Monday, April 27

समाज

गाडीको छतमा राखेको जस्ता पाता खस्दा एक जनाको मृत्यु
समाचार, समाज

गाडीको छतमा राखेको जस्ता पाता खस्दा एक जनाको मृत्यु

नेपालअखबार,गुल्मी । मुसिकोट नगरपालिका–२ निस्ती ठाँटीमा डबल क्याब गाडीको छतमा राखिएको टिन (जस्ता पाता) खसेर  लागेर गाडीमा सवार एक जनाको मृत्यु गएको छ । आइतबार राति तम्घासबाट निस्तीतर्फ जाँदै गरेको ग३च ४२६० नम्बरको गाडी उकालो चढ्दा टिन खसेको थियो । टिनले लागेर सोही गाडीमा सवार ४९ वर्षीय मिनबहादुर बि.क. गम्भीर घाइते भएका थिए । उनको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गाडी चालक २५ वर्षीय प्रताप रायमाझीलाई प्रहरीले कागजपत्रसहित नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।...
झोलुंगे पुल बनेपछि अन्त्य भयो पुस्तौंदेखिको समस्या
समाचार, समाज

झोलुंगे पुल बनेपछि अन्त्य भयो पुस्तौंदेखिको समस्या

नेपालअखबार,भोजपुर। ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका यहाँका स्थानीयलाई झोलुङ्गे पुल बनेपछि सहजता भएको छ। षडानन्द नगरपालिका–७ र ११ लाई जोडने यो  खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो। बर्खाको समयमा खोला ठूलो हुँदा तर्न नसकेर कतिपय समयमा खेतमा नै बास बस्नुपर्ने अवस्थामा पुल निर्माणले राहत मिलेको स्थानीयवासी चतुरमाया मगरले बताइन्। विगतमा खेत आउँदा उर्लिँदो भेल तरेर जानुपर्ने समस्या रहेको उनको भनाइ छ। अब भने जोखिम मोलेर काठको फड्केबाट खोला तर्नुपर्ने अवस्थाको अन्त्य भएको उनले बताइन्। 'खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि हाम्रो पुस्तौँदेखिको समस्या अन्त्य भएको छ,' उनले भनिन्, 'दैनिकजसो खेतीमा आउँदा यो खोला तर्नुपर्थ्यो। खोलापारि जान काठको फड्के थियो। त्यो फड्के पनि ठूलो खोला हुँदा बगाउथ्यो, पुल बनेपछि सहज छ।' यो खोलामा...
हात्तीको बथान झापा प्रवेश, सुरक्षित रहन आग्रह
समाचार, समाज

हात्तीको बथान झापा प्रवेश, सुरक्षित रहन आग्रह

नेपालअखबार,काठमाडौं ।  डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सवाधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ। गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बनाउनुका साथै सावधानी अपनाउन आग्रह गरिएको कार्यालयले जनाएको छ। मोरङबाट २५ देखि ३० को सङ्ख्यामा हुल बाँधेर बच्चासहित हात्तीको बथान झापा प्रवेश गरेकाले स्थानीयवासीलाई सोबारे जानकारी दिँदै सचेतना अपनाउन माइकिङ गरेर आग्रह गरिएको डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए। 'डेढ वर्षअघि बाहुनडाँगीको प्रसाद गौँडा हुँदै ५०–६० हात्तीको बथान नेपाल प्रवेश गरेका थिए। सोमध्ये करिब एक वर्षअघि ३० वटा हात्ती भारततर्फ फर्किएको र बाँकी मोरङ र सुनसरीका वन क्षेत्रमा रहेका थिए। तिनै हात्ती भारततर्फ फर्कने क्रममा झापा आइपुगेकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका हौं,' उनले भने। उनका...
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी
विश्व, समाचार, समाज

गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी

नेपालअखबार,संयुक्त राष्ट्रसंघ । गाजामा शुक्रबार परेको भारी वर्षापछि  हजारौं विस्थापित परिवार प्रभावित भएका छन् । यस सन्दर्भमा, संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयले राहत कार्यका लागि छिटो प्रतिक्रिया टोली परिचालित गरेको जनाएको छ । वर्षाले परिवारका व्यक्तिगत सामग्रीहरूमा क्षति पुर्‍याएको र धेरैलाई खुला आकाशमा जाडो मौसमसँग जुध्नु परेको छ । यसले वृद्ध, अशक्त र अन्य संवेदनशील समूहमा स्वास्थ्य र सुरक्षा सम्बन्धी चिन्ता बढाएको छ । राहत कार्यमा संलग्न संस्थाहरूले बाढी नियन्त्रणका उपकरणहरू उपलब्ध नभएको जनाएको छ । पानी निकाल्ने, फोहोर र भग्नावशेष हटाउने साधन नहुँदा राहत कार्यमा समस्या परेको छ । लाखौं आवश्यक सामग्रीहरू अन्य देशमा रोकिएका छन् र गाजामा ल्याउन अनुमति पर्खिनुपर्ने स्थिति छ । युद्धविरामपछि आवश्यक राहत ल्याउन धेरै प्रयास अस्वीकृत भएका छन् । राहत साझेदारहरूले डेर अल–बालाह र ...
निर्माणाधीन कोबाङ–जोमसोम सडक आठ वर्षदेखि अलपत्र
समाचार, समाज

निर्माणाधीन कोबाङ–जोमसोम सडक आठ वर्षदेखि अलपत्र

नेपालअखबार,मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड निर्माण कम्पनीको ढिलासुस्तीका कारण आठ वर्षदेखि अलपत्र परेको छ । बेनी–जोमसोमको ७४ किमीअन्तर्गत कोबाङ–जोमसोम खण्डको करिब १७ किमी सडक निर्माण कम्पनीको लापरबाहीका कारण आठ वर्षदेखि अलपत्र परेको हो । मुस्ताङको घाँसाबाट माथिल्लो स्थानसम्म कालोपत्र भइसक्दा कोबाङ–जोमसोम खण्डको तीन स्थानमा काम हुन सकेको छैन । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकको चार खण्ड आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता भई निर्माण थालनी गरिएको थियो । पप्पु–गौरी पार्वती कोशी एण्ड न्यौपानी जेभीले ११ मिटर चौडा सडक निर्माणसहित कालोपत्र गर्न रु ७० करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । सुरुआती चरणमा उक्त खण्डमा निर्माण कम्पनीले काममा तीव्रता दिए पनि केही समयपछि ढिलासुस्ती गरेपछि काम रोकिएको थियो । लामो समयसम्म काम नगर...
सुक्खायाम सुरू भएसँगै आगलागीका घटनामा वृद्धि
समाचार, समाज

सुक्खायाम सुरू भएसँगै आगलागीका घटनामा वृद्धि

नेपालअखबार,काठमाडौं ।  सुक्खायाम शुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्रै देशभर सात स्थानमा आगलागीको घटना भएको छ। प्राधिकरणका अनुसार, मोरङ, सुनसरी, उदयपुर, भक्तपुर, रोल्पा, सुर्खेत, कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको छ । प्राधिकरणको विवरणअनुसार कात्तिक २७ गते देशभर, १६ स्थानमा आगलागीका घटना भएका छन्। त्यसदिन बारा र रुपन्देहीका दुई स्थानमा आगलागीको घटना भएको थियो। त्यस्तै, पाँचथर, झापा, मोरङ, उदयपुर, धनुषा, रौतहट, भक्तपुर, रसुवा, कास्की, स्याङजा, बाग्लुङ र हुम्लामा भएको आगलागीका कारण भौतिक सम्पत्ति जलेर नष्ट भएको छ। प्राधिकरणका अनुसार, कात्तिक २६ गते देशभर ११ स्थानमा आगलागीका घटना भए। कात्तिक २...
सकेसम्म घरमै बनाएको खाना खान चिकित्सकको सुझाव
समाचार, समाज, स्वास्थ्य

सकेसम्म घरमै बनाएको खाना खान चिकित्सकको सुझाव

नेपालअखबार,काठमाडौं । विश्व मधुमेह दिवस(नोभेम्बर १४) का अवसरमा शुक्रबार  पोखरामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ। पोखरा महानगरपालिका–५स्थित सूर्यचन्द्र विकास समाजले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा २०५ जनाको निःशुल्क मधुमेह तथा युरिकसम्बन्धी रक्त जाँच गरिएको थियो। शिविरमा सहभागीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह रोग लाग्नुका कारण, पूर्वसावधानीका उपाय र उपचार प्रक्रियाबारे जानकारी दिए। उनले सबैले मधुमेह हुनै नदिनेतर्फ लाग्न आग्रह गरे। ‘सकेसम्म घरकै खाना खानुस्, कामका अनुपातमा खानुस्। अनावश्यक तनाव हुने काम नगर्नुस्, खानपान र जीवनशैली सुर्धानोस्, बेलाबेलामा जाँच गराउनुस्,’ डा. अधिकारीले भने। मधुमेहका का...
जम्मू कश्मीरको नौगाम प्रहरी चौकीमा विस्फोट, ९ जनाको मृत्यु, २९ जना घाइते
विदेश, समाचार, समाज

जम्मू कश्मीरको नौगाम प्रहरी चौकीमा विस्फोट, ९ जनाको मृत्यु, २९ जना घाइते

नेपालअखबार,काठमाडौँ । शुक्रवार राति जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा ठूलो विस्फोट भएको छ । उक्त विस्फोटमा नौ जनाको मृत्यु भएको बताइएको छ ।  घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांश प्रहरी अधिकारीहरू रहेको बताइएको छ । अधिकारीहरूका अनुसार जफत गरिएका विस्फोटक पदार्थहरूको नमुना लिने क्रममा  विस्फोट भएको थियो। कति मात्रामा विस्फोटक पदार्थ विस्फोट भएको हो भन्ने प्रस्ट भइसकेको छैन । हरियाणाको फरीदाबादमा पक्राउ परेका र दिल्ली विस्फोटको मुद्दामा पहिले नै पक्राउ परिसकेका डा मुजम्मिल गनाईको भाडाको घरबाट बरामद गरिएको विस्फोटक पदार्थ उक्त चौकीमा राखिएको थियो ।...
युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी
समाचार, समाज

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

नेपालअखबार,कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म फर्निचरको काम गर्थे । उक्त कामबाट परिवारको जोहो गर्न मुस्किल पर्न थालेपछि त्यसको विकल्पको खोजी गरे । एक दिन उनका साथीले काष्ठकलाका सामग्री बनाउने भिडियो उहाँको मोबाइलमा पठाए । ‘इन्टरनेटमा भिडियो देखेपछि मलाई काष्ठकलाका सामग्री बनाउने इच्छा लाग्यो र यसमै लागेँ’, महराले भने, ‘हाउस डेकोरेसनको काम गर्दा कहिले काम पाइन्थ्यो, कहिले पाइँदैनथ्यो घर खर्च चलाउनै समस्या हुन्थ्यो, अहिले मजदुरीभन्दा यसमा फाइदा छ ।’ उनले दुई वर्षअघिदेखि विजयसालको काठ र बाँसबाट गिलास, जग, बोत्तल, अम्खोरा, कचौरा, फूलदानी, मसलादानी, बेलनालगायत सामग्री बनाउने गरेको बताए । उत्पादन गरिएका काष्ठ र बाँसका सामग्री रु पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्री हुने गरेका छन् । युट्युबकै सहायताबाट अहिले उनले काठका भाँडाकुँडा तयार पार्दै ...
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र
समाचार, समाज

पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

नेपालअखबार,तनहुँ । पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ । अठतिस किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत प्रगति भएको छ । उनले भने “२९.६१ किमीमा दुईतर्फी (चार लेन) र ७.७९ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ ।” चालु आवमा १४ किमी कालोपत्र कार्य भएको छ । सोही अवधिमा दुईवटा कल्भर्ट निर्माण भएका छन् । पश्चिम खण्डका १२  मध्ये ११ वटा पुल र १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन् । सहरी क्षेत्रमा ‘सर्भिस लेन’सहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने छ । आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेनको हुनेछ ।...