२०७७ भाद्र ११, बिहीबार १५:३८२०७७ भाद्र ११, बिहीबार १५:३८ By admin
नेपाल अखबार, महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ ।
मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । चट्याङ लागेर घाइते भएपछि युवकलाई उपचारका लागि धनगढी लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । उनले भने,’चट्याङबाट अन्य तीन जना घाइते भएका छन ।’
घाइते हुनेमा अमरबस्तीका ३० वर्षीय लालबहादुर बोगटी, १६ बर्षीय भावना भुल र ३७ वर्षीय पशुपति सार्की रहेका छन् । उनीहरुको धनगढीमा उपचार भइरहेको छ ।
त्यसैगरी यहाँको कृष्णपुर नगरपालिकामा रहेको मछेली नदीको टापूमा फसेकी कृष्णपुर नगरपालिका-२ का मनुदेवी सार्कीलाई प्रहरीले आठ घण्टापछि सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको जनाएको छ ।
‘घाँस काट्न गएका बेला नदीमा पानीको बहाव बढेपछि मनुदेवी नदीको टापूमा फ...