राटरी क्लब अफ पोखरा अन्नपुर्णकोे अध्यक्षमा देवेन्द्र वास्तोला
नेपालअखबार, पोखरा । राटरी क्लब अफ पोखरा अन्नपुर्णकोे अध्यक्षमा देवेन्द्र वास्तोला चयन हुनुभएको छ । क्लबको १७ स्थापना दिवस र पद हस्तान्तरण कार्यक्रममा उहाँलाई सन् २०२२–२०२३ को अध्यक्षमा चयन गरेको हो । रोटरीको विधान अनुसार एक वर्ष अघिनै अध्यक्ष प्रस्ताब गर्ने प्रचलन हुन्छ । सोही अनुसार वास्तोला एक वर्षे कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो ।
क्लबको उपाध्यक्षमा रोटरियन भानु भक्त भण्डारी, सचिवमा निकेश प्रसाद कर्माचार्य, कोषाध्यक्षमा रोटरियन माधव प्रसाद बराल, एड्मिन प्रमुखमा रोटरियन सुरेश कुमार ध्वजु, टिआरएफमा दिनेश शंकर पालिखे, पब्लिक इमेजमा रोटरियन लक्की कार्की ,सर्जेन्ट आम्समा नविन राज बराल , सर्भिस प्रोजेक्ट चियरमा रोटरियन बाबु राम बराल, मेम्बरसिप चियरमा रोटरियन सरोज नारायण बराल, युथ चियरमा रोटरियन जनपुकार मुनाकमी ,प्रेसिडेन्ट नोमिनीमा रोटरियन तोय बहादुर भट्टराई , क्लब ट्रेनरमा रोटर...








