Sunday, September 6

समाज

व्यवसायीको समस्या हल गर्ने योजनासहित घरदैलोमा पवज प्रजापति प्यानल
समाचार, समाज

व्यवसायीको समस्या हल गर्ने योजनासहित घरदैलोमा पवज प्रजापति प्यानल

नेपालअखबार, पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्षका दाबेदार पवन प्रजापति र उनको समूह यतिबेला व्यवसायीहरुको घरदैलोमा आफ्नो पक्षमा मत मागिरहेको छ । बुधबार प्रजापतिसहितको टोली पोखराको नयाँबजारका व्यवसायीहरुसमक्ष पुग्यो । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा आएर व्यवसायीहरुको हकहितको पक्षमा उनीहरुको समस्या समाधान गर्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रजापति प्यानलले आफ्नो पक्षमा भोट मागिरहेको छ । अध्यक्ष प्रत्यासी पवन प्रजापतिले लामो समयको लकडाउनका कारण व्यवसायीहरु यतिबेला सबैभन्दा बढि समस्यामा रहेको बताउँदै संस्थागत रुपमा आफू नेतृत्वमा पुगेपछि ती व्यवसायीहरुको समस्यालाई सहजीकरण गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताए । अहिले हामी सबैभन्दा ठुलो चुनौतीका बीच संघको नेतृत्वमा आउनका लागि व्यवसायीहरुको माझमा पुगिरहेका छौँ । उनले भने व्यवासायिक र...
दुई समूहबीचको झडपमा एकजनाको मृत्यु
समाचार, समाज

दुई समूहबीचको झडपमा एकजनाको मृत्यु

नेपालअखबार, सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ । “स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ”, उनले भने, “मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।...
दाङमा नाचगान गरिरहेका बेला चट्याङ लागेर २ जनाको मृत्यु
समाचार, समाज

दाङमा नाचगान गरिरहेका बेला चट्याङ लागेर २ जनाको मृत्यु

नेपालअखबार, दाङ। चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु भएको छ। १२ जना घाइते छन्। घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वलीका अनुसार चट्याङ लागेर २ को मृत्यु र १२ जना घाइते भन्ने सूचना आए पनि मृतक र घाइतेको नाम खुल्न बाँकी रहेको बताए। घटनाबारे आज बिहान मात्रै प्रहरीमा खबर आएको थियो। डिएसपी राजन गौतमले आज बिहान वडाध्यक्ष दोर्णबहादुर बहकरी क्षेत्रीले घटनाबारे जानकारी दिएको बताए। घटनास्थलतर्फ प्रहरी पठाइएको र चार/पाँच घन्टा हिडेर घटनास्थलमा पुगिने पनि उनले बताए। त्यस ठाउँमा फोन सम्पर्क पनि भइरहेको छैन।...
पहिराले पोखरा–बागलुङ सडक अवरुद्ध, सवारी साधन बीचबाटोमै अलपत्र
समाचार, समाज

पहिराले पोखरा–बागलुङ सडक अवरुद्ध, सवारी साधन बीचबाटोमै अलपत्र

नेपालअखबार, पर्वत । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित भ्याप्लेमा पहिराका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको हो । ठूला–ठूला ढुङ्गा सडकमा झरेका कारण तत्काल खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यूरेले जानकारी दिनुभयो । वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको हो । त्यस्तै सोही स्थानभन्दा केही अगाडि मोदीखेतमा पनि सडकमा ढुङ्गा झरेर अवरुद्ध भएको छ । भ्याप्लेको पहिरो पन्छाएपछि उक्त ढुङ्गा पन्छाएर सडक खुलाइने प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका अन्य सवारीसाधन आम्बोट र पातीचौरमा थन्किएका छन् ।...
नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन
समाचार, समाज

नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

नेपालअखबार, चितवन । पहिरो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान साढे आठ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ केराबारी भन्ने ठाउँमा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण जाममा परेका सवारी साधनहरु पहिरो पन्छाएपछि गन्तव्यमा लागेका छन् । सवारी साधनहरूलाई लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोधसमेत गरेको छ ।...
मप विश्वविद्यालयको मुसोमको भुईं तलामा महिला मृत भेटिइन्
समाचार, समाज

मप विश्वविद्यालयको मुसोमको भुईं तलामा महिला मृत भेटिइन्

नेपालअखबार, सुर्खेत । सुर्खेतमा एक महिला मृत फेला परेकी छन् । वीरेन्द्रनगर नगरपालिका ८- स्थित मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय (मुसोम)को भुईं तलामा मृत अवस्थामा भेटिएकी हुन् । मृतक महिलाको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार दिउँसो ४ : ३० बजे मृत अवस्थामा भेटिएकी ती महिला अन्दाजी २८/२९ वर्षकी भएको प्रहरीले जनाएको छ । घटनाको ज्यान सम्बन्धी कसुर (फुटकर ज्यान) मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले जानकारी दिए । ‘मृतकको शव जाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न भएको छ । मृतकको शव प्रदेश अस्पताल कालागाउँको शव गृहमा राखिएको छ,’ उनले भने ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध
समाचार, समाज

पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

नेपालअखबार, बझाङ। जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सोमबार आएको अविरल वर्षाका कारण छविसपाथिभेरा गाउँपालिका–१ जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जालेबगर, मालुमेला र बगडगाउँमा आएको पहिरोले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । उनका अनुसार जालेबगरमा माथिबाट आएको लेदोले सडक पूर्णरुपमा अवरुद्ध भएको छ । अन्य ठाउँमा भने स–साना पहिरो खसेको उनले बताए । जिल्ला सदरमुकाम चैनपुरबाट धनगढी र धनगढीबाट बझाङका लागि छुटेका बस तथा जीप जालेबगरकै पहिरोले रोकिएका छन् । अहिले जेसीबीले सडक खुलाउने काम भइरहेको प्रनाउ भण्डारीले जानकारी दिए ।...
हात्तीको आक्रमणबाट कञ्चनपुरमा एकको मृत्यु
समाचार, समाज

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एकको मृत्यु

नेपालअखबार, धनगढी। कञ्चनपुरमा हात्ती धपाउन खोज्दा एक जनाको मृत्यु भएको छ। गाउँ पसेको हात्ती धपाउन खोज्दा सोमबार बेलुकी शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ सिमलफाँटाकी २२ वर्षीया मीना जोशीको मृत्यु भएको हो। हात्तीका बथान गाउँ पसेपछि उनी धपाउन गएकी थिइन्। हात्तीको आक्रमणबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्रबहादुर शाहले हात्तीका बथान धपाउन खोज्दा एक जनाको मृत्यु भएको बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
आज हरितालिका तीज, पशुपतिसहितका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको भिड
धर्म/संस्कृति, समाचार, समाज

आज हरितालिका तीज, पशुपतिसहितका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको भिड

नेपालअखबार, काठमाडाैं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ। आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ। शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत दुई वर्षमा सामूहिक भेला र पशुपतिलगायतका मन्दिरहरु बन्द गरिए पनि यस वर्ष खुला गरिएका छन्। दुई वर्षपछि पशुपतिलगायतका शिवालयहरु खुला गरिएपछि बिहानैदेखि दर्शनार्थीहरुको बाक्लो भिड लागेको छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन्। विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिद...
पहिरोमा परेर रूकुम पश्चिममा आमा-छोरीको मृत्यु
समाचार, समाज

पहिरोमा परेर रूकुम पश्चिममा आमा-छोरीको मृत्यु

नेपालअखबार, रूकुम। रूकुम पश्चिममा पहिरोमा परेका तीन जनामध्ये दुई जनाको मृत्यु भएको छ। आठबिसकोट नगरपालिका १४ पिपलचौरकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षकी छोरी प्रतिक्षाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनकी जेठी छोरी तिर्सनाको भने जिल्ला अस्पताल जाजरकोटमा उपचार जारी रहेको रूकुम पश्चिमस्थित प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताए। माइतीबाट घर फर्कने क्रममा बालमती र उनका छोरीहरू पहिरोमा परेका थिए। भेरी नगरपालिका १ मैतेस्थित माइतीमा दर खाएर उनी घर फर्कदै थिइन्। पानी परेपछि उनीहरू छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए। आठबिसकोट १४ स्थित छेपारे सामुदायिक वनमा माथिबाट आएको पहिरोले उनीहरूलाई पुरेको थियो। आइतबार दिउँसो करिब १ बजेतिर उनीहरूलाई पहिरोले पुरेको थियो। पहिरोबाट निकालेर उनीहरूलाई अस्पताल लगिएको थियो। दुई जनाको मृत्यु भएको र एकको उपचार ...