Tuesday, May 5

समाज

स्याङ्जामा पोखरीमा डुबेर बाबु–छोरीको मृत्यु
समाचार, समाज

स्याङ्जामा पोखरीमा डुबेर बाबु–छोरीको मृत्यु

नेपालअखबार, स्याङ्जा । स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए । तत्काल उद्धार गरी वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पुर्याइएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए ।...
झापा गाउँपालिकामा आगलागी, ६ घर जले
समाचार, समाज

झापा गाउँपालिकामा आगलागी, ६ घर जले

नेपालअखबार, काठमाडौं । झापाको झापा गाउँपालिका-५ सिमलडाँगीमा आगलागी हुँदा ६ घर जलेका छन् । मुस्लिम बस्तीमा बुधबार बिहान करिब ३ बजे आगलागी भएको हो । आगलागीबाट अब्दुल करिम अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी अब्दुल करिम अलीको घरमा बिजुलीको तार सर्ट भएर सुरु भएको प्रहरीको भनाइ छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर करिब ३ घण्टापछि आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीबाट लाखौंको धनमाल क्षति भएको अनुमान गरिए पनि एकिन विवरण नआएको झापा प्रहरीले जनाएको छ ।...
आजको मौसम केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
समाचार, समाज

आजको मौसम केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

नेपालअखबार, काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू-भागमा सरदरको आसपास अवस्थित रहेको छ। देशभर सामान्य बदली रहेको छ।  देशका केही स्थानहरूमा मेघगर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ। बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेस प्रदेशका थोरै स्थानहरूमा  भारी वर्षाको सम्भावना रहेको छ बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदूर पश्चिम, लुम्बिनी,...
पृथ्वीराजमार्गको याम्पा-आँबुखैरेनी सडक अवरुद्ध
समाचार, समाज

पृथ्वीराजमार्गको याम्पा-आँबुखैरेनी सडक अवरुद्ध

नेपालअखबार, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको उनले बताए । पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ । रासस...
मनोज घर्तीमगरलाई ‘मौलिक कौराहा पुरस्कार’
समाचार, समाज

मनोज घर्तीमगरलाई ‘मौलिक कौराहा पुरस्कार’

नेपालअखबार, पोखरा । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार मनोज घर्तीमगर पुरस्कृत हुने भएका छन् । नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा र पत्रकारितामार्फत उजागर गरेको भन्दै पत्रकार घर्तीमगर पुरस्कृत हुने भएका हुन् । पत्रकार घर्तीमगरलाई पुरस्कार छनोट समितिका संयोजक नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष मान बहादुर घर्ती (एमबि आस्था) मगरको संयोजकत्वमा मंगलबार बसेको बैठकले पत्रकार मनोज घर्ती मगरलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको सचिव उमा आले मगरले जानकारी दिइन् । उनका अनुसार सो पुरस्कार अर्पण आगामी साउन १५ गते पोखराको होटल पौवामा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ । सो अवसरमा पत्रकार घर्ती मगरलाई नगद रु १० हजार र ताम्रपत्रद्वारा पुर...
आज पनि यि चार प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार, समाज

आज पनि यि चार प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालअखबार, काठमाडाैं । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राती पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। भारी वर्षाको सम्भावना रहेका पहाडी भू-भागमा  पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
प्रधानसम्पादक बास्तोला गंगा–ज्योति पुरस्कारबाट सम्मानित
समाचार, समाज

प्रधानसम्पादक बास्तोला गंगा–ज्योति पुरस्कारबाट सम्मानित

नेपालअखबार, पोखरा । आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला गंगा–ज्योति स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । अद्वैत संस्थाका कुलपति प्रताप चक्रवर्तीले काठमाडौंमा आयोजित विशेष समारोह बीच बास्तोलाई उक्त पुरस्कार प्रदान गरेका थिए । गुरुआमा पूर्णलक्ष्मी चक्रवर्तीको ११६ औं जन्मजयन्ती तथा अद्वैत संस्थाद्वारा संचालित २०७८÷०७९ को दशमासीय राष्ट्रव्यापी महासत्संग समापनका अवसरमा आयोजित समारोहमा बास्तोलालाई पुरस्कृत गरिएको हो । अद्वैत संस्था नेपालका केन्द्रीय सभापति अनन्तलाल सरस्वतीबाट आफ्ना पिता ज्योतिलाल र आमा गंगादेवी चुकेको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । सोही समारोहमा भरतचन्द्र चक्रवर्तीको पुण्य स्मृतिमा स्थापित पुरस्कारबाट लालबन्दी सर्लाहीका उपसन्न शिष्य राम भण्डारीलाई पनि पुरस्कृत गरिएको थियो । अद्वैत महाविद्यालयको २०७९ सा...
पहिरोले डुम्रे–बेँसीशहर सडक अवरुद्ध
समाचार, समाज

पहिरोले डुम्रे–बेँसीशहर सडक अवरुद्ध

नेपालअखबार । अविरल वर्षासँगै आएको बाढी पहिराेले गए रातिदेखि डुम्रे –बेँसीसहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । वैकल्पिक सडकको रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको उनको भनाइ छ । लेदोले सडक अवरुद्ध हुनुका साथै उक्त स्थानको वैकल्पिक सडक पनि भासिएको छ ।  मर्स्याङ्दी नदीले तलबाट कटान गर्नुका साथै माथिबाट बगेर आएको लेदोले करिब तीन मिटर सडक भासिएको प्रहरीले जनाएको छ । सडक अवरुद्धका कारण बिहानैबाट कुनै पनि सवारी साधन आवतजावत हुन सकेको छैन । डुम्रे बेँसीशहर सडक खण्डअन्तर्गत उक्त देउराली डाँडामा गत वर्ष समेत पहिराे गएपछि वैकल्पिक रुपमा सो स्थान न...
आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने
समाचार, समाज

आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

नेपालअखबार, काठमाडौं । काठमाडौंका बासिन्दाले आज साउन १ गतेदेखि घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्या1एमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले आजदेखि घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर अलग-अलग भाँडोमा राख्नुपर्ने बताइन् । त्यसरी छुट्याइएको फोहोरलाई मात्र फोहोर संकलन गर्न आउने गाडीमा पठाउनुपर्ने उनले बताइन् । उनका अनुसार हप्तामा दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोर संकलन र व्यवस्थापनको काम गरिने छ । आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिनेको फोहोर संकलन र व्यवस्थापन गर्ने वातावरण विभाग प्रमुख राईले बताइन् । काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँड...
आज चट्याङसहित वर्षाको सम्भावना
समाचार, समाज

आज चट्याङसहित वर्षाको सम्भावना

नेपालअखबार, काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...