Monday, April 27

समाज

कैलालीमा बलात्कारको आरोपमा वडा सचिव पक्राउ
समाचार, समाज

कैलालीमा बलात्कारको आरोपमा वडा सचिव पक्राउ

नेपाल अखबार, कैलाली । कैलालीमा बलात्कारको आरोपमा एकजना वडा सचिव पक्राउ परेका छन् । भजनी नगरपालिका- ४ का वडा सचिव सुमनकुमार चौधरीलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो । प्रहरीका अनुसार वडा सचिव चौधरीबाट आफू बलात्कृत भएको भन्दै एक महिलाले १८ साउनमा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गराएकी थिइन् । महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । ‘चौधरी उपर जबरजस्ती करणीको उजुरी आएको छ,’ उनले भने, ‘आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ थप कुरा अनुसन्धान पछि खुल्ने छ ।’ जिल्ला प्रहरी कार्यालय कैलालीको आदेशमा वडा सचिव चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो ।...
प्रेमीसँग नुहाउन गएकी किशोरी बलात्कार भए पछि……….
समाचार, समाज

प्रेमीसँग नुहाउन गएकी किशोरी बलात्कार भए पछि……….

नेपाल अखबार, दाङ। दाङको देउखुरीमा १७ वर्षीया किशोरीलाई चार जना मिलेर सामूहिक बलात्कार गरेका छन्। पीडित किशोरीले दिएको उजुरीका आधारमा आरोपितमध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले साउन १८ गते पीडितबाट उजुरी आएको र त्यस आधारमा मंगलबार राप्ती गाउँपालिका–४ का २३ वर्षका इसब जिसी र १९ वर्षका भुपाल थापामगरलाई पक्राउ गरिएको जानकारी दिए। ‘अरू २ जना फरार छन्,’ डीएसपी खड्काले बुधबार बिहान भने, ‘उनीहरूको खोजी गरिरहेका छौं।’ प्रहरीका अनुसार फरार हुनेमा राप्ती गाउँपालिका–४ कै २५ वर्षका अर्जुन विक र २७ वर्षका प्रकाश नेपाली छन्। पीडित पनि राप्ती गाउँपालिकाकै वडा नम्बर ३ की हुन्। डीएसपी खड्का अनुसार घटना यही साउन १६ गते दिउँसो भएको हो। त्यस दिन आफ्ना प्रेमीसँग घरदेखि केही पर सामुदायिक वन नजिकैको खोलामा नुहाउन गएको र त्यही बेला ती चार जना आएर...
सन्तानलाई संसार देखाउँदै गर्दा आफू ज्यान गुमाउँदै
समाचार, समाज

सन्तानलाई संसार देखाउँदै गर्दा आफू ज्यान गुमाउँदै

नेपाल अखबार, जाजरकोट । महिना दिन नपुग्दै जाजरकोटमा तीन सुत्केरी, च्याउ खाएर पाँच र पहिरोमा परी १४ जनाको मृत्यु भयो । उनीहरुको मृत्यु पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा नै भएको देखिन्छ । अधिकांशको मृत्यु स्वास्थ्य संस्थाभन्दा औषधि पसलमा उपचारका लागि लैजाने क्रममा भएको देखिन्छ । वर्षायामको हिलो र भत्किएका बाटोमा असहजताको बीचमा ज्यान बचाउने अनेक जुक्ति निकाल्दा पनि उनीहरु मृत्युको मुखमा परेका हुन् । मानिसको जीवनमा जन्म हुँदा जती खुशियाली छाउँछ, उत्तिकै पीडा मृत्युमा हुन्छ । बच्चा जन्माएर परिवारमा खुशी दिने, बूढेसकालको सहारादेखि नयाँ सदस्यले कूल चलाउने महान सपना बोकेर प्रसव पीडाको बीचबाट जन्मिएको खुशी जुनीचाँदे गाउँपालिका–२ सिंहपुरी र बारेकोट गाउँपालिका–७ की २१ वर्षीया मनकुमारी परियारको ज्यान गयो । त्यस्तै आज कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको उपचार नै नपाएर ज्यान गएको छ...
जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घरमै लास
समाज, हाइलाइट-समाचार

जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घरमै लास

नेपाल अखबार, कैलाली। कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो । शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको बिरामी थिए । कोहलपुरमा उपचारपछि घर फर्केका मोतीरामको मृत्यु भएको थियो । मृत्युपछि पाँच दिनअघि थप उपचारका लागि पाष्टरको घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिए । पाष्टर र धर्मप्रति विश्वासमा परेका ईश्वर सात दिनपछि बाबु उठ्ने विश्वासमा थिए। पाष्टर चौधरी पनि लासमा पसिना आएर गन्ध आएको र लास उठ्ने विश्वासमै थिए तर मङ्गलबार बिहान गन्धले खाना खान नसकी छिमेकीको घरमा गएको बताउँछ...
पाँचपोखरी थाङ्पालका ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारियो
समाचार, समाज

पाँचपोखरी थाङ्पालका ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

नेपाल अखबार,  सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ तिपेनीमा पहिरोको उच्च जोखिममा परेको ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । गत आइतबारदेखि मुसलधारे वर्षासँगै खसेको पहिरो नरोकिएपछि स्थानीय सरकार र स्थानीय बासिन्दाको सहकार्यमा बस्ती स्थानान्तरण गरिएको हो । तिपेनी पुलबारीको अधिकांश भूभाग भूक्षय भइसकेको कारण उच्च जोखिममा परेको ३० घरपरिवारलाई थप चुनौती नहोस् भन्ने मनसायले बस्ती स्थानान्तरण गरिएको पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामाले बताए । पर्यटकीयस्थल पाँचपोखरी थाङपाल गाउँपालिकामा आपत्कालीन एम्बुलेन्स सेवा, सवारी साधनलगायत पर्यटक आवतजावतमा सास्ती हुन नदिन पालिकाभित्र स्काभेटर खटाई बाटो खुलाइएको अध्यक्ष लामाले बताए । पहिरोको उच्च जोखिममा रहेका स्थानीयवासी अहिले कोही सुरक्षित स्थानमा बसेका छन् र कोही आफन्तको घरमा छन् ।...
छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
समाचार, समाज

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

नेपाल अखबार, पाेखरा। आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कास्कीमा ४१ वर्षीय पुरुष पक्राउ परेका छन्। पोखरा महानगरपालिका–२६ बस्ने ती व्यक्तिले छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यता, कैलालीमा पनि बालिका माथि जवर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। कैलारी गाउँपालिका–९ बस्ने २२ वर्षीय विकास भन्ने निरज चौधरीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको हो। ती बालिकालाई साउन १६ गते जबरजस्ती करणी गरी फरार भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा धनगढी उपमहानगरपालिका–७ मनहरास्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी चौधरीलाई पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय ...
आज गाईजात्रा पर्व
धर्म/संस्कृति, समाचार, समाज

आज गाईजात्रा पर्व

नेपाल अखबार, पाेखरा। आज गाईजात्रा पर्व। काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हर्षोल्लासकासाथ यो पर्व मनाइँदै छ। गाईजात्रा पर्वको मुख्य दिन आज भए पनि भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म यो पर्व मनाउने प्रचलन छ। गाईजात्राका अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। राजा प्रताप मल्लको पालादेखि गाईजात्रा पर्व सुरु भएको मानिन्छ। पुत्रशोकमा रहेकी आफ्नी रानीलाई सान्त्वना दिन उनले यो पर्वका थालनी गरेको किम्बदन्ती छ। गाईजात्रामा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झना गरिन्छ। यस पर्वमा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर झाँकी र नाचगानसहित सहर परिक्रमा गराउने परंपरा छ। यसरी नगर परिक्रमा गराउँदा मृतकको आत्मा गाईको पुच्छर समाएर वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ। विशेषगरी नेवार समुदायको बसोबास धेरै रहेका सहरमा गाईजात्रा पर्व विशेष रुपमा मनाइन्छ। तर, यस वर्ष कोरोना संक्रमण...
रूपन्देहीमा क्वारेन्टिनमा गार्ड बसेका युवकले आफ्नो जीउमा आफैंले आगो लगाए
समाचार, समाज

रूपन्देहीमा क्वारेन्टिनमा गार्ड बसेका युवकले आफ्नो जीउमा आफैंले आगो लगाए

नेपाल अखबार, रूपन्देही। रूपन्देहीको देवदहस्थित क्वारेन्टिनमा गार्ड बसेका एक युवकले आफ्नै जिउमा आगो लगाएका छन्। देवदह नगरपालिका वडा नम्बर ७, शीतलनगरस्थित नेपाल मगर संघको नगर भवनस्थित क्वारेन्टिनमा गार्ड बसेका २४ वर्षीय विपिन बस्यालले आफ्नो शरीरमा आफैंले मट्टितेल खन्याएर आगो लगाएका हुन्। वडाध्यक्ष पदमबहादुर थापाका अनुसार मंगलबार बिहान साढे ३ बजे आसपास घटना भएको हो। ‘मलाई बिहान ३ बजेर २७ मिनेट जाँदा फोन आएको थियो, क्वारेन्टिनबाहिर आगो लगाएर एकजना मान्छे मरिसक्यो भन्ने खबर आयो,’ उनले भने, ‘त्यही भएर मैले पहिले प्रहरी, नगरप्रमुखलाई खबर गरें, तर मानिस मरिसकेको होइन रहेछ, अवस्था अत्यन्त नाजुक भइसकेको पाइयो, शरीर धेरै जलेको छ।’ वडाध्यक्ष थापाका अनुसार उनलाई हतारहतार देवदह मेडिकल कलेज लगिएको छ। ‘तर त्यहाँबाट पाल्पा लाने कुरा भएको थियाे, त्यसपछिकाे जानकारी मैले पाउन सकेकाे छैन,’ उनले भने। वडाध्यक्ष ...
गोरखा पालुङटारका वडाअध्यक्ष बलात्कार आरोपमा पक्राउ
समाचार, समाज

गोरखा पालुङटारका वडाअध्यक्ष बलात्कार आरोपमा पक्राउ

नेपाल अखबार, गोरखा। प्रहरीले सोमबार साँझ गोरखाको पालुङटार नगरपालिका–४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई बलात्कार आरोपमा निवासबाट पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि रानाभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले पुष्टि गरे । एसपी गुरुङका अनुसार पीडित बालिका र बालिकको आमाले दिएको उजुरीको आधारमा रानाभाटलाई पक्राउ गरिएको हो । रानाभाटलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी गुरुङले बताए । रानाभाट तत्कालिन नयाँ शक्तिबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए  ।...
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा पहिरोले पुरिएर दम्पतिको मृत्यु
समाचार, समाज

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा पहिरोले पुरिएर दम्पतिको मृत्यु

नेपाल अखबार, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मी छिन् । गएराति करिब २ बजेतिर आएको पहिरोले उनीहरुलाई पुरेको थियो । पहिरोबाट दुवै जनाको शव निकालिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए । उनीहरुका दुई छोरी, एक छोरा छन् । छोरा काठमाडौं आएका छन् । एक छोरी विदेशमा छिन् भने अर्की एक छोरी हजुरबुवाको घरमा बसेकाले सुरक्षित छन् । गएरातिको पहिरोले गाउँपालिकाका वडा नम्बर १, २, ३, ६, ७ र ८ मा पहिरोले ठूलो क्षति पुर्याएको अध्यक्ष लामाले बताए । ‘कसैको आँगन छैन । कसैका चौपाया पुरिएका छन्,’ उनले भने, ‘गाउँपालिकाभरि पहिरोले क्षत विक्षत बनाएको छ ।’ गएराति नै सिन्धुपाल्चोकको मेलम्ची–११ मा पहिरोमा ९ जना पुरिएकामध्ये ५ जनाको शव फेला परेको छ भने एक जनालाई जीवितै उद्धार गर...