मेलिसा आँधीका कारण हाइटीमा २५ जनाको मृत्यु, क्यूबा र जमैकामा ठूलो क्षति
नेपालअखबार,काठमाडौं । शक्तिशाली आँधी ‘मेलिसा’ले क्यारेबियनका विभिन्न देशमा भीषण क्षति पुर्याएको छ।
मंगलबार जमैकामा इतिहासकै सबैभन्दा शक्तिशाली आँधीका रूपमा प्रवेश गरेको मेलिसाले हालसम्म हाइतीमा कम्तीमा २५ जनाको ज्यान लिएको छ भने क्यूबा र बहामासमा हजारौँ मानिस विस्थापित भएका छन्।
मंगलबार जमैकामा २९८ किलोमिटर प्रतिघन्टाको गतिका साथ आएको मेलिसा श्रेणी-५ को आँधी थियो। यसले देशका विभिन्न क्षेत्रमा ठूलो विनाश गर्दै लाखौँ मानिसलाई प्रभावित बनाएको छ।
राजधानी किङ्स्टनमा क्षति तुलनात्मक रूपमा कम भए पनि करिब ७७ प्रतिशत क्षेत्र बिजुलीविहीन बनेको अधिकारीहरूले जनाएका छन्। स्थानीय अधिकारीका अनुसार कृषि केन्द्र सेंट एलिजाबेथ क्षेत्रमा बाढीले चार जनाको मृत्यु भएको छ।
जमैकाका प्रधानमन्त्री एन्ड्र्यु होलनेसले क्षतिग्रस्त अस्पताल र बस्तीहरू अवलोकन गर्दै सरकारका राहत केन्द्रहरू खुला राखिने बताएका ...









