Sunday, April 26

समाज

रूद्रकली र खगेन्द्रप्रसाद कतारका लागि हिँडे
समाचार, समाज

रूद्रकली र खगेन्द्रप्रसाद कतारका लागि हिँडे

चितवन । कतार लैजान लागिएका चितवन राष्ट्रिय निकुञ्जका दुई हात्ती रुद्रकली र खगेन्द्रप्रसादलाई सोमबार विदाइ गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तसहित होटल व्यवसायीहरूले दुई हात्तीलाई सयपत्री फूलको माला लगाएर सौराहाबाट विदाइ गरेका हुन् । नेपाल सरकारका तर्फबाट कतारलाई उपहारस्वरूप ६ वर्षको भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षकै पोथी हात्ती रुद्रकली पठाउन लागिएको हो । २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने बाचा गरेको थियो । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहा कार्यालयबाट रत्ननगरको बेल्सी पुलसम्म हिँडाएर ल्याएर हात्तीलाई खोरसहित ट्रकमा राखेर रुपन्देहीको भैरहवा विमानस्थल लगिनेछ । हात्तीलाई भैरहवामा भोलि एक दिन राखिनेछ । ...
सर्लाहीमा प्रहरीले गर्‍यो ४० बिघा गाँजा फँडानी
समाचार, समाज

सर्लाहीमा प्रहरीले गर्‍यो ४० बिघा गाँजा फँडानी

नेपालअखबार,जनकपुरधाम। सर्लाही प्रहरीले ठूलो मात्रामा गाजा फँडानी गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका १४ मायास्थान स्थित चुरे क्षेत्रमा लगाइएका ४० बिघा अवैध गाँजा खेती फडानी गरेको हो ।१३० जना नेपाल तथा सशस्त्र प्रहरी मिलेर ४० बिघा क्षेत्रमा लगाइएको २ लाख भन्दा बढी गाँजको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।...
महबाटै करोडको कारोबार
समाचार, समाज

महबाटै करोडको कारोबार

नेपालअखबार,कैलाली । परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुन् दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्दै आएका हमाल व्यवसायीमात्र होइन समाजका लागि एक प्रेरणा पनि हुन् । विसं २०५५ देखि माहुरीपालन व्यवसाय गर्दै आएका उनबाटै सिकेको सीपबाट कैयौँ युवाहरू माहुरीपालन व्यवसायमा संलग्न भएका छन् । त्यो समयमा १२–१५ जना माहुरीपालक किसान रहेका दाङमा अहिले चार–पाँच सय युवा त्यसैमा भविष्य खोजिरहेको हमाल बताउँछन् । दाङदेखि कैलालीसम्मका तराईका जिल्लामा घुमिरहने अनि माहुरीका घार घुमाइरहने हमाल यतिबेला कैलालीको भजनी नगरपालिकामा आइपुगेका छन्। उनले कैलाली र बर्दियाका विभिन्न ठाउँमा पाँच सय माहुरीका घार तोरी फुलेका खेतहरूमा राखेका छन् । “आजभोलि तोरीको फूल जता फुल्यो त्यतै माहुरीका घार बोकेर हिँड्ने गरेका छौँ”, उनले...
जेनजी घाइते युवाको धर्ना सिंहदरबार गेटमा
समाचार, समाज

जेनजी घाइते युवाको धर्ना सिंहदरबार गेटमा

नेपालअखबार,काठमाडौं । सिंहदरबार गेटमा जेनजी घाइते युवाहरूले धर्ना दिएका छन् । आइतबार दिउँसो गेटमा पुगेर उनीहरूले आफ्ना माग पूरा गर्न माग गर्दै धर्ना दिएका हुन् । अहिले उनीहरूलाई प्रहरीले धर्ना रोकेर वार्तामा सहभागी हुन आग्रह गरिरहेका छन् ।
मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द
समाचार, समाज

मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द

नेपालअखबार,खोटाङ। प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन्। विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन्। मंसिर ६ गते प्रवर्द्धक कम्पनीका प्रतिनिधि र जग्गाधनीबीच मंसिर २५ गतेभित्र क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो। दुई पक्षबीच गरिएको लिखित सहमति प्रवर्द्धक कम्पनीले कार्यान्वयन नगरेपछि जग्गाधनीले सोही दिनदेखि पानी टरबाइनबाट हटाएर खोलातिर फर्काइदिएका थिए। लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले गत चैतमा पनि उक्त जलविद्युत् आयोजना बन्द गराएका थिए । जग्गाधनीले मुआब्जा नदिएसम्म जलविद्युत् आयोजनाको उत्पादन बन्द गर्ने चेतावन...
आलुको बीउमा आत्मनिर्भर जलजला गाउँपालिका
कृषि, समाचार, समाज

आलुको बीउमा आत्मनिर्भर जलजला गाउँपालिका

नेपालअखबार,म्याग्दी । पर्वतको जलजला गाउँपालिका बीउ आलुमा आत्मनिर्भर बनेको छ । राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर कम उत्पादन क्षमता भएको पुरानो बीउलाई विस्थापित गरी गुणस्तरीय बीउ उत्पादन गरिएको हो । राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्वमूलबीउलाई पिबिएम प्रविधिबाट (बियाँबाट आलुको बीउ उत्पादन) गरेर आत्मनिर्भर बनाइएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार उत्पादन क्षमता कम भएको पुरानो बीउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकीराको समस्या देखिएपछि २०७९ सालमा जलजला गाउँपालिका–६ लाम्पाटाको बराहटोलमा खुमल सेतो १, खुमल उज्वल, जनकदेव, खुमल रातो र कार्डनल जातको आलुको ५३ हजार २०० सय दाना रोपेर पहिलो पुस्ताको बीउ उत्पादन थालिएको थियो । पिबिएम प्रविधिबाट उत्पादन भएको आलुको बीउ पाँच पुस्तापछि खानयोग्य हुन...
भारतीय राजदूत श्रीवास्तवको ग्राण्डी अस्पतालमा उपचार जारी
समाचार, समाज

भारतीय राजदूत श्रीवास्तवको ग्राण्डी अस्पतालमा उपचार जारी

नेपालअखबार,काठमाडौँ। भारतीय राजदूत नवीन श्रीवास्तवको ग्राण्डी अस्पतालमा उपचार जारी छ। शनिबार चम्पादेवी मन्दिरमा हाइकिङ जाँदा हृदयघात भएपछि नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी अस्पतालमा लगिएको थियो। अस्पताल स्रोतका अनुसार मुटुको देब्रे नशामा अवरोध भएको हो। अस्पतालमा ल्याएर स्टेन्ट हालिएको हो। उनलाई उपचारका लागि सिसियूमा राखिएको छ। राजदूत श्रीवास्तवको उपचारमा डा. रन्जित शर्मा र डा. नरेश महर्जन संलग्न छन्।...
चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या
कृषि, समाचार, समाज

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

नेपालअखबार,चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो । पशु सेवा कार्यालय प्रमुख डा प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका–२७ मा रहेको गाई फार्ममा यो रोग पुष्टि भएको छ । रत्ननगरमा रहेका गाई फार्ममा खोरेतको लक्षण देखिए पनि प्रयोगशालाबाट नतिजा आएको छैन । मङ्सिर ११ गते भरतपुर महानगर क्षेत्रका गाईको नमूना खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा पठाइएको र १६ गते नतिजा आएको उनले बताए। कार्यालय प्रमुख डा न्यौपानेले हाल रोग देखिएका क्षेत्रमा खोरेतविरुद्धको खोप लगाउने काम भइरहेको जानकारी दिए । उनले भने, “रोग लागेको क्षेत्रमा खोप लगाउने काम भइरहेको छ । अब जिल्लाभरिनै अभियान चलाउने योजना छ ।” भाइरसका कारण सर्ने यो रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिन १०४ डिग्री ज...
कांग्रेस नेता पूर्वमन्त्री उपाध्यायको निधन
समाचार, समाज

कांग्रेस नेता पूर्वमन्त्री उपाध्यायको निधन

नेपालअखबार,काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको उपचारका क्रममा निधन भएको छ। काठमाडौँको ह्याम्स अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको निधन भएको कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जानकारी दिए। उनी  लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए। उनी २०५६ सालमा शिक्षामन्त्री भएका थिए। पटकपटक कांग्रेसको केन्द्रीय सदस्य भएका उपाध्याय प्रतिनिधि सभा र राष्ट्रिय सभामा मोरङबाट प्रतिनिधित्व गरेर सांसद समेत भएका थिए।...
पोखरामा प्रस्तुति दिन आइपुगे चर्चित भारतीय कलाकार सञ्जु राठोड
समाचार, समाज

पोखरामा प्रस्तुति दिन आइपुगे चर्चित भारतीय कलाकार सञ्जु राठोड

नेपालअखबार, पोखरा। ‘पोखरा विन्टर फेष्ट’ विन्टर फेष्टमा प्रस्तुति दिन चर्चित भारतीय कलाकार सञ्जु राठोड पोखरा आइपुगेका छन् । पोखरा लेकसाइड खहरेमा रहेको क्लब क्याटवाकमा शनिबार साझ ८ बजेबाट सुरु हुने फेस्टका लागि राठोड पोखरा आइपुगेका हुन् । प्रचार नेपाल, अर्बिट्रेरि इभेन्ट र स्पेक्स–१४ को आयोजनामा हुने फेष्टमा राठोडसहितका कलाकारले प्रस्तुति दिनेछन् । राठोडका गुलाबी सारी, सन्दारी, गल्ती से मिस्टेक, चाल सिके सिके जस्ता गीत चर्चित छन् । फेष्टमा राठोडसँगै एसटी म्यान, राजन केसीसहित कलाकारको प्रस्तुती रहनेछ । र्याप भर्स र लाइभ परफर्मेन्सका लागि चर्चित एसटि म्यानका बोमबे, सिनेमा, झोला ग्याङ जस्ता गीतहरु चर्चित छन् । युवामाझ लोकप्रिय उदीयमान कलाकार राजन केसीले फेष्टको सुरुआतमा प्रस्तुती दिनेछन् । फेष्टका लागि खल्तीमार्फत टिकट काट्न सकिनेछ ।...