जोन्टा क्लव अफ पोखराको स्तनपान जनचेतना सप्ताह कार्यक्रम शुरु
नेपालअखबार, ,पोखरा । विश्व स्तनपान सप्ताहको अवसरमा जोन्टा क्लव अफ पोखराले स्तनपान सम्वन्धी शिक्षा र समर्थन कार्यक्रम संचालन गरेको छ । क्लबले दिवसको पहिलो दिन सोमवार पोखरा महानगरपालिका वडा नम्बर ३ मा सुरक्षित स्तनपान कक्षको स्थापनाका साथै सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा वोल्दै पोखरा –३ का वडाअध्यक्ष प्रकाशमान उदासले स्तनपानलाई एक महत्त्वपूर्ण सार्वजनिक स्वास्थ जिम्मेवारीका रुपमा समर्थन र वहस गर्न आवश्यक रहेको वताउनु भयो ।उहाँले स्तनपान सुरक्षाको महत्वारे मानिसलाई जनचेतना जगाउन सके मात्रै सार्वजनिक जनस्वास्थ्यमा सुधार गर्न सकिनेमा जोड दिनुभयो । स्तनपान सामान्य तर अति महत्वपूर्ण हो भन्ने स्थापित गराउन र यसको महत्व समाजमा सहजै स्वीकार्य वनाउन आफ्नो तर्फबाट पनि पहल गर्ने उहाँको भनाइ थियो ।
जोन्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले वच्चा जन्मेपछि ६ महिना सम्म आमाकै द...










