Sunday, September 6

समाज

मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु
समाचार, समाज

मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु

नेपाल अखबार, मुगु। मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु ज्यान गएको छ । छायानाथ रारा नगरपालिका वडा नं १३ बामका वर्ष २६ गोरा बहादुर बढुवालको मृत्यु भएको हो । नगरपालिकाको १४ नं वडामा रहेको पिलेको धारा भन्ने स्थानमा भिरबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार विगत केही दिनदेखि मृतक बढुवाल भेडा चराउन जंगलमै बसोबास गर्दै आइरहेका थिए ।  उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ ।...
मासिँदै  ढिकी, जाँतो र पानीघट्ट
समाचार, समाज

मासिँदै ढिकी, जाँतो र पानीघट्ट

नेपालअखबार,  बागलुङ। एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युतको पहुँच थिएन। विद्युतको पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे। तर अहिले हरेक बस्ती–बस्तीमा विद्युतको पहुँच पुगेको छ। यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन्। पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो। गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत् सञ्चालन हुने मिल पुगेपछि पानीघट्ट, ढिकी र जाँतोको प्रयोग घट्दै गएको जनाइएको छ। गाउँलेले पिसानी (अन्न पिस्ने काम) का लागि घट्ट भरपर्दो माध्यमका रूपमा प्रयोग गर्दै आइरहेकामा पछिल्लो समय मिल नै यसको उचित विकल्प बनेको छ। खासगरी पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो। खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत् फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गर...
अज्ञात रोगले मर्न थाले मनाङमा चौंरी
समाचार, समाज

अज्ञात रोगले मर्न थाले मनाङमा चौंरी

नेपालअखबार, मनाङ। अज्ञात रोगका कारण मनाङका चौंरीमा बिरामी भई मर्न थालेका छन्। मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ। केन्द्रका प्रमुख नारायण कुसुमले खर्कका चौरी बिरामी भएको जानकारी आएपछि प्राविधिक टोलीले उपचार थालेको बताए। चौरीलाई म्यागुते रोग लागेको अनुमान छ। बिरामी भएकामध्ये १० चौरी मरिसकेका छन्। भ्राकाको आइसलेकस्थित १५ पशु बिरामी परेकामध्ये १० मरेको जनाइएको छ। त्यस्तै मनाङ ङिस्याङ गाउँपालिका–८ टङ्कीस्थित प्रिप्चे चरन क्षेत्र चार हजार तीन सय मिटर उचाइमा रहेका बिरामी आठ चौरी मरेको केन्द्रका प्रमुख कुसुमले बताए। हालसम्म ४२ चौरी बिरामी परेकामध्ये ३० मरेको छ। रोग निदानको लागि प्रादेशिक पशुरोग प्रयोगशाला पोखरा पठाइएको केन्द्रले जनाएको छ। प्रयोगशालाका प्रमुख केदारराज पाण्डेका अनुसार...
पहिरो खसेपछि बुटवल–पाल्पा सडक अवरुद्ध
समाचार, समाज

पहिरो खसेपछि बुटवल–पाल्पा सडक अवरुद्ध

नेपालअखबार,बुटवल । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा मंगलबार बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । ठूलो ढुंगोसहितका खसेको पहिरो हटाइ सडक खुलाउन डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए ।...
माछा, गङ्गटो र घोंगीको बिक्रीबाट मनग्ये आम्दानी
समाचार, समाज

माछा, गङ्गटो र घोंगीको बिक्रीबाट मनग्ये आम्दानी

नेपालअखबार, कैलाली। कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा मारेर सदुपयोग गर्दै आएकी हुन् । मञ्जु मात्रै होइन उनको चार जनाको परिवारको दिनचर्या नै माछा मार्दै बित्ने गरेको छ । दिनभर माछा, गङ्गटो, घोंगीको खोजीमा हुने उनको परिवारले त्यहाँबाट राम्रो आम्दानीसमेत गर्दै आएको  छ । “पहिला आफ्नै लागि भनेर माछाको खोजिमा कुला तथा नहरमा पुग्छौँ । धेरै भएपछि बिक्री पनि गर्छौं ।” उनले भनिन्, “सिजनमा राम्रो भयो भने दश हजारभन्दा बढीका झिंगा माछा र घोंगी बिक्री गर्छौं ।” उनले विद्यालय बिदा भएको दिनमा छोराछोरीहरुको दैनिकी पनि खोला किनारमै बित्ने गरेको बताइन्। बर्सातको समयमा थारु बस्तीमा सिँचाइ कुलोमा समेत अधिकांश ठाउँमा माछा मार्ने जाल हालेको देख्न पाइन्छ । त्यसैमा वर्षाको फुर...
करेन्ट लागेर विद्युत प्राधिकरणका प्राविधिकको मृत्यु
समाचार, समाज

करेन्ट लागेर विद्युत प्राधिकरणका प्राविधिकको मृत्यु

नेपालअखबार, खोटाङ। करेन्ट लागेर नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु भएको छ । विगत आठ र नौ वर्षदेखि दैनिक ज्यालादारी प्राविधिककोरुपमा काम गर्दैआएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नबिन्द्र राईको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा छापगाउँमा विद्युत मर्मतपछि भर्‍याङ ठड्याएर हिँड्नेक्रममा भर्‍याङले ११ केभी प्रशारण लाईनको तार छुनपुग्दा राईलाई करेन्ट लागेको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए । करेन्ट लागेपछि गम्भीर घाइते भएका राईको बुईपास्थित सनराइज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थप उपचारका लागि अन्य लैजाने तयारी हुँदाहुँदै राईलाई मृत घोषणा गरिएको थियो ।  अवरुद्ध विद्युत सुचारु गराउन र जलेको ट्रान्सफर्मर ...
गौरा पर्व मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

गौरा पर्व मनाइँदै

नेपालअखबार । उमा महेश्वरसहित दुबोको पूजा गरेर  सुदूरपश्चिम र मध्यपश्चिमवासीले शनिबार उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ। भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्। यस वर्ष भाद्र शुक्ल अष्टमीपछि अगस्त्य उदय हुने छ। भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ। पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ। कन्या राशिमा सूर्य गएपछि अर्थात असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन। सिंह राशिमा सूर्य भएका बेला अर्थात भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हे...
पोखरा ट्रेड मलको उपहार योजनाका पहिलो पाक्षिक विजेता छानिए
समाचार, समाज

पोखरा ट्रेड मलको उपहार योजनाका पहिलो पाक्षिक विजेता छानिए

नेपालअखबार, पोखरा । पोखराको चिप्लेढुँगामा रहेको पोखरा ट्रेड मलले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘नगदै नगदको वर्षा’ उपहार योजनाका पहिलो पाक्षिक विजेता छानिएका छन् । मलमा बुधबार उत्सव व्यवस्थापन समिति, पोखरा ट्रेड व्यवस्थापन र ग्राहकहरको उपस्थितिमा भएको उपहार सार्वजनिक कार्यक्रममा आरुश खनालले रु १० हजार जित्न सफल भए । यसैगरी प्रतिमा गुरुङले रु दुई हजार र पोखरा सिनेप्लेक्सको टिकट , योगेन्द्र पुनले फिस्टेल ड्रिम पार्कको एक दिनको प्याकेज, रोजी गुरुङले रु दुई हजार र एक हजार बराबरको फेसियल सेवा र राजु रानामगरले रु एक हजार र क्लासिक चुलोमा डिनर पुरस्कार पाएका छन् । कार्यक्रममा पोखरा ट्रेड मलका प्रबन्ध सञ्चालक मिनराज काफ्ले उत्सव व्यवस्थापन समितिका अध्यक्ष नबराज त्रिपाठी, सचिव रमेश बराल, कोषाध्यक्ष रघुनाथ दवाडी, सह कोशाध्यक्ष धर्मदत्त अधिकारी, सदस्यहरु नबराज ढुङ्गाना, राजु...
नदीमा बगिरहेको अवस्थामा वृद्धाको शव भेटियो
समाचार, समाज

नदीमा बगिरहेको अवस्थामा वृद्धाको शव भेटियो

नेपालअखबार, कैलाली। कैलालीमा एक महिलाको शव फेला परेको छ। बिहीबार बिहान भजनी नगरपालिका–३ कुसुमघाटस्थित मोहना नदीमा महिलाको शव फेला परेको हो। कपाल फुलेकी वृद्ध महिलाको शव बगिरहेको अवस्थामा स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव उठाएर परीक्षणका लागि टीकाुपर अस्पताल लगिएको प्रहरीले जनाएको छ। शवको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ।...
विज्ञान तथा प्रविधिको सारथी बन्दै गण्डकीको ‘जिपास्ट’
प्रविधि, समाचार, समाज

विज्ञान तथा प्रविधिको सारथी बन्दै गण्डकीको ‘जिपास्ट’

नेपालअखबार, कास्कि। प्लास्टिक पेलेर पक्की सडक बनाउन सकिन्छ भन्ने नमूना प्रस्तुत भएको चार वर्षभन्दा बढी भयो। पोखरा महानगरपालिका–१४ अनुपम टोलको एक सय मिटर सडक प्लास्टिकबाट पिच गरेर २०७५ साउन १ गते उक्त कार्यको शुभारम्भ गरिएको हो। सहरमा जताततै प्लास्टिक छन्। सहरको फोहोर व्यस्थापन गर्न नगरपालिकालाई हम्मेहम्मे छ। तर तिनै फालिएका प्लास्टिकबाट पक्की सडक बनाउन सकिन्छ भने नमूना पनि हो यो सडक। प्लास्टिक सडक सय मिटर मात्र छ। चार वर्षअघि ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीका युवाद्वारा प्लास्टिक पेलेर बाटो कालोपत्र गर्ने प्रविधि भुटानमा सिकेर पोखरामा प्रयोग गरिएको हो। कम्पनीका मेकानिकल इञ्जिनियर विमल बाँस्तोला र सिभिल इञ्जिनियर राजिव सुवेदी प्लास्टिकबाट सडक पिच गर्ने प्रविधि सिक्न भुटान गएका थिए। त्यहाँ एकहप्ते तालिम लिएर फर्केपछि उक्त सीपलाई नेपालमा प्रयोग गरिएको हो। यसमा उनीहरू सफल बने। यो ...