Monday, April 27

समाज

एलडीसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड
समाचार, समाज

एलडीसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

नेपालअखबार,काठमाडौँ । नेपालले अल्पविकसित राष्ट्रहरू (एलडीसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा जोड दिएको छ । साथै नेपालले अल्पविकसित देशलाई वित्तीय एवं एकीकृत सहयोग हुनुपर्नेमा विशेष जोड दिएको छ । अल्पविकसित, भूपरिवेष्टित विकासशील तथा साना टापु राष्ट्रहरूका लागि राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय र कतार कोषले दोहामा आयोजना गरेको अल्पविकसित देशहरूको दिगो विकासका लागि विश्वव्यापी साझेदारी निर्माणसम्बन्धी बैठकअन्तर्गत बिहीबार भएको उच्चस्तरीय छलफलमा एलडिसी समूह अध्यक्षका रुपमा : परराष्ट्रसचिव अमृतबहादुर राईले ती विषयमा जोड दिए । परराष्ट्र मन्त्रालयका अनुसार बैठकका क्रममा परराष्ट्रसचिवले संयुक्त राष्ट्रसङ्घको प्रविधि बैंकका प्रबन्ध निर्देशक देवदत्त महाराजलाई भेटेर अल्पविकसित मुलुकबाट विकासशील देशमा रूपान्तरण हुने नेपालको य...
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
समाचार, समाज

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

नेपालअखबार,काठमाडौँ । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घीय महासभाले सोही वर्ष डिसेम्बर ५ मा अन्तरराष्ट्रिय दिवसका रूपमा सदस्य देशमा यो दिवस मनाउने घोषणा गरेको हो । यस अवसरमा आज न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको महासभा हलमा सदस्य राष्ट्रहरूले स्वयंसेवालाई विकास रणनीतिमा समावेश गर्ने र राष्ट्रिय अभियान सञ्चालन गर्न प्रतिबद्धता जनाउने अपेक्षा गरिएको राष्ट्रसङ्घले जनाएको छ । यसै अवसरमा एक सन्देश जारी गर्दै महासचिव एन्टोनियो गुटरेसले सबै स्वयंसे...
बजारमा उपभोक्तासँगै फलफूल पनि अभाव, बिचौलिया हाबी
कृषि, समाचार, समाज

बजारमा उपभोक्तासँगै फलफूल पनि अभाव, बिचौलिया हाबी

नेपालअखबार, काठमाडौँ । नेपालको फलफूल बजार यतिखेर सुनसान प्रायः बनेको छ । उपभोक्ता र फलफूल दुवैको अभावका कारण व्यापारमा ठुलो गिरावट आएको व्यवसायीहरूले बताएका छन् । सुन्तलाको सिजन भए पनि बजारमा यसको उपलब्धता कम रहेको, स्याउ, केरा र बदामको कारोबार पनि घटेको उनीहरूको भनाइ छ । नेपालमा उत्पादन कम हुनु र आयातमा आएको अवरोधका कारण सबै फलफूलको मूल्यमा वृद्धि भएको छ । फलफूल व्यवसायी कमल पन्थका अनुसार यस वर्ष सुन्तलाको उत्पादन गत वर्षको तुलनामा कम भएको छ । उनले किसानले उचित मूल्य नपाउने र उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने अवस्था रहेको बताए । मल, औषधि र मजदुरीमा ठूलो खर्च गरे पनि किसानहरूले बिचौलियाका कारण उचित मूल्य पाउन नसकेको उनको गुनासो छ । बजारमा बिचौलियाको प्रभाव हाबी हुँदा किसान र थोक व्यवसायीबिच प्रत्यक्ष कारोबार हुन नसकेको र यसले दुवै पक्षलाई घाटा पुगेको पन्थले बताए। बिचौलियाहरूले फल...
यसपालिको हिउँदमा कम वर्षा, अधिकतम र न्यूनतम तापक्रम बढी
समाचार, समाज

यसपालिको हिउँदमा कम वर्षा, अधिकतम र न्यूनतम तापक्रम बढी

नेपालअखबार, काठमाडौँ ।  मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर–पश्चिम भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी वर्षा हुने समान सम्भावना रहेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भूभाग, कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका पश्चिमी भूभाग, बाग्मतीका दक्षिणी भूभाग, मधेसका उत्तरी भूभाग र कोशी प्रदेशका मध्य तथा पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको बताए । सुदूरपश्चिम र कर्णाली प्रदेशका मध्य भूभाग, लुम्बिनीका मध्य तथा पूर्वी भूभाग, गण्ड...
पुरातत्व विभागको पत्राचारपछि हटाइयो पशुपतिनाथ मन्दिरभित्रको फलामे बार
धर्म/संस्कृति, समाचार, समाज

पुरातत्व विभागको पत्राचारपछि हटाइयो पशुपतिनाथ मन्दिरभित्रको फलामे बार

नेपालअखबार,काठमाडौँ ।मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल, प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउन पहल गरिने संस्कृतिविद् सोडारी बताउँछन् । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ । पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन् । पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे रेलिङ हटाइनु सकारात्मक भएको संस्कृतिविद् हरिप्रसाद सोडारीले बताए । विश्वसम्पदा क्षेत्रमा यस्ता सामग्री राखेपछि पुरातत्व विभागले विश्वसम्पदा क्षेत्रको पहिचान गुम्न सक्ने भन्दै यसलाई हटाउन पत्राचार गरेको थियो । विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले पत्राचार गरेलगत्तै कोषले बार हटाएको बताए ।...
नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा
धर्म/संस्कृति, समाचार, समाज

नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा

नेपालअखबार,भक्तपुर । मार्ग शुक्ल पूर्णिमाको दिन बिहीबार, नेवार समुदायले ठूलो चाडको रूपमा ‘यमरी पुन्ही’ मनाइरहेका छन् । बिहानैदेखि नेवार समुदायको घरघरमा यमरी अर्थात चामलको पिठोबाट बनेको परिकार पाकेको छ । ‘त्य:छिं त्य:, बकछिं त्य:     लातापाता कुलिचां जुसें त्य:     योमरी च्वामु, उकिइ दुने हामु     बिउम्ह: ल्यासे, मबिउम्ह बुरिकुति’ यसै सन्दर्भमा गाइने गीत हो यो । यमरी पूर्णिमाको दिन साँझ घरघरमा युवायुुवतीले यही गीत गाउँदै यमरी तथा धान, चामल, दामलगायत माग्ने गर्छन् । तिहारमा देउसी/भैलो खेले जस्तै गरी आज त्य:छिं त्य: बकछिं त्य: खेलेर यमरी माग्दै रमाइलो गर्ने मल्लकालीन प्रचलन लोप हुँदै गएको छ । नेपाल भाषाको यो गीतमा पैसा हुनेले पैसा दिनु, धान हुनेले धान दिन, चामल हुनेले चामल दिनु, यमरी हुनेले यमरी दिनु, केही नहुनेले संस्कृति संरक्षणका लागि मन दिनु भन्ने भाव हुन्छ । लोकलयमा परम्पर...
उधौली लागेसँगै भेँडाबाख्रा लिएर उधो झरे गोठाला
समाचार, समाज

उधौली लागेसँगै भेँडाबाख्रा लिएर उधो झरे गोठाला

नेपालअखबार,गोरखा । उधौली लागेसँगै लेकका गोठ उधो अर्थात् बेँसीतर्फ झार्न सुरु गरेका छन् । जिल्लामा सबैभन्दा बढी भेँडा पालन हुने चुमनुब्री गाउँपालिका–३ का २५ हजार भेँडाबाख्रा बेँसी झारिएको वडासदस्य विकास गुरुङले जानकारी दिए । चुमनुब्री–३ साविक सिर्दीबास गाविसको पाङसिङ जिल्लाको सबैभन्दा बढी भेँडा पालन हुने गाउँ हो । यहाँबाट दैनिक जगत हुँदै लावालस्कर लागेर भेँडा गोरखा, धादिङ, लमजुङका बेँसीतिर लैजान थालिएको स्थानीय स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले बताए । ‘बुधार मात्रै ३०० जति भेँडा तल झारेका थिए । आज तीन जना गोठालाका ३४० वटा भेँडा एकैपटक लावालस्कर लाएर तल झारिरहेका छन्’, उनले भने, ‘गोठालाहरू कुकुरसहित टोली बनाएर हिँड्छन् । बाटोबाटो भेँडा बेच्दै गुजारा चलाउँदै वैशाख लागेपछि नबिकेका भेँडाको बथान लिएर गाउँ फर्कन्छन् ।’ पाङसिङका १५० घरधुरीमध्ये करिब ७० घरका किसानले भेँडाबाख्रा पालन गरेका वड...
बजेट नहुँदा अस्पताल भवन निर्माणमा ढिलाइ
समाचार, समाज, स्वास्थ्य

बजेट नहुँदा अस्पताल भवन निर्माणमा ढिलाइ

नेपालअखबार,कैलाली । बजेट अभावमा जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा १० श्ययाको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । पालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार चालु आर्थिक वर्षमा सङ्घीय सरकारले अस्पताल निर्माणका लागि पर्याप्त बजेट नपठाउँदा भवन अधुरो छ । निर्माण कम्पनीलाई रु ३५ लाख भुक्तानी दिन बाँकी छ । भवनको भौतिक प्रगति ७० प्रतिशत मात्र भएको छ । पालिकामा अस्पताल नहुँदा सर्वसाधारणलाई सामान्य उपचारका लागि लम्की, धनगढी र नेपालगञ्ज धाउनुपर्ने बाध्यता छ । प्रत्येक पालिकामा १० श्ययाको अस्पताल बनाउने सरकारको कार्यक्रमअनुसार उक्त भवन निर्माण प्रारम्भ भएको हो । यसैगरी, जिल्लाको लम्कीचुहा नगरपालिका–१० चुहामा निर्माणाधीन ५० श्ययाको सामुदायिक अस्पताल भवन पनि अलपत्र छ । निर्माण कम्पनीले भुक्तानी नपाएपछ काम रोकिएको हो । दुई वर्षदेखि रोकिएको काम पुनः प्रारम्भ गर्न सम्बन्धित न...
गोरखाको खानेपानी योजना कार्यान्वयनमा अनियमितताको आरोप
समाचार, समाज

गोरखाको खानेपानी योजना कार्यान्वयनमा अनियमितताको आरोप

नेपालअखबार, पोखरा । गोरखामा खानेपानीका योजना कार्यान्वयन गर्दा विधि विपरीत निश्चित व्यक्तिको लाभका आधारमा गरिएको सरोकारवालाहरुले आरोप लगाएका छन् । सुशासनप्रेमी युवाका नाममा बुधबार ध्यानाकर्षणपत्र बुझाएर कार्यालयबाट भइरहेको गतिविधि रोक्न चेतावनी दिइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुखलाई ज्ञापनपत्र बुझाएर उनीहरुले विधि र प्रक्रिया मिचेर भइरहेका निर्माणको काममा प्रश्न गरेका छन् । चालू आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित विविध योजनाहरूमा सार्वजनिक खरिद ऐनको मर्म विपरीत काम भइरहेको निर्माण व्यवसायी समेत रहेका विष्णुकुमार श्रेष्ठको आरोप छ । उनीहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, सबै स्थानीय पालिका र निर्माण व्यवसायी सङ्घलाई समेत ध्यानाकर्षण गराएका छन् । कार्यालयले टेन्डर (बोलपत्र) प्रक्रियामा जानुपर्ने योजनाहरूलाई समेत टुक्रा पारेर वा प्रक्रिया छ...
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने
समाचार, समाज

कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने

नेपालअखबार, काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म सडक बन्द गर्न लागिएको हो । कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने काम भइरहेको छ । त्यसैले मंसिर २० गतेदेखि ६० दिनसम्म बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि सूचना निकालेर कान्ति राजमार्ग बन्द हुने अवधिभर वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ । हेर्नुहोस् सूचना-  ...