Tuesday, May 5

समाज

आज बिहान खोटाङ केन्द्र भएर भूकम्प गयाे
समाचार, समाज

आज बिहान खोटाङ केन्द्र भएर भूकम्प गयाे

नेपालअखबार । खोटाङ केन्द्र भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारीअनुसार आइतबार बिहान ८ बजेर १३ मिनेटमा *६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महशुस गरिएको थियो। खोटाङको मार्टिनविर्ता केन्द्र भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको बताए। भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन। * यसअघि अन्यथा भएकोले सच्याइएको छ।...
नवलपुरमा पोखरीमा डुबेर २ बालबालिकाको मृत्यु
समाचार, समाज

नवलपुरमा पोखरीमा डुबेर २ बालबालिकाको मृत्यु

नेपालअखबार,  नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार शनिबार जिल्लाको कावासोती र देवचुलीमा पोखरीमा डुबेर दुईको मृत्यु भएको हो । कावासोती–४ झुलुङ्गे पुलस्थित पोखरीमा देवचुली–१० गणेश टोलकी माया सिंजालीका छ वर्षीय छोरा ऋतिक पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए । पोखरीमा बेपत्ता बालकलाई अस्थाई प्रहरी पोष्ट शङ्खदेवबाट खटिएको प्रहरीको टोली र स्थानीय वासिन्दाले उद्धार गरेका थिए । पोखरीमा डुबेको अवस्थामा उद्धार गरिएका सिंजालीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाठकले जानकारी दिए । मृतकको शव मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको पाठकले बताए । श...
आज देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
समाचार, समाज

आज देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

नेपालअखबार, । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।...
समाज बनाउनका लागि साझा सङ्कल्पको आवश्यकता : बानियाँ
समाचार, समाज

समाज बनाउनका लागि साझा सङ्कल्पको आवश्यकता : बानियाँ

नेपालअखबार, पोखरा । गलेश्वर मगर समाज पोखराले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ। समाजले शनिवार पोखरा महानगरपालिका वडा नं –१५ का नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो। शुभकामना मन्तव्य राख्दै समाजका निवर्तमान अध्यक्ष दिल बहादुर थापाले उपस्थित सबैलाई स्वागत गरे। उनले मानिस सामाजिक प्राणी भएको कारण विभिन्न परिस्थिति आइपर्न सक्ने भन्दै एकताबद्ध भएर लाग्नुपर्ने बताए। एकता भए कठिन काम गर्न सरल र सफल हुने भन्दै आफ्नो संस्कृति, भेसभुसा र रीतिरिवाजलाई जोगाउनु पर्ने उनको धारणा थियो । यस्तै समाजका अध्यक्ष हिमाल आलेले ढिलै भए पनि जनप्रतिनिधिहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए। समाजलाई पहिलो आवश्यकता समाज घरको रहेको भन्दै त्यसको समाधानका लागि थोरै बजेटमा वडा भित्र मिल्ने स्थानमा जग्गा उपलब्धका लागि पहलका गरिदिन उनले जन...
बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार
समाचार, समाज

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

नेपालअखबार, म्याग्दी। म्याग्दीको दुधे खोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगर फाँटमा खानेपानीको हाहाकार भएको छ । यसअघि गत असार ९ गते पनि मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढी तथा पहिराले मुहान र पाइप बगाएको थियो । स्थानीयले मुहान मर्मत गरेर नयाँ पाइप बिछ्याएर सञ्चालन गरेको खानेपानी यही साउन ३ गते दुधे खोलामा आएको बाढीले क्षति पुर्याएको हो ।  बगर फाँटमा पुनः खानेपानीको हाहाकार भएको छ । दुई सय आठ परिवार अहिले खानेपानीको जोहो गर्न समस्या भएको छ । यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी पिउन बाध्य भएको स्थानीय ओमकुमारी शर्माले बताए । दुई सय १४ घरधुरी रहेको बगर फाँटमा नौ दिनदेखि खानेपानीको समस्या भएको छ । विसं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगर फाँटका २८ धारा...
जंगली च्याउ खाँदा रसुवामा ११ जना बिरामी
समाचार, समाज

जंगली च्याउ खाँदा रसुवामा ११ जना बिरामी

नेपालअखबार, रसुवा । जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्। जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ। उपचारका लागि बुधबार अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको तर उनीहरूले यहाँ के काम गर्ने हो भन्ने नखुलेको उनले बताए। तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउ नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन्।...
काभ्रेमा ९ जनालाई डेंगी पुष्टि
समाचार, समाज, स्वास्थ्य

काभ्रेमा ९ जनालाई डेंगी पुष्टि

नेपालअखबार, काभ्रे। काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ। करिब एक महिनाअघि पाँचखालमा देखिएको डेंगीको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। काभ्रेमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेंगी सङ्क्रमित जिल्ला बाहिरका हुन्। ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेंगीको सङ्क्रमण भेटिएको थियो। पाँचखालमा भेटिएका सङ्क्रमितको भने काठमाडौँस्थित एक अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईंका अनुसार हालसम्म जिल्लाको तीन स्थानीय तहमा डेङ्गु रोगको सङ्क्रमण भेटिएको हो। सङ्क्रमित नौमध्ये मध्ये काभ्रेपलाञ्चोकको धुलिखेलका तीन, पनौतीका दुई र बनेपाका एक हुन्। यस्तै दोलखाका एक र सिन्धुपाल्चोकका दुई रहेको जनाइएको छ। क...
पहिरोले डुम्रे–बेंसीसहर सडक अवरुद्ध
समाचार, समाज

पहिरोले डुम्रे–बेंसीसहर सडक अवरुद्ध

नेपालअखबार, लमजुङ । लमजुङमा खसेको पहिरोले डुम्रे–बेंसीसहर  सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति खसेको ढुङ्गा र लेदो माटोसहितको पहिरोले सडक अवरूद्ध भएको हो । प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले सडक अवरुद्ध भएकाले सवारी साधन चल्न नसकेको बताए । गएरातिदेखि आज बिहानसम्म पनि वर्षा जारी भएकाले पहिरो पन्छाउन समस्या भइरहेको छ । गत भदौ महिनामा बेंसीसहर  नगरपालिका–१ उदिपुरको देउराली डाँडामा सडक बगेको थियो । त्यसपछि वैकल्पिक सडकका रुपमा त्यसकै माथिको जङ्गल हुँदै वैकल्पिक सडक बनाइए पनि गत असारको पहिलो हप्ता आएको पहिरोले सो सडकसमेत बगाएको थियो । वैकल्पिक सडकसमेत पटक–पटक अवरुद्ध हुँदा बेँसीसहर, मनाङ, काठमाडौं, पोखरा, चितवन, गोरखा, तनहुँ आउ-जाउ गर्न समस्या हुँदै आएको छ ।...
आज अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै
समाचार, समाज

आज अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै

नेपालअखबार, काठमाडाैं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउने भएका छन् । लु साँझ नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसीसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालगायत राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने बताइएको छ । नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही समयपछि लू नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ ।...
सवारी जरिवाना प्रकरणः व्यवस्था संशोधनको मागसहित मन्त्री खड्कालाई चेम्बर्स अफ कमर्शको ज्ञापन पत्र
समाचार, समाज

सवारी जरिवाना प्रकरणः व्यवस्था संशोधनको मागसहित मन्त्री खड्कालाई चेम्बर्स अफ कमर्शको ज्ञापन पत्र

नेपालअखबार, पोखरा । नेपाल चेम्बर्स अफ कमर्श गण्डकीले भौतिक, पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई ज्ञापनपत्र बुझाएको छ । यातायात व्यवस्थाले सवारी साधनको नवीकरण र जरिवानावापत चर्काे शुल्क असुलेपछि संशोधनको मागसहित आज (बुधबार) मन्त्री खड्कालाई चेम्बर्स अफ गण्डकीका अध्यक्ष किसान सुनार नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो । आर्थिक ऐनमा स्पष्ट व्यवस्था उल्लेख नगरिइकन चर्काे शुल्क असुल्ने निर्णय नागरिकको हितविपरित भएको भन्दै डेलिगेशन गएको कमर्शका अध्यक्ष किसान सुनारले बताए । उनले सो व्यवस्था संशोधन हुने विश्वास व्यक्त गर्दै भने, ‘नागरिक र सेवाग्राहीको हित विपरित गण्डकी प्रदेश सरकारले गरेको निर्णय स्वभनीय छैन । त्यसैले हाम्रो पनि ध्यानाकर्षण भएको छ । यसलाई मन्त्रालयले सच्याउँनुपर्छ ।’ यसैगरि ज्ञापनपत्र बुझ्दै भौतिक, पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्था...