सुरक्षा पालुवाको सप्ताहव्यापी १४ औं वार्षिक साधारणसभा
नेपाल अखबार, पाेखरा। पोखरा महानगरपालिका वडा नं ३३ स्थित सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा आजदेखि सुरु भएको छ ।
पोखरा – ३३ को कालिकास्थानमा प्रधान कार्यालय रही विभिन्न पाँचवटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको सहकारीले कोरोना महामारीको जोखिमलाई दृष्टिगत गर्दै सप्ताहव्यापी रुपमा साधारणसभा गर्न लागेको हो ।
साधारणसभाको एक समारोहकाबीच आज पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले उद्घाटन गरे ।
कार्यक्रममा वडा अध्यक्ष आचार्यले शेयर सदस्यको आर्थिक समृद्धिका लागि उत्पादनमा जोडिने किसिमका कार्यक्रम ल्याउन आग्रह गरे । सहकारी प्रतिको जनविश्वास कायम गर्न आर्थिक अनुशासनको पनि उत्तिकै आवश्यकता हुने औंल्याउँदै उनले आर्थिक अनुशासनका पद्धति विकास गर्नुपर्नेमा जोड दिए ।पोखरा महानगरपालिकामा रहेका सहकारीलाई उत्पादनसँगै पर्यावरणीय संरक्षणमा ...
