Friday, September 4

समाज

संसाद बरालको पहलमा अवरुद्ध खानेपानी शुचारु
प्रदेश ४, समाचार, समाज

संसाद बरालको पहलमा अवरुद्ध खानेपानी शुचारु

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशका सांसद रामजी बराल बसेकै टोलमा तीन दिनदेखि खानोपानी नआएपछि उहाँले खानेपानी आपूर्ति गर्न निर्देशन दिएपछि सोमबार साँझबाट खानेपानी शुचारु भएको छ । उहाँकै पहलमा पोखरा ८, सृजनाचोक स्थित शिवालयमार्गमा तीन दीन पछि खानेपानी उपलब्ध भएको हो । नाला विस्तारको क्रममा तीन दिनदेखि खानेपानीको पाइप समेत अस्त व्यस्त ढंगले फालेपछि खानेपानी समस्या भएको थियो । सांसद बरालको पहलमा सोमबार साँझ ५ः०० बजेदेखि पानी उपलब्ध भएको सृजनामार्ग टोल विकास संस्थाका अध्यक्ष गोविन्द गिरीले बताए । उनले भने “नाला विस्तारको क्रममा ठेकदारले जथभावी रुपमा खानेपानीको पाइप समेत फालेकोले केही दिन देखि पानीको समस्या भएको कुरा खानेपानी संस्थान, वडा कार्यालयमा समेत जानकारी गराउदा कुनै सुनुवाई नभएपछि सांसद बराल समक्ष हामीले पानी उपलब्ध गराउन माग गरेका हौं । ” सांसद बरालले नेपाल खानेपानी संस्थान पोखरा कार्य...

पोखरामा महिला मृत फेला
समाचार, समाज

पोखरामा महिला मृत फेला

नेपाल अखबार, पाेखरा। पोखरा–९ पृथ्वीचोक स्थित ट्रेड महल पछाडी माईला साहु भन्ने व्यक्तिको टिनले छाएको छाप्रोमा सात/आठ महिनादेखि बस्दै आउनुभएकी ३५ वर्षीया कुमारी सुनारको आफू सुत्ने कोठामा शव भेटिएको छ । सुत्ने खाटमा सोमबार विहान ८.३० वजे श्रीमानले मृत भेटेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।...
पोखराको निमार्णाधीन विद्यालय भवनको अनुगमन
समाचार, समाज

पोखराको निमार्णाधीन विद्यालय भवनको अनुगमन

नेपाल अखबार, पोखरा । जिल्ला समन्वय समिति कास्कीले पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यामिक विद्यालयको निर्माणाधीन भवनको सोमबार अनुगमन गरेको छ । नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) को ७४ लाख ३५ हजार रुपैयाँको लागतमा निर्माणधीन भवनको समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, जिल्ला आयोजना कार्यान्वय इकाई(शिक्षा) प्रमुख लालप्रसाद पोख्रेल, जनप्रतिनिधिहरु समेतले संयुक्तरुपमा निर्माण कार्यको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले गुणस्तरीय निर्माणका लागि स्थानीयको सकृय सहकागिता आवश्यक रहेको बताउनुभयो । भौतिक निर्माणसंगै शिक्षाको गुणस्तरीयता वर्तमानको आवश्यकता भएको बताउँदै उहाँले शैक्षिक संस्थाहरु त्यसतर्पm केन्द्रित हुनु पर्ने आवश्यकता औल्याउनुभयो ।निर्माण कार्यलाई गुणस्तर...

गुल्मीमा छोराको कुटपिटबाट बाबुको मृत्यु
समाचार, समाज

गुल्मीमा छोराको कुटपिटबाट बाबुको मृत्यु

नेपाल अखबार, गुल्मी । इस्मा गाउँपालिका-४ का २६ वर्षीय अनिल बस्नेतले आफ्नै ६० वर्षीय बुवा दिलबहादुरको कुटपिट गरी हत्या गरेका छन् । आइतवार राति अनिलले घरभित्रै कुटपिट गरी घाइते बनाएका दिलबहादुरको थप उपचारको लागि बुटवल लैजाने क्रममा राति नै बाटोमै मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारराज पन्तले जानकारी दिए ।गम्भीर घाइते भएका दिलबहादुरलाई गुल्मी अस्पताल हुँदै पाल्पा प्रवास अस्पतालमा पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो प्रहरीले जनाएको छ । घटना भएको थाहा पाए लगततै इस्मा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मोहनलाल अधिकारीको कमाण्डमा खटिएको टोलीले दिलबहादुरको उद्धार गरेर अस्पताल पठाएको थियो । कुटपिटमा संलग्न छोरा अनिल भने फरार भएका छन् । उनको खोजी कार्य भैरहेको डिएस...
बाजुरामा एकै परिवारका ५ जना ४ दिनदेखि बेपत्ता
समाचार, समाज

बाजुरामा एकै परिवारका ५ जना ४ दिनदेखि बेपत्ता

नेपाल अखबार, कैलाली । बाजुराको हिमाली गाउँपालिका-५ स्थित कवाडीमा शुक्रबार बेपत्ता भएका एकै परिवारका ५ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । कवाडीमा बस्दै आएकी ३० वर्षीया सत्ता नेपाली शुक्रबार साँझ ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मतीसहित बेपत्ता भएकी थिइन् । छोराछोरीसहित कवाडी नदीमा नुहाउन गएकी उनी नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्ऽ सिंह ठगुन्नाले बताए । घटना भएलगत्तै प्रहरी निरीक्षक ठगुन्नासहितको टोली खोजी कार्य रहेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गरिरहेका छन् । तर, ४ दिनसम्म पनि अवस्था अज्ञात रहेको उनले प्रहरीले जनाएको छ । कवाडी नदी र कर्णाली नदीको दुरी २०० मिटर मात्रै छ । कवाडी नदीबाट बगेर कर्णाली नदीमा गएको हुन सक्ने उनले बताए । ‘हामीले धेरै ठाउँमा खोजी गरिसके...
पोखरामा ११ वटा वडाका २६ कोरोना संक्रमण पुष्टि
समाचार, समाज, स्वास्थ्य

पोखरामा ११ वटा वडाका २६ कोरोना संक्रमण पुष्टि

नेपाल अखबार,पाेखरा । पोखरामा ११ वटा वडाका २६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा सोमबार बिहान कास्कीको पोखरा महानगरपालिकाका ११ वटा वडाका २६ जना र नवलपुरका १ जना गरी थप २७ जनामा कोरोना देखिएको हो । संक्रमण पुष्टि हुनेमा पोखरा – ३ का २२, २३, २२ , २४ , २५, २६, २५, २७ , ३० र ३८ वर्षीय पुरुष, पोखरा ७ का २६ र २९ वर्षीय पुरुष, पोखरा १० का २८ र ६४ वर्षीय पुरुष, पशुपंक्षी तथा मत्स्यविकास निर्देशनालय पोखरामा कार्यरत चिकित्सक पोखरा १२ का ३६ वर्षीय पुरुष, पोखरा ११ का २८ र ३० वर्षीय पुरुष, पोखरा १३ का ३६ वर्षीया महिला , पोखरा १४ का २२ वर्षीय पुरुष ,५२ वर्षीया महिला तथा फेवासिटी असपतालमा उपचाररत ५१ वर्षीय पुरुष , पोखरा १७ का २० वर्षीय पुरुष, पोखरा १९ का ५५ वर्षीय पुरुष, पोखरा २२ का २९ वर्षीय पुरुष, पोखरा ३० की ५१ वर्षीय...
सहुलियत अनुदानले किसान खुशी
कृषि, समाचार, समाज

सहुलियत अनुदानले किसान खुशी

नेपाल अखबार,सप्तरी । सहुलियत अनुदानमा तरकारीको बीउ तथा धानको गबारो आदिको विषादी वितरण भएपछि कञ्चनरुप नगरपालिकाका किसान खुशी भएका छन् । नगरपालिकाको कृषि विकास शाखाले किसानलाई सहुलियत अनुदानमा तरकारीको बीउका साथै धानको गबारो इत्यादिको विषादी वितरण गर्न थालेपछि किसान खुशी भएका हुन् । अनुदानमा तरकारीको बीउ वितरणले किसानको हित भएको राजकिशोर महतोले बताए । कृषिप्रधान देशमा जनताले अपेक्षा गरेअनुसारको लाभ लिन नसकिरहेको अवस्थामा पाएको अनुदानको सदुपयोग गर्नुपर्ने महतोको भनाइ छ । अहिलेसम्म तरकारीको बीउ ६२६ र विषादी ७८ किसानले लगेर लाभ लिएको कृषि विकास शाखाले जनाएको छ । बीउ र विषादी लाने क्रम जारी रहेको कृषि विकास शाखाका बेचन सढोक यादवले जानकारी दिए । किसानको उन्नति, प्रगतिबिना नगरको प्रगति हुन नसक्ने भएकाले किसानको हितमा नगरपालिकाले काम गरिरहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख वसन्तकुमार मिश्रले थोर...
अलपत्र  बालकलाई परिवारको जिम्मा
समाचार, समाज

अलपत्र बालकलाई परिवारको जिम्मा

नेपाल अखबार,डडेल्धुरा । शुक्लाफाँटा नगरपालिका–८ मा अलपत्र अवस्थामा फेला परेका डडेल्धुराका तीन बालकलाई परिवारको जिम्मा लगाइएको छ ।। डडेल्धुराको पर्शुराम नगरपालिका–११ भटयानीका एकै परिवारका तीन बालकलाई आज बिहान परिवार जिम्मा लगाइएको हो । भटयानीका गम्भीर सिंह खड्काका छोराहरु १४ वर्षीय पुष्कर खड्का, १३ वर्षीय विमल खड्का र १२ वर्षीय नवीन खड्कालाई वडाध्यक्ष बहादुरसिंह महराको जिम्मा लगाइएको थियो । दुई दिनअघि अलपत्र अवस्थमा बालक फेला परेपछि वडाध्यक्ष महराले बालकलाई आफ्नो संरक्षणमा राखी परिवारका सदस्यलाई जिम्मा लगाएका हुन् । “डडेल्धुरा हुँदै बालक पैदल हिँडदै भोकभोकै यहाँ आइपुगेका रहेछन्”, वडाध्यक्ष महराले भने, “बालकहरु कसरी यति लामो बाटो हिँडेर आइपुगे कौतुहलताको विषय बनेको छ ।” सामाजिक सञ्जाल फेसबुकमा बालकहरुबारे जानकारी दिने कार्य गरिएपछि परिवारका सदस्य सम्पर्कमा आएपछि उनीहरुको जिम्मा लगाइएको उनल...