Monday, April 27

समाज

भारतीय राजदूत नवीन श्रीवास्तव हाइकिङ जाने क्रममा अचेत
समाचार, समाज

भारतीय राजदूत नवीन श्रीवास्तव हाइकिङ जाने क्रममा अचेत

नेपालअखबार, काठमाडौँ । भारतीय राजदूत नवीन श्रीवास्तव हाइकिङ जाने क्रममा अचेत भएका छन् । शनिबार चम्पादेवी हाइकिङ गएका उनी अचेत भएका हुन् । उनलाई हेलिकप्टरबाट अस्पताल ल्याउन लागिएको प्रहरी उच्च स्रोतले  बतायो ।
रौतहटमा विद्युत् सर्ट भएर फुसको घरमा आगलागी
समाचार, समाज

रौतहटमा विद्युत् सर्ट भएर फुसको घरमा आगलागी

नेपालअखबार, रौतहट । रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक फुसको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। शुक्रवार राति करिब ११ः५० बजे सतनारायण यादवका  ४० वर्षीय छोरा भोजेन्द्र राय यादवको खरको छानो भएको फुसको घरमा घरभित्रकै विद्युत् तार सर्ट भई आगो लागेको हो। आगलागीबाट घरभित्र रहेको धान, गहुँ, गरगहना, फर्निचर, लत्ताकपडा तथा नगद १ लाख ५० हजार रुपैयाँसहित करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णुप्रदीप बस्यालले बताएका छन्। घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीको भनाइ छ।आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी माधोपुरबाट  खटिएको टोली तथा स्थानीय बासिन्दाको सहयोगमा करिब १२ः५५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्या...
त्रिविको ५१ औं दीक्षान्त समारोह पुस १० गते
शिक्षा, समाचार, समाज

त्रिविको ५१ औं दीक्षान्त समारोह पुस १० गते

नेपालअखबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गर्दै दीक्षान्त समारोह २०२५ डिसेम्बर २५ अर्थात् पुस १० गते बिहीबार दशरथ रंगशालामा सम्पन्न हुनेछ। समारोहमा सहभागी हुने विद्यार्थीहरूले बिहान ९ बजेदेखि समारोह स्थलमा प्रवेश गर्नुपर्नेछ। विद्यावारिधि (पीएचडी) उपाधि तथा दीक्षान्त पदक प्राप्त गर्ने विद्यार्थीहरूलाई अगाडिको पंक्तिमा नाम उल्लेखित सिटमा बस्ने व्यवस्था मिलाइएको छ। दीक्षान्त समारोहका लागि गाउन, स्कार्फ तथा टोपी वितरण पुस ९ गतेदेखि पुस ८ गतेसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हुनेछ। गाउन लिन आउँदा दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम भरेको गाउन कलेक्सन कार्ड र पार्टिसिपेसन फाराम अनिवार्य रूपमा ल्याउनुपर्ने त्रिविले ...
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
समाचार, समाज

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

नेपालअखबार, मोरङ । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ।सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा परेका थिए। आज बिहान करिव ६:३० बजे बिराटचोकस्थित बस्तीको बीचमै घिमिरेलाई आक्रमण गरेको थियो।...
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाखको क्षति
समाचार, समाज

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाखको क्षति

नेपालअखबार,दाङ । दाङको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण ६७ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । शुक्रबार बिहान भएको आगालागीका कारण एउटा ट्रस्ट भवनसहित ठूलासाना मेसिन र टायल तथा इन्टरलक जलेर नष्ट हुँदा ६७ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । आगलागीका कारण फोहर व्यवस्थापनका लागि बनाइको घरसमेत जलेको छ । यसअघि राप्ती गाउँपालिकाले यहाँ फोहर व्यवस्थापन गर्दै आएको थियो । यहाँ गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजरको सहयोगमा करिब दुई घण्टामा आगो निभाइएको थियो । आगलागीको कारण पहिचान हुन नसकेको र घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
सेनाले माग्यो भिडिओग्राफरदेखि पुजारीसम्म ३८८ कर्मचारी
प्रशासन, समाचार, समाज

सेनाले माग्यो भिडिओग्राफरदेखि पुजारीसम्म ३८८ कर्मचारी

नेपालअखबार,काठमाडौं । नेपाली सेनामा जागिर खुलेको छ। सेनाले शुक्रबार विज्ञापन जारी गर्दै विभिन्न प्राविधिक पदहरूमा ३८८ जना कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको हो। सेनाले नर्सिङ, ओभरसियर, भेहिकल मेकानिक्स, भिडिओग्राफरदेखि पुजारीसम्म विभिन्न संख्यामा प्राविधिक कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो। सेनाले स्वास्थ्य, इन्जिनियरिङ, प्राविधिक र हवाईतर्फ कर्मचारी पदपूर्ति गर्न लागेको हो। इच्छुक र योग्यता पुगेका नेपालीहरूले आजदेखि पुस २६ गतेसम्म दरखास्त दिन सक्नेछन्। दरखास्त दस्तुर पदअनुसार ४००, ३०० र २०० रूपैयाँ तोकिएको छ। अन्य समूहमा दरखास्त दिँदा थप २० प्रतिशत शुल्क लाग्नेछ। विज्ञापनः...
जापानको उत्तर-पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
विदेश, समाचार, समाज

जापानको उत्तर-पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

नेपालअखबार,टोकियो । जापानको उत्तर-पूर्वी क्षेत्रमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले जनाएको छ। स्थानीय समयअनुसार बिहान ११:४४ बजे गएको यो भूकम्पको गहिराइ २० किलोमिटर रहेको थियो। भूकम्पको केन्द्रविन्दु आओमोरी प्रिफेक्चरको पूर्वी तटबाट टाढा रहेको छ। जेएमएले जापानको पूर्वी तटका केही भागहरूका लागि सुनामीको चेतावनी जारी गरेको छ। सुनामीको लहर एक मिटर (३.३ फिट) सम्म पुग्न सक्ने चेतावनी एजेन्सीले दिएको छ। जेएमएका अनुसार आओमोरी प्रिफेक्चरको हाचिनोहे सहरमा २० सेन्टिमिटर (८ इन्च) को सुनामी लहर रेकर्ड गरिएको छ जापानको आपत्कालीन चेतावनी एप एनईआरभीका अनुसार आओमोरी प्रिफेक्चरको मुत्सु सहरमा करिब ६,००० मानिसहरूलाई सुरक्षित स्थानमा जानका लागि सूचना जारी गरिएको छ यो भूकम्प यसै हप्ताको सुरुमा सोही क्षेत्रमा गएको ७.५ म्याग्निच्युडको भूकम्पपछि आएको हो, ज...
प्रतिबन्धित मुङ्ग्री माछा नष्ट
समाचार, समाज

प्रतिबन्धित मुङ्ग्री माछा नष्ट

नेपालअखबार,सिरहा । नेपाल प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएको प्रतिबन्धित मुङ्ग्री जातको करिब १०० केजी माछा बरामद गरी नष्ट गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले बिहीबार सिरहाको गोलबजार–धनगढी सीमाक्षेत्रको गागन खोलाबाट उक्त माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो। इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख तथा प्रहरी निरीक्षक सुदन केसीका अनुसार माछासहित तस्करीमा प्रयोग भएको एक मोटरसाइकल पनि बरामद गरिएको छ। बरामद गरिएको माछा गोलबजार–८ चोहर्वाका राजा सहनीको भएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार सहनीले दैनिक रूपमा आधा दर्जन जति मोटरसाइकल प्रयोग गरी भारतबाट प्रतिबन्धित मुङ्ग्री तथा जलकपुर जातका माछा ल्याएर लहान, धनगढी, गोलबजार, मिर्चैया, विष्णुपुर र सिरहा सदरमुकामका व्यापारीहरूलाई आपूर्ति गर्दै आएका थिए। उनले सीमा क्षेत्रका विभिन्न बाटो प्रयोग गरी माछा भित्र्याउने गरेको आरोप छ। मुङ्ग्री मा...
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे
समाचार, समाज

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

नेपालअखबार,मुस्ताङ । यहाँको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गए राति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्याङ्ग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्याङ्ग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्याङ्ग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ । किसान परियारको मार्फास्थित गाउँभित्रको भेडाच्याङ्ग्रा खोरमा ४५ भेडाच्याङ्ग्रा रहेका थिए । तीमध्ये चितुवाको आक्रमणबाट १९ भेडाच्याङ्ग्रा मृत्यु भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । यसबाट करिब रु छ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उनले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल जाँदै गरेको बताए। पछिल्लो समय मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढ्दै जान थालेको छ । हिउँदयाममा चरन क्षेत्रम...
आज अन्तर्राष्ट्रिय पर्वत दिवस
समाचार, समाज

आज अन्तर्राष्ट्रिय पर्वत दिवस

नेपालअखबार,काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस राष्ट्रसङ्घका अधिकांश सदस्य देशमा यो दिवस मनाइने गरेको छ। रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को प्रधान कार्यालयमा  आज पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना हुँदैछन्। राष्ट्रसंघका अनुसार विश्वको दुई  अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन्। पछिल्ला वर्षहरूमा पर्वतीय वातावरण तीव्र जोखिममा परेकाले पानी स्रोत जोखिममा परेका छ...