समाज बनाउनका लागि साझा सङ्कल्पको आवश्यकता : बानियाँ
नेपालअखबार, पोखरा । गलेश्वर मगर समाज पोखराले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ। समाजले शनिवार पोखरा महानगरपालिका वडा नं –१५ का नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो।
शुभकामना मन्तव्य राख्दै समाजका निवर्तमान अध्यक्ष दिल बहादुर थापाले उपस्थित सबैलाई स्वागत गरे। उनले मानिस सामाजिक प्राणी भएको कारण विभिन्न परिस्थिति आइपर्न सक्ने भन्दै एकताबद्ध भएर लाग्नुपर्ने बताए। एकता भए कठिन काम गर्न सरल र सफल हुने भन्दै आफ्नो संस्कृति, भेसभुसा र रीतिरिवाजलाई जोगाउनु पर्ने उनको धारणा थियो ।
यस्तै समाजका अध्यक्ष हिमाल आलेले ढिलै भए पनि जनप्रतिनिधिहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए। समाजलाई पहिलो आवश्यकता समाज घरको रहेको भन्दै त्यसको समाधानका लागि थोरै बजेटमा वडा भित्र मिल्ने स्थानमा जग्गा उपलब्धका लागि पहलका गरिदिन उनले जन...









