्द्र गुरुङ,डा पुनम गौचन सहित २५ जनालाई पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, प...
पोउवासंघ महाधिवेशनः १६ बुँदे प्रतिबद्धतासहित अर्जुन पोखरेल प्यानल व्यवसायीको घरदैलोमा
समाचार, समाज

पोउवासंघ महाधिवेशनः १६ बुँदे प्रतिबद्धतासहित अर्जुन पोखरेल प्यानल व्यवसायीको घरदैलोमा

नेपालअखबार,पोखरा ।  पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ । महाधिवेशनबाट नयाँ नेतृत्व आउने भएकाले अध्यक्षमा उम्मेदवारी दिएका अर्जुन पोखरेल प्यानलसहित व्यवसायीको घरदैलोमा पुगिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण कार्की चुनावी मैदानमा छन् । पोखरेल प्यानलको १६ बुँदे प्रतिबद्धता पत्रमा केः छ ? पोखरा उद्योग वाणिज्य संघको ३५ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले अध्यक्षका उम्मेदवार अर्जुन पोखरेल प्यानलसहित १६ बुँदे प्रतिबद्धता पत्रसहित व्यवसायीको घरदैलोमा पुगीरहेका छन् । पोखरेल प्यानलले १६ बुँदे प्रतिबद्धता पत्रमा पोखरा उद्योग वाणिज्य संघको छविलाई उठाउने, आर्थिक मन्दीका समयमा समस्यामा परेका व्यवसायीको हितबमोजिम काम गर्ने, उद्योग र कृषि क्षेत्रका समस्यालाई समाधान गर्न पहलकदमी गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्...
दरखाने दिनमा मानवसेवा आश्रममा भोजनार्थ सहयोग
समाचार, समाज

दरखाने दिनमा मानवसेवा आश्रममा भोजनार्थ सहयोग

नेपालअखबार,पोखरा । कर्मचारी मिलन केन्द्र कास्कीले निजामति सेवा दिवस २०८१ एवम् हरितालिका तीजको दरखाने दिनका अवसर पारी आज मानवसेवा आश्रम छोरेपाटनमा त्यहाँस्थित आश्रित व्यक्तिहरूलाई भोजनार्थ सहयोग गरेको छ । विशेषतः महिला दिदीबहिनीलाई आश्रय दिइराखिएको छोरेपाटनस्थित आश्रममा केन्द्रका तर्फबाट संरक्षक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले २६ हजार रुपैयाँ नगद आश्रमका सञ्चालकलाई हस्तान्तरण गर्नुुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले सडक मानवलाई आश्रममा ल्याएर सम्मानपूर्वक सेवा प्रदान गरिरहेको मानवसेवा आश्रमको काम प्रशंसनीय भएको बताउनुुभयो । महिलाहरूको महान पर्व हरितालिका तीज समेतका अवसरमा आश्रममा आश्रित महिला दिदीबहिनीलाई दरभोज खाने दिनमा नै सहयोग गर्न पाउनुु सुखद भएको उहाँको भनाइ छ । पर्यटन राजधानी पोखरालाई सडक मानव मुक्तका साथै मठमन्दिरमा पनि मगन्ते मुक्त बनाउने प्रया...