Saturday, May 2

समाज

  बाग्लुङमाखोलाले वगाएर किशोरी बेपत्ता
समाचार, समाज

  बाग्लुङमाखोलाले वगाएर किशोरी बेपत्ता

नेपाल अखबार, बाग्लुङ ।   बाग्लुङमा खोलाले बगाएर एक किशोरी बेपत्ता भएकी छन् । जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ९ राशिवाङ बस्ने गौडे सुनारको १३ वर्षीया छोरी आशा सुनारको घर नजिकैको खोलाले बगाएर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। प्रहरीका अनुसार जंगलबाट घाँस काटेर फर्कंदै गरेकी उनलाई स्थानीय उत्तरगङ्गा खोलाले बगाएको हो । घटना शुक्रबार अपराहन्नको भएपनि आइतबार मात्र प्रहरीलाई जानकारी प्राप्त हुनासाथ खोजतलासका लागि प्रहरीको टोली खटिएको प्रहरीले जनाएको छ ।...
पोखरामा एक व्यक्ति मृत अवस्थमा फेला
समाचार, समाज

पोखरामा एक व्यक्ति मृत अवस्थमा फेला

नेपाल अखबार, पोखरा ।  पोखरामा एक व्यक्ति मृत अवस्थमा फेला परेका छन् । पोखरामा महानगरपालिका वडा नं १० स्थित वेलकम गेट नजिकै चौरमा आइतबार अन्दाजी दिउँसो ३:४० बजेको समयमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक पोखरामा कवाडी संकलन गर्दै हिंड्ने लमजुङ घर भइ हाल पोखरा ७ प्रगति टोल बस्दै आएका ३६ वर्षीय प्रभु भुजेल रहेको प्रहरीले जानकारी दिएको छ । मृतकका श्रीमती र छोरी छन् । उनको मृत्युको विषयमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।...
फेवातालमा फेरि चल्न थाले डुंगा
पर्यटन, समाचार, समाज

फेवातालमा फेरि चल्न थाले डुंगा

नेपाल अखबार, पाेखरा। पर्यटकीय नगरी पोखरास्थित फेवातालमा लामो समय पछि डुंगा सञ्चालनमा आएको छ । लकडाउनका कारण लामो समयदेखि बन्द डुंगा असोज २ गतेबाट सञ्चालनमा आएको हो । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लकडाउनका कारण ६ महिनादेखि बन्द रहेको थियो । सरकारले असोज १ गतेबाट नै डुंगा सञ्चालनको अनुमति दिएपनि मर्मत सम्भारको काम बाँकी रहेकाले असोज २ गतेबाट सञ्चालनमा आएको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए । उनले सरकारले दिएको निश्चित मापदण्ड अनुसार डुङ्गा सञ्चालन शुरु गरिएको बताए । डुङ्गामा सवार गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा बस्दा भौतिक दुरी कायम गर्नुपर्ने लगायतको मापदण्ड तयार पारिएको उनले बताए । डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत नबढाइएको उनले बताए ।...
क्यान्सर अस्पतालका कर्मचारी मृत फेला, हत्या भएको आशंका
समाचार, समाज

क्यान्सर अस्पतालका कर्मचारी मृत फेला, हत्या भएको आशंका

नेपाल अखबार, चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी मृत अवस्थामा भेटिएका छन्। बाराको सिमरा घर भई विगत ११ वर्षदेखि क्यान्सर अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र स्थानीय भरतपुरको स्थानीय नहरमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार नहरमा भेटिएको हो। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले घटना हत्याजस्तो देखिएको भन्दै थप अनुसन्धान प्रहरीले गर्ने बताए। रासस...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु
समाचार, समाज, स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार कोरोना संक्रमण देशभरमा थप १० जनको मृत्यु भएको हो। मृत्यु हुनेमा ६ महिला र ४ पुरुष रहेका छन्। मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँका ३ महिला र १ पुरुष, धनुषा, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीका १/१ पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ। यो कूल संक्रमितमध्येको ०.६४ प्रतिशत हो।...
व्यास गाउँपालिकाको कार्यालयमा तालाबन्दी
समाचार, समाज

व्यास गाउँपालिकाको कार्यालयमा तालाबन्दी

नेपाल अखबार, दार्चुला । व्यास गाउँपालिका कार्यालय सुनसेरामा १० दिनदेखि तालाबन्दी हुँदा कामकाज ठप्प भएको छ । गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी निकटका वडाध्यक्ष र नेता तथा कार्यकर्ताले लगाएको ताला खुल्न नसक्दा सेवाग्राही समस्यामा परेका छन् । गत भदौ २६ गतेदेखि लगाइएको ताला खुलाउने प्रयास भएको छैन । व्यास–४ का स्थानीयवासी नरेन्द्र भट्टले गाउँपालिकामा लगाइएको तालाका कारण आफूहरुको नागरिकता सिफारिस रोकिएको बताए । “तालाबन्दी हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि क्षेत्रका कार्यक्रमका फारामहरु भर्न पाइएको छैन”, अर्का स्थानीयवासी नरेन्द्र विष्टले भने, “समयमै फाराम भर्न नपाइए रोजगारी गुम्ने चिन्ता छ । हामी काम गरी खाने मजदूर हो, हामीले कृषि र रोजगार कार्यक्रममा आवेदन दिएका छौँ फाराम भरिएको छ, तर के भइरहेको छ भन्ने जानकारी छैन ।” अर्का स्थानीयवासी जगन्नाथ भट्टले कोरोनाका कारण स्थानीयवासीले रोज...
सिरहामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट
समाचार, समाज

सिरहामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

नेपाल अखबार, सिरहा । बोक्सीको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिलामाथि कुटपिट भएको छ । स्थानीयवासीको कुटपिटबाट घाइते नवराजपुर–५ कसुन्डी निवासी ४५ वर्षीया मूर्तिदेवी यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको आफन्तजनले जनाएका छन् । गाउँका एक बच्चा बिरामी भएको र अर्का एक जनाको चट्याङ लागेर मृत्यु भएको विषयमा मूर्तिदेवीले टुनामुना गरी बोक्सी लगाएको आरोप लगाउँदै स्थानीयवासी धर्मनाथ यादव, उनका छोरा सन्तोष र सोही ठाउँका देवनाथ यादव, कृष्ण यादव, ब्रह्म यादव लगायतले मूर्तिदेवीलाई निर्घात कुटपिट गरेका मूर्तिदेवीका छोरा गणेश यादवले जानकारी दिए । “गत भदौ २९ गते राति आमा घरमा सुतिरहनुभएको थियो”, उनले भने, “स्थानीयवासीले तथानाम गाली गर्दै आमालाई घरबाट बाहिर निकालेर सडकमा लगि निर्घात कुटपिट गरे, पछि खेतमा लगेर फालिदिए ।” कुटपिट गर्नेहरुले प्रहरीमा उजुरी गरे चोरीक...
मिर्गौलापीडितको उपचारका लागि फेसबुकले जुटायो ११ लाख
समाचार, समाज

मिर्गौलापीडितको उपचारका लागि फेसबुकले जुटायो ११ लाख

नेपाल अखबार, चितवान । दुवै मिर्गौला फेल भएका चितवनको इच्छाकामना गाउँपालिका–३ चैवुङका १९ वर्षीया शर्मिला गुरुङको उपचारका लागि रु ११ लाख ८५ हजार रकम सङ्कलन भएको छ । सामाजिक अभियानकर्मी कृष्ण घोताने गुरुङले सामाजिक सञ्जाल फेसबुकमा गरेको आह्वानबाटै उक्त रकम सङ्कलन भएको हो । देश विदेशमा रहेका ११७ व्यक्ति तथा सङ्घसंस्थाले उक्त रकम सहयोग गरेको तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्का वाग्मती प्रदेश सदस्यसमेत रहेका समाजसेवी एवं व्यवसायी घोतानेले बताए । ‘कोरोना महामारीको यो विषम परिस्थितिमा पनि रकम सहयोग गरेकामा सहयोग गर्ने सबै मनकारी महानुभावलाई म धेरैधेरै धन्यवाद व्यक्त गर्दछु,’ उनले भने । विगत चार वर्षदेखि दुवै मिर्गौला फेल भई उपचाररत गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा डायलासिस भइरहेको छ । आर्थिक अवस्था कमजोर रहेका गुरुङको उपचारका क्रममा धेरै रकम खर्च भइसकेको र थप उपचारका लागि अर्थाभाव भएको ...
सर्लाहीबाट ३ अर्बको तरकारी निर्यात
कृषि, समाचार, समाज

सर्लाहीबाट ३ अर्बको तरकारी निर्यात

नेपाल अखबार, सर्लाही । जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६÷०७७ मा रु तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६÷०७७ मा रु तीन अर्ब १८ करोड २६ लाख ८० हजारको तरकारी निकासी भएको हो । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका क्षेत्रमा स्थानीयवासीले करिब एक हजार बिघामा उत्पादन गरेको तरकारी लालबन्दीमा आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको कृषि बजार व्यावस्थापन समिति लालबन्दीले जनाएको छ । जिल्लाबाट ११ करोड ९५ लाख ६७ हजार १ सय ३५ किलो तरकारी बाहिरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गोलभेँडाको पकेट क्षेत्रको रूपमा चिनिएको लालबन्दीबाट वार्षिक सबैभन्दा बढी ५० प्रतिशत गोलभेडा बाहिरिने गरेको कार्यालयले जनाएको छ । त्यस्तै पर्वल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प...
१८ महिनामा सक्ने पुल चार वर्षमा सकियो
समाचार, समाज, हाइलाइट-समाचार

१८ महिनामा सक्ने पुल चार वर्षमा सकियो

नेपाल अखबार, गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिकाको गौदीखोलामा निर्माण शुरु भएको मोटरेबल पुल चार वर्षपछि सम्पन्न भएको छ । पुल निर्माणसँगै गलकोट नगरपालिका–३ हटिया र वडा नं ६ हरिचौरमा सिधा यातयात चल्न थालेका छन् । पुल नहुँदा हिउँदमा जोखिम मोलेर सवारी आउजाउ गर्दथे भने बर्खामा मध्यपहाडी लोकमार्गको पुल तरेर हरिचौर पुग्नुपर्ने बाध्यता थियो । विसं २०७३ असारमा रु तीन करोड सात लाख लागतमा १८ महिनामा सक्ने गरी नयाँबाटो, जुम्ली, आचार्य जेभीसँग सम्झौता भएको थियो । पुल समयमै निर्माण नहुँदा पुलको फाउन्डेशनका कारण हटियाका केही घरसमेत गौदीखोलाको उच्च जोखिममा रहेको थियो । ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माण सम्पन्न नभएको भन्दै गलकोटका स्थानीयवासीले चर्को आलोचना गर्दै आइरहेका थिए । ठेकेदार कम्पनीले भने पुल निर्माणमा पटकपटक अवरोध हुँदा निर्माण सम्पन्न ढिलाइ भएको जनाएको छ । पुल ढलान गर्नका लागि सेट...