Tuesday, August 18

समाज

संखुवासभामा सुक्खा पहिरोमा परी एक जना घाइते, कोशी राजमार्ग अवरुद्ध
समाचार, समाज

संखुवासभामा सुक्खा पहिरोमा परी एक जना घाइते, कोशी राजमार्ग अवरुद्ध

नेपालअखबार, किमाथाङ्का, (सङ्खुवासभा) । सङ्खुवासभाको उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथाङ्का सडक सुक्खा सडक पहिराका कारण अवरुद्ध भएको छ । मकालु गाउँपालिका-३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी अवरुद्ध भएको हो । मकालु-३ नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए । शनिबार बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर रामेछापका २१ वर्षीय स्काभेटर सहचालक सविन केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । घाइते केसीको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । पहिरोमा बरुण निर्माण सेवा कम्पनीको एक थान स्काभेटसमेत पुरिएको छ । उक्त क्षेत्रमा बरुण निर्माण सेवा कम्पनीले सडक स्तरोन्नतिको काम गरिहेको छ...
आज पाँच प्रदेशमा वर्षाको सम्भावना
समाचार, समाज

आज पाँच प्रदेशमा वर्षाको सम्भावना

नेपालअखबार, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भूभागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली  र  सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी ...
ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति
समाचार, समाज

ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति

नेपालअखबार, ढोरपाटन (बागलुङ) । पन्ध्र वर्ष अगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका-२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको यस वर्ष गत मङ्सिर महिनादेखि स्तारोन्नति गर्न थालिएको हो । मध्यपहाडी लोकमार्गको रङ्गेनीबाट तोरीखोला-ठान गाउँ हुँदै मजुवा जोड्ने यो सडक लामो समयसम्म स्तारोन्नति हुनसकेको थिएन । गण्डकी प्रदेश सरकारले पछिल्लो तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गरेपछि स्तारोन्नति तीव्रगतिमा हुन थालेको हो । तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको रु १० लाख र स्थानीयले उठाएर रु ३५ लाख गरी रु ४५ लाखमा सडक खुलाइएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । लामो समयसम्म सडक स्तरोन्नति नहुँदा नागरिकले हिउँद-बर्खा यात्रा गर्दा निकै समस्या भोग्नुपरेको भन्दै आर्थिक वर्ष २०७८...
नारायणी किनारमा चियाको प्रदर्शनी गरिने
समाचार, समाज

नारायणी किनारमा चियाको प्रदर्शनी गरिने

नेपालअखबार, चितवन। चितवनस्थित नारायणी नदी किनारमा यही माघ २६ र २७ गते नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ गरिने भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाको सहकार्यमा उक्त प्रदर्शनी आयोजना हुन लागेको हो। ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउन, चियाका फाइदाको विषयमा जानकारी दिन तथा सही चियाको सहीरूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्न कार्यक्रम आयोजना गर्न लागिएको बोर्डका कृषि बिकास अधिकृत चन्द्र पुरीले जानकारी दिए। यसअघि बुटवलमा प्रदर्शनीको आयोजना गरिएको थियो । प्रदर्शनी चितवनमा पहिलोपटक गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए। नेपालको चिया उत्पादन तथा बजारीकरण गर्न यसबाट मद्दत पुग्ने विश्...
सञ्चालक समितिको एकता र सुशासनले सहकारी सफल हुन्छ – सदस्य योगी
समाचार, समाज

सञ्चालक समितिको एकता र सुशासनले सहकारी सफल हुन्छ – सदस्य योगी

नेपालअखबार, सुर्खेत । राष्ट्रिय सहकारी महासंघ सञ्चालक समितिका सदस्य हरिहरनाथ योगीले सहकारीको सञ्चालक समितिको एकता र सुशासनले मात्र सहकारी सफल हुने बताउनुभएको छ । वीरेन्द्रनगरमा विहीबार जनहितकारी सहकारी संस्थाको नयाँ सञ्चालक समितिको सपथ ग्रहण एवम् पद हस्तान्तरण कार्यक्रममा सदस्य योगीले यस्तो बताउनुभएको हो । उहाँले अधिकांश सहकारीको सञ्चालक समितिमा एकता नहुँदा र सुशासन कायम गर्न नसक्दा बिग्रिएको बताउनुभयो । केही सहकारीका सञ्चालकका कारण सम्पूर्ण सहकारीको बदनाम भएको बताउँदै योगीले सहकारीलाई शुद्धीकरण गर्नका लागि सञ्चालक समिति आफैबाट शुरु गर्नुपर्ने बताउनुभयो । यसैगरी कार्यक्रममा जनहितकारी सहकारीका नवनिर्वाचित अध्यक्ष नवराज कंडेलले सहकारीलाई अझै प्रभाकारी र सदस्यमुखी कार्यक्रमका साथ उत्कृष्ट संस्थाको रुपमा स्थापित बनाउने प्रतिवद्धता जनाउनुभयो । जनहितकारी सहकारीको अध्यक्षमा कंडेल जनहितकारी ब...
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्रश्न, पाठ्यक्रममा स्थानीय भाषा खोइ
समाचार, समाज

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्रश्न, पाठ्यक्रममा स्थानीय भाषा खोइ

नेपालअखबार, काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफूहरूमाथि लाञ्छना लगाउनेलाई जघन्य अपराधको कसुरमा कारबाही गर्नुपर्ने बताएका छन्। ‘धेरै स्ट्रगल गरिरहेका छौँ,बाटोमा हिँड्दा समेत ओपन नाम दिन्छन्,’समुदायका सदस्यहरूले भने,‘त्यसले समुदायका साथीहरूमा मानसिक असर परेको छ। लाञ्छना लगाउनेलाई राज्य विरुद्धको भेदभावमा कारबाही हुनुपर्छ।’ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि स्थापना भएको मायाको पहिचान नेपालले सिंहदरबार अगाडि आफ्नै कार्यालयमा गरेको छलफलमा सहभागीहरूले लाञ्छना लगाउनेमाथि कडा कारबाही हुनु पर्ने माग गरेका हुन्। मायाको पहिचान नेपालले शिक्षा, स्वास्थ्य, रोजगार, वैवाहिक अधिकारमा समान पहुँच स्थापित गर्न बहस पैरवी गर्ने बताएको छ। ‘समुदायका साथीहरूबाट महत्त्वपूर्ण सुझावहरू प्राप्त भएका छन्। यसले मायाको पहिचान नेपाललाई थप उत्साहित बनाएको छ,’मायाको पहिचान नेपालले भन...
खाना पकाउने क्रममा आगो सल्किएर मृत्यु
समाचार, समाज

खाना पकाउने क्रममा आगो सल्किएर मृत्यु

नेपालअखबार, बुटवल । दाङमा खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चौधरीको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए । गएराति चौधरीले घरमा दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो सल्किँदा चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ ।...
मुग्लिन–नारायणगढ खण्ड २१ माघदेखि तीन साता दैनिक ४ घण्टा बन्द हुने
प्रशासन, समाचार, समाज

मुग्लिन–नारायणगढ खण्ड २१ माघदेखि तीन साता दैनिक ४ घण्टा बन्द हुने

नेपालअखबार, चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुलको फाउण्डेशन बनाउन सडक बन्द गरेर भित्तो काट्ने कामका लागि अन्तिमपटक २१ दिनको म्याद थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैठकले माघ २१ गतेदेखि २१ दिनसम्म सडक दैनिक ४ घण्टा बन्द गरेर भित्तो काट्ने कामलाई निरन्तरता दिने निर्णय गरेको आयोजनाका इन्जिनियर सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । तुइन खोला पुलको जग हाल्न मुग्लिनतर्फको भित्तो काट्ने काम भैरहेको छ । त्यसका लागि हाल दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द हुँदै आएको छ । पहिलोपटक आयोजनाले गत पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेको थियो भने, दोस्रोपटक पुनः पुस २८ गतेदेखि माघ २० गतेसम्म दैनिक ४ घण्टा सडक बन्द गर्ने निर्णय गरिएको थियो । यसपटक थपिएको २१ दिन भित्र भित्तो काट्न बाँकी १३ मिटर काटिसक्ने लक्ष्य राखिएको सूचना अधिकार...
हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
प्रशासन, समाचार, समाज

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

नेपालअखबार, संखुवासभा। संखुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवैजनाको उद्धार गरिएको हो। पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया विना मगर र खाँदबारी नगरपालिका–११ खर्तुवाकी गर्भवती सपना राईको हेलिकप्टरमा उद्धार गरिएको हो। दुवैजनालाई काठमाडौँ लगिएको छ। सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकप्टरमा निःशुल्क उद्धार गर्दै आएको छ। गर्भवती राईको गर्भमै शिशुको मृत्यु भएको थियो। अत्यधिक रक्तस्राव भएपछि उनलाई थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत विकास आर्चायले जानकारी दिए। त्यसैगरी, सुत्केरी मगर र उनको शिशुको स्वास्थ्यम...
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
समाचार, समाज

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

नेपालअखबार, बागलुङ । आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । बिहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन ठप्प भएको निसीखोला गाउँपालिका–६ का नीरज घर्ती मगरले जानकारी दिए । बागलुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोटलगायतका स्थानमा पुग्ने यातायातका साधन निसीखोलामा अलपत्र परेको उहाँको भनाइ छ । हिउँ नपन्छ्याएसम्म यात्रा गर्न नसकिने घर्ती मगरले बताए । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले हिमपात भइरहेको हुँदा आज सडक खुलाउन नसकिने बताए । शुक्रबार बिहान हिमपात रोकियो भने हिउँ पन्छ्याएर सडक खुलाइने उनको भनाइ छ । उनका अनुसार सडकमा अलपत्र परेका यात्रुलाई होटलमा व्यवस्थापन गरिने छ । उनले भने, ‘हि...