Monday, April 27

समाज

चार दिनदेखि हुम्लाको सिमकोटमा छैन विद्युत् आपूर्ति
समाचार, समाज

चार दिनदेखि हुम्लाको सिमकोटमा छैन विद्युत् आपूर्ति

नेपालअखबार,हुम्ला।  हुम्ला सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ। सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आए पनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो। अन्य विद्युत्को स्रोत नहुँदा विद्युतबाट हुने सम्पूर्ण कार्य प्रभावित भएका छन्। यतिबेला केही सरकारी कार्यालयमा ‘सोलार’ राखिएको भए पनि हिउँदको समयमा खासै घाम नलाग्ने भएकाले मोबाइल चार्ज गर्न समेत समस्या भएको छ। मोबाइल र ल्यापटप चार्ज गर्नसमेत नपाएकाले समाचार स‌ंकलन र सम्प्रेषणमा समेत समस्या भएको सञ्चारकर्मी नरजङ तामाङले बताए। सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रको विद्युत् गृहलगायतका संरचनामा मर्मत कार्य गर्नुपर्ने भएकाले विद्युत् वितरण बन्द गरिएको वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहले बताए। मर्मत कार्य चाँडो गर्न सहायक प्रमु...
३ महिनामा भवन नक्सा सम्बन्धी ७३२ वटा प्रक्रिया सम्पन्न
समाचार, समाज

३ महिनामा भवन नक्सा सम्बन्धी ७३२ वटा प्रक्रिया सम्पन्न

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको वितेका ३ महिनामा ७३२ वटा भवन नक्सा सम्बन्धी प्रक्रिया टुङ्ग्याएको छ । यसमा प्लिन्थ लेभलसम्मको इजाजत २३८ वटाको र तला थप इजाजत ७ वटाका लागि प्रदान गरिएको छ । भवन निर्माण सम्पन्न प्रमाण पत्र ३९९ वटा जारी गरिएको छ । ४ वटाको डीपीसी ट्रान्सफर र ८४ वटाको स्वामित्व हस्तान्तरण भएको छ । विवरण प्रदान गर्दै सहरी व्यवस्थापन विभागका प्रमुख सिनियर डिभिजन इञ्जिनियर हरिश्चन्द्र लामिछानेले भने, ‘महिनागत रुपमा हेर्दा साउन महिनामा २७० वटा, भदौमा १७४ वटा र असोज महिनामा २८८ वटा भवन नक्सा सम्बन्धी काम टुङ्गिएको छ ।’ लामिछानेका अनुसार गएको आर्थिक वर्षमा महानगरपालिकाले ३ हजार ७६८ वटा भवन नक्सा सम्बन्धी काम टुङ्ग्याएको थियो । यसमा विभागले १ हजार २७२ वटा प्लिन्थ लेभल सम्मको इजाजत पत्र दिएको थियो । थप तला इजाजत ५१ वटाका लागि जारी भयो । २ हजार २८२...
बर्खामा पर्यटकले गुल्जार बनेको बुकीपाटन हिउँदमा सुनसान
पर्यटन, समाचार, समाज

बर्खामा पर्यटकले गुल्जार बनेको बुकीपाटन हिउँदमा सुनसान

नेपालअखबार,ढोरपाटन ।  बर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बागलुङको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ। सयौँ गोठाला र हजारौँ वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो । अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन् । पहिले गोठालाले रचन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको बुकीपाटन पछिल्लो दुई वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । असारदेखि असोजसम्म बुकीपाटनमा पर्ने गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायतका क्षेत्रमा गोठलाको बाक्लो बसाइँ हुने गर्छ । गोठालाले गोठ बेसी झारेपछि बुकीपाटन सुनसान छ । चिसो बढेका कारण पर्यटकसमेत पुग्न सकेका छैनन् । समुन्द्री सतहदेखि करिब चार हजार ५०० मिटरको उचाइमा पर्ने बुकीपाटन पदयात्राका लागि उत्कृष्ट गन्तव्य बनेको छ। बर्खायाममा बेसी क्षेत्रमा गर्मी ह...
सदर चिडियाखानामा कालो रङको चितुवा
समाचार, समाज

सदर चिडियाखानामा कालो रङको चितुवा

नेपालअखबार,काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्नेगरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए । पूर्वी नेपालको इलामबाट उद्धार गरी गत भदौ १७ चिडियाखानामा ल्याई पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको उक्त कालो चितुवा हाल सामान्य अवस्थामा आएपश्चात अवलोकन गर्न सक्ने गरी राखिएको हो । यो चितुवाकै प्रजाति भए पनि मेलानिज्म नामक जेनेटिक म्युटेसनबाट शरीरमा अधिक मात्रामा मेलानिन् उत्पन्न भई काला धब्बाहरू बन्ने भएकाले पूर्ण रूपमा कालो देखिन्छ । यस प्रकारका चितुवाहरू विरलै मात्रामा भेटिने गर्छन् ।...
सहमतिपछि मेलम्चीको पानी नरोक्न तयार भए स्थानीयवासी
समाचार, समाज

सहमतिपछि मेलम्चीको पानी नरोक्न तयार भए स्थानीयवासी

नेपालअखबार,काठमाडौँ ।मेलम्चीको पानी काठमाडौं ल्याउन रोकिरहेका स्थानीय र सरकारबीच सहमति भएको छ। सहरी विकास, उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र स्थानीयबीच मंगलबार भएको वार्ता सहमतिमा टुंगिएको हो। आफूहरूले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन गर्न सरकारले तदारूकता देखाएपछि स्थानीय पानी पथान्तरणमा अवरोध नगर्न सहमत भएका छन्। उनीहरूले एक सातादेखि मेलम्चीको पानी काठमाडौं आउन दिएका थिएनन्। हेलम्बुको अम्बाथानमा रहेको अस्थायी ुुसंरचनामा अवरोध पुर्याउँदै पानी पथान्तरणमा रोक लगाएका थिए। २०७८ असार १, साउन १६ र १७ गतेको बाढीका कारण प्रभावित बनेकाहरूको माग तीन महिनाभित्र सम्बोधन गर्ने सहमति भएको छ। चार वर्षअघि मेलम्ची क्षेत्रका चा रवटा नदी (मेलम्ची, यांग्री, लार्के र इन्द्रावती) मा भीषणा बाढी आएको थियो। उक्त बाढीमा परी २४ जनाभन्दा बढीको मृत्यु भ...
तोकियो कोरियन भाषा परीक्षाको मिति, दुई घण्टाअघि परीक्षा केन्द्र पुग्नुपर्ने
समाचार, समाज

तोकियो कोरियन भाषा परीक्षाको मिति, दुई घण्टाअघि परीक्षा केन्द्र पुग्नुपर्ने

नेपालअखबार,काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि कोरियन भाषा परीक्षाको मिति तोकिएको छ। इपिएस शाखाले आगामी मंसिर १ गतेदेखि २०२५को परीक्षा हुने जनाएको हो। परीक्षार्थीहरूले निर्धारित मिति र समयमा बायोमेट्रिक भेरिफिकेसनका लागि दुई घण्टा अगाडि परीक्षा केन्द्र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीको परिसरमा रहेको (युबिटी भवन भैँसेपाटी) उपस्थित हुनुपर्नेछ। आवश्यक कागजात( राहदानी र रंगिन प्रवेश पत्र) सहित उपस्थित हुन शाखाले परीक्षार्थीहरूलाई आग्रह गरेको छ।...
इस्लामावादमा आत्मघाती विस्फोट हुँदा १२ जनाको मृत्यु
विदेश, समाचार, समाज

इस्लामावादमा आत्मघाती विस्फोट हुँदा १२ जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामावादमा आत्मघाती विस्फोटमा १२ जना मारिएका छन्। आन्तरिक मामिला मन्त्री मोहसिन नकभीका अनुसार मंगलबार मध्याह्न १२:३९ बजेतिर आत्मघाती विस्फोट हुँदा १२ जनाको मृत्यु र २७ जना घाइते भएका छन्। आत्मघाती विस्फोट अदालत लक्षित थियो। तर अदालतभित्र प्रवेश गर्न नसकेपछि बाहिरै विस्फोट भएको मन्त्री नकभीले बताए। ‘आक्रमणकारी अदालत बाहिर १२ मिनेटसम्म बस्यो। सुरूमा उनले भित्र प्रवेश गर्ने प्रयास गरे तर प्रवेश गर्न नसकेपछि प्रहरीको गाडीलाई लक्षित गरेका थिए,’ उनले भने। मन्त्री नकभीले अनुसन्धान भइरहेको र घटनामा संलग्नको छिट्टै पहिचान गर्ने पनि बताएका छन्। पाकिस्तानका राष्ट्रपति आसिफ अलि जरदारीले यस घटनाको आपत्ति जनाएका छन्।...
सल्यानमा रोल्पाका एक पुरुष मृत फेला
समाचार, समाज

सल्यानमा रोल्पाका एक पुरुष मृत फेला

नेपालअखबार,सल्यान। सल्यानको छत्रेश्वरी गाउँपालिका-५, लेखपोखराको फिटाकाटेमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतक रोल्पाका भएको जानकारी प्राप्त भए पनि उनको पहिचान भने खुल्न सकेको छैन। स्थानीयका अनुसार उक्त व्यक्ति भिरबाट लडेको अनुमान गरिएको छ। करिब दुई-तीन दिनअघि नै उनी भिरबाट लडेको हुन सक्ने स्थानीयको भनाइ छ। मृतक खोटो सङ्कलन कार्यका लागि सल्यान आएका थिए। जिल्ला प्रहरी कार्यालय सल्यानले घटनाको पुष्टि गर्दै मृतकको पहिचान नखुलेको र यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।...
कोरला हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल
समाचार, समाज

कोरला हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

नेपालअखबार,म्याग्दी । मुस्ताङमा रहेको कोरलानाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ । कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुईवटा स्थानीय तहका जनप्रतिनिधि तिब्बती जनप्रतिनिधि र अधिकारीहरूसँग छलफलका लागि गत शुक्रबार गएको बताए । कोरलानाका हुँदै गएको टोलीमा लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्ट र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका उपाध्यक्ष छिरिङल्होमो गुरुङसहितका १३ जनप्रतिनिधि सहभागी छन् । यो भ्रमण जनप्रतिनिधिको व्यक्तिगत खर्चमा भएको पनि अध्यक्ष गुरुङले बताए । “नेपाल र चीन सरकारका अधिकारीहरूसँग समन्वय गरेर कोरलानाका हुँदै मानस...
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
शिक्षा, समाचार, समाज

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ। असोज ७ र ८ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो। बोर्डका अनुसार परीक्षामा सहभागी  १ लाख ४ हजार २६ विद्यार्थीमध्ये ७६ हजार ३६७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यसअनुसार ७३.४१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्। ४ परीक्षार्थीको भने परीक्षाफल रद्द गरिएको छ। ९७१०१०७०, ९७१०११२८, ९७१०२७१६ र ९७१०४०९९ सिम्बोल नम्बर भएका परीक्षार्थीको नतिजा रद्द गरिएको बोर्डले जनाएङ्को छ। बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ। एसएमएसबाट नतिजा थाहा पाउन नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले ठूलो अक्षरमा एनइबी टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर उल्लेख गरी १६०० मा पठा...