Wednesday, April 29

समाज

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ८ सिल
प्रशासन, समाचार, समाज

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ८ सिल

नेपाल अखबार, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ८ क्षेत्र सिल गरिएको छ । वडाभित्र ५ जना कोरोना संक्रमित भेटिएपछि चार किल्ला तोकेर वडा सिल गरिएको वडाध्यक्ष मनोजकुमार घिमिरेले जानकारी दिए । वडाध्यक्ष घिमिर भने, ‘वडाभित्र ५ जना संक्रमित फेला परेका छन् । उनीहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । कन्ट्याक ट्रेसिङको आधारमा हुने परीक्षणको रिपोर्ट आउन समय लाग्ने भएकोले भोलिदेखि भदौ ५ सम्म चार किल्ला तोकेर वडालाई सिल गरेका हौं ।’ पाँच दिनसम्म वडाभित्र अत्यावश्यकबाहेकका अन्य सबै सेवा बन्द रहने वडाध्यक्ष घिमिरेले बताए । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी स्वाब संकलन गरी पीसीआर रीक्षण गरिने भएको बढीमा पाँच दिन पूर्वमा ज्ञानभूमि स्कुलको उकालो, पश्चिममा महादेव खोला, उत्तरमा शिव नगरटोल र दक्षिणमा भूपू सैनिक टोलको ठाडोबाटोसम्मको क्षेत्र सिल गर्ने निर्णय गरिएको वड...
पाेखरामा आज पहिराले एक घरमा क्षति
समाचार, समाज

पाेखरामा आज पहिराले एक घरमा क्षति

नेपाल अखबार, पाेखरा। पाेखरामा  आज पहिराले एक घरमा क्षति पुगेको छ । गएरातिको अविरल वर्षका कारणले पोखरा ‍महानगरपालिका ३१ बेगनास डाँडापारी बस्ने  ५७ वर्षीय जुट बहादुर बि.क.को ढुङ्गा माटोले बनेको भान्छा घरको साईड पट्टि पहिरो खस्न जाँदा भान्छा कोठा र संगै रहेको बाख्राको खोर पूर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ । घटनामा मानविय चौपाय क्षती नभएको र घटनाका विषयमा खबर प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।...
रहेनन् राष्ट्रकवि माधव घिमिरे
समाचार, समाज, साहित्य \कला

रहेनन् राष्ट्रकवि माधव घिमिरे

नेपाल अखबार, काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार  निधन भएकाे छ । उनको कपुरधारास्थित निवासमै साँझ निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए । घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ । घिमिरेको अन्त्येष्टि  बुधबार गर्ने तयारी भएको छ ।...
म्याग्दीको हिलबाङ खोला पहिराले थुनियो
समाचार, समाज

म्याग्दीको हिलबाङ खोला पहिराले थुनियो

नेपाल अखबार, म्याग्दी।  म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ । अर्मनको पाखु सामुदायिक वनबाट सोमबार दिउँसो ४ः३० बजे पहिरो खस्दा ठाडो खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्रमा जोखिम बढेकोले स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरिएको मङ्गला–५ का वडाअध्यक्ष भुपेन्द्रबहादुर खत्रीले बताए । “माथि डाँडाबाट खसेको पहिरो खोलामा गएर थुप्रिएको छ, पहिरोले थुनिएको खोला एकैचोटि बग्न थाल्यो भने तल्लो क्षेत्रका गाउँहरुमा क्षति पुर्याउन सक्छ”, वडाअध्यक्ष खत्रीले भने ।...
मंगलबारको मौसम पूर्वानुमान, राति यी स्थानमा भारी वर्षा
समाचार, समाज

मंगलबारको मौसम पूर्वानुमान, राति यी स्थानमा भारी वर्षा

नेपाल अखबार, पाेखरा। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको जनाएको छ । मंगलबार बिहान एक बुलेटिन जारी गर्दै महाशाखाले न्यून चापीय क्षेत्रको प्रभावका कारण अहिले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको र वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेश तथा आसपासका भूभागका एक/दुई स्थानहरुमा वर्षा भइरहेको जारी दिएको छ । यसैगरी, दिउँसो देशभर  सामान्यतया बदली रही  केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशभर  सामान्यतया बदली रही  धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशक...
प्युठानमा च्याउ खाँदा दाजुभाईको मृत्यु , ३ जना बिरामी
समाज

प्युठानमा च्याउ खाँदा दाजुभाईको मृत्यु , ३ जना बिरामी

नेपाल अखबार, बुटवल  ।  प्यूठानमा विषालु च्याउ खाँदा दाजुभाइको मृत्यु भएको छ । एकै परिवारका तीन जना विरामी परेका छन् । जंगलमा पाइने विषालु च्याउ खाँदा नौवहिनी गाउँपालिका ६ ढाखोलाका १५ वर्षका सुरेश घर्ती र उनका भाइ १३ वर्षका सुगम घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । नौबहिनी गा.पा.६ ढाखोला बस्ने बर्ष ३५ को बिष्णु घर्तिले जंगली बिषालु च्याउको तरकारी पकाई खादाँ झाडापखाला लागी घरका ५ जनाको परिवार सिकिस्त बिरामी भएको भएको थियो । बिरामीहरुलाई उपचारको लागी जिल्ला अस्पताल बिजुवार प्यूठान पठाएकोमा ५ जना परिवार मध्ये २ जनाको बाटोमै मृत्यु भएको र अन्य बिरामीहरुको जिल्ला अस्पताल बिजुवार प्यूठान उपचार हँुदै जिल्ला प्रहरी कार्या  प्युठानले जनाएको छ । प्यूठान नौबहिनी गा.पा.६ ढाखोला बस्ने बर्ष ३५ को बिष्णु घर्ति ,उनकी श्रीमती बर्ष ३४ कि लिला घर्ति र छोरा बर्ष १६ को शसि घर्तिको उपच...
कास्कीमा शिशु हत्याको अभियोगमा महिला पक्राउ
समाचार, समाज

कास्कीमा शिशु हत्याको अभियोगमा महिला पक्राउ

नेपाल अखबार, पाेखरा। आफ्नै शिशुको हत्या अभियोगमा प्रहरीले कास्‍कीको रुपा गाउँपालिका ४ खाल्टेकि रिता मल्ल सिंहलाई पक्राउ गरेको छ । साउन २७ गते दिउँसो पौने ४ बजे रुपा गाउँपालिका ३ टाकान्जा भन्ने स्थानमा ईलाका प्रहरी कार्यालय हंशपुरको टोलीले भर्खरै जन्मेको शिशुको शव फेला पारेको थियो । त्यसपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले साउन ३२ गते सिंहलाई पक्राउ गरेको हो ।घटनाको अनुसन्धानका लागि सिंहलाई ७ दिन थुनामा राख्ने अनुमति जिल्ला अदालत कास्कीबाट लिएको प्रहरीले जानकारी दिएको छ ।...
सोमबार थपिए ५ सय ८१ कोरोना संक्रमित
समाचार, समाज, स्वास्थ्य

सोमबार थपिए ५ सय ८१ कोरोना संक्रमित

नेपाल अखबार, पोखरा । नेपालमा सोमबार थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ। यसै गरी पछिल्लो २४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन् । यससँगै १७ हजार ४ सय ९५ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७ रहेको छ।‍...
सुकुम्बासी बस्तीका ८५ घरपरिवार भोकभोकै
समाचार, समाज, हाइलाइट-समाचार

सुकुम्बासी बस्तीका ८५ घरपरिवार भोकभोकै

नेपाल अखबार, बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीनगरस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका ८५ घरपरिवार भोकै बस्न बाध्य भएका छन् । मजदूरी गरेर जीवन निर्वाह गर्दै आएका उनीहरु कोरोनाको बढ्दो सङ्क्रमणका कारण कामकाज बन्द भएपछि साँझ बिहान हातमुख जोर्न समस्या भएको हो । यस बस्तीमा कुछबधिया समुदायका सहित करिब ३०० जनसङ्ख्या रहेको छ । दिनभर काम गरेर जोहो गर्ने अधिकांश परिवार यतिबेला थप समस्यामा परेका हुन् । अपाङ्ग, अशक्त, एकल महिला, वृद्ध, वृद्धा झनै अप्ठ्यारोमा परेका छन् । कोरोनाका कारणले कामकाज नहुँदा मजदूरी गर्ने, रिक्सा चलाउने, मिस्त्री, ठेला व्यापार, घुम्टी पसललगायतका काममा संलग्न मारमा परेको स्थानीय कृष्णबहादुर कामीले जानकारी दिए । “भएको रासन, पैंसो सबै सकियो, काम गर्ने बातावरण पनि छैन”, उनले भने, “के गरेर गुजारा गर्ने हो भन्ने पीर छ ।” स्थानीय अगुवा लालबहादुर परियारले दैनिक गरिखाने ...
धनुषामा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यू
समाचार, समाज

धनुषामा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यू

नेपाल अखबार, जनकपुर । धनुषामा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यू भएको छ । प्रादेशिक अस्पताल जनकपुरको कोभिड-१९ विशेष अस्पतालको आइसोलेशन कक्षमा उपचार भइरहेका धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ३ बस्ने ६५ वर्षीय पुरुषको सोमबार मृत्यु भएकोअस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुनप्रसाद सिंहले जानकारी दिए । डा. सिंहका अनुसार उनी साउन ३१ गते अस्पताल भर्ना भएको बताए । दम रोगका बिरामी रहेका उनलाई श्वासप्रश्वास समस्या तथा रुघाखोकी लागेपछि साउन २६ गते पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि स्वास्थ्य अवस्था सिकिस्त हुँदै गएपछि अस्पतालको आइसोलेशन कक्षमा भर्ना गरिएको थियो । यससँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ भने प्रदेश नम्बर २ मा ४६ जना कोरोना संक्रमृतको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...