Sunday, April 26

समाज

बाढी, पहिरो र चट्याङ : वैशाखयता १८१ को मृत्यु
समाचार, समाज

बाढी, पहिरो र चट्याङ : वैशाखयता १८१ को मृत्यु

नेपाल अखबार, पाेखरा। गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपद्मा १८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन् । विपद्मा परेर २७८ घाइते भएका छन् । यसपालि सबैभन्दा बढी पहिराले क्षति गरेको छ । पहिराका कारण मात्रै १२८ जनाले ज्यान गुमाएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए। वैशाखयता पहिराबाट मात्रै १२८ को मृत्यु भएको छ, ४४ बेपत्ता छन् । यस्तै ११४ जना घाइते छन् । बाढीबाट छ को मृत्यु, सात बेपत्ता र तीन घाइते छन् । चट्याङ लागेर ४७ जनाको मृत्यु भएको र १६१ जना घाइते भएका प्राधिकरणले जनाएको छ । मनसुन शुरु भएको समय (जेठ ३१) पछि साउन ९ गतेसम्म भने पहिराले धेरै मानिसको ज्यान लियो । त्यसपछि चट्याङले बढी मानवीय ...
नुवाकोटमा घर भत्किँदा वृद्धको मृत्यु
समाचार, समाज

नुवाकोटमा घर भत्किँदा वृद्धको मृत्यु

नेपाल अखबार, नुवाकोट । अविरल वर्षाका कारण नुवाकोटको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नपा–८ हर्रेमा बिहीबार राति घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए । ढुङ्गामाटोबाट बनाइएको कच्ची घर अविरल वर्षाको कारण भत्किँएको र घरमा सुतिरहेका तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै बेलकोटगढीको दुई पिपल डबली नजिकै लामाचौरमा शुक्रबार बिहान झरेको पहिरोले पाँच घर पुरेको छ । स्थानीय शिक्षक चिरञ्जीवी लामिछानेका अनुसार बेलकोटगढी नपा–५ लामाछौरमा पहिरोले पाँच घरसँगै दुई वटा भैँसी र २० वटाभन्दा बढी बाख्रा पुरिएका छन् । दिउँसोको समय भएकाले घरका रहेका मानिस भाग्न सफल भएको स्थानीयवासीले बताएका छन् । पहिरोका कारण बस्तीमा रहेको ४० घर जोखिममा परेको छ । प्रहरी र स्थानीयसीले बस्तीका बा...
शुक्रबारको मौसम पूर्वानुमान
समाचार, समाज

शुक्रबारको मौसम पूर्वानुमान

नेपाल अखबार, पाेखरा। जल तथा मौसम विज्ञान विभागले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । शुक्रबार देशभर मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको छ । साथै, मनसूनी न्युन चापीय रेखा पश्चिमी भूभागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी  भूभागमा नेपाल नजिक रहेको  अवस्था छ। यसैगरी, देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का  एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ। यस्तै, राति देशभर सामान्य बदली रही केही  स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  गण्डकी  प्रदेश, प्रदेश ५  र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको...
नारायणीमा जलस्तर सर्तकता तहसम्म पुग्ने : यस्तो छ आजको बाढी पूर्वानुमान
समाचार, समाज

नारायणीमा जलस्तर सर्तकता तहसम्म पुग्ने : यस्तो छ आजको बाढी पूर्वानुमान

नेपाल अखबार, काठमाडाैं। शुक्रबार बिहानको मापनअनुसार कन्काई, कमला, बागमती, नारायणी र यसका सहायक नदीमा बहाव सामान्य बढ्दो क्रममा छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव स्थिर छ तथा सबैमा बहाव सतर्कता तहभन्दा तलै छ । आज नारायणीमा बहाव बढेर सतर्कता तहसम्म पुग्नसक्ने तर खतरा आसपास हुने सम्भावन रहेको छ । त्यसैले चितवन र नवलपरासीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । आगामी ३ दिन कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका केहि सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ ।...
अख्तियारद्वारा २६ वटा स्टिङ अपरेसन : वडाध्यक्षदेखि अधिकृत तहका कर्मचारीसम्म पक्राउ
प्रशासन, समाज

अख्तियारद्वारा २६ वटा स्टिङ अपरेसन : वडाध्यक्षदेखि अधिकृत तहका कर्मचारीसम्म पक्राउ

नेपाल अखबार, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले गत आर्थिक वर्ष २०७६/०७७ मा २६ वटा स्टिङ अपरेसन गरेको छ । घुस खाने मनसायले  गरिएको डिलको सूचना अख्तियारसँग आएप्छि अख्यितारले बिषेश टोली खटाएर  रकमसहित रगेहात प्रकाउ गर्ने रणनीति अन्र्तगत बुटवल कार्यलयले अहिले २६ बटा स्टिङ  अपरेस गर्न सफल भएको छ । जसमा बार्ड अध्यक्षदेखि अधिकृतस्तरका कर्मचारीहरु पक्राउ  परेका छन् । कार्यालय प्रमुख सहसचिव डा. भिष्मकुमार भुसालका अनुसार कार्यालयले गरेको २६ वटा स्टिङ अप्रेसनबाट ३ जना वडा अध्यक्ष, १ जना बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष, ७ जना अधिकृत स्तरका कर्मचारी, २ जना प्रधानाध्यापक, ७ जना नायव सुब्बा, ९ जना खरिदार, ६ जना श्रेणी बिहिन र अन्य ५ जनागरी ४० जनालाई मुद्दा चलाएको छ । स्टिङ अपरेसनबाट ५६ लाख ४६ हजार ३५५ रुपैंया बरामद गरेको छ । कार्यालय २०७६/०७७ मा ७० प्रतिशत बढी मुद्दा फस्र्यौट...
गोरखामा पहिरोबाट ६९ घरपरिवार विस्थापित, ६ विद्यालयमा क्षति
समाचार, समाज

गोरखामा पहिरोबाट ६९ घरपरिवार विस्थापित, ६ विद्यालयमा क्षति

नेपाल अखबार, गोरखा।  बारपाक सुलिकोट गाउँपालिकामा केही दिनदेखि परेको अविरल वर्षापछि आएको पहिराका कारण ६९ घरपरिवार विस्थाापित भएका छन् । गाउँपालिकाको वडा नं १ र २ बाहेकका सबै वडाका गरी पहिराका कारण ६९ घरपरिवार विस्थापित भएका गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । लगातारको वर्षापछि आएको पहिरो वडा नं ३ को चित्रे भञ्ज्याङ, चिसापानी, काफलडाँडाका चार घरपरिवार विस्थापित भएको उहाँले जानकारी दिए । त्यस्तै वडा नं ४ को जौवारी, जेडाँडा र अर्चलेकालगायतका स्थानका १० घरपरिवार पहिराका कारण विस्थापित भएका अध्यक्ष भट्टको भनाइ छ । पहिराका कारण वडा नं ५ को पतेनाबारी र डुम्रेका चार घरपरिवार, वडा नं ६ को मसार र डाँडाका १४ घरपरिवार, वडा नं ७ को च्याजी पोखरी र डुम्रे र बालुवाका गरी १८ घरपरिवार विस्थापित भएका उनले जानकारी दिए। गाउँपालिका अध्यक्ष भट्टका अनुसार वडा नं ८ को तिनखण्डे, जराङलगायतका स्थानका ...
कतै खाना नपाएर, कतै उपचार नपाएर मृत्यु
समाचार, समाज, हाइलाइट-समाचार

कतै खाना नपाएर, कतै उपचार नपाएर मृत्यु

नेपाल अखबार, जाजरकोट । जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गत असार २५ गते आएको पहिराले घर बगाउँदा विस्थापित दलवीर सार्कीको खाना नपाएर मृत्यु भएको वडा सचिव डम्बर पुनले बताए । यहाँ खानाको अभावमा जटिल अवस्थासमेत आएको छ । बारेकोट गाउँपालिका– ७ सुवाकोटकी २१ वर्षीया मनकुमारी परियारको सुत्केरी भएको पाँच घण्टापछि मृत्यु भएको हो ।  स्वास्थ्यचौकी सेपुखोलाकी अनमी मीरा शाहीका अनुसार सामान्यावस्थामा सुत्केरी भएको र सुत्केरी भएको केही समयपछि पेट दुखेर एकाएक रक्तचाप बढ्दा उपचार गर्दागर्दै मृत्यु भएको हो । शिशुको स्वास्थ्यावस्था सामान्य छ । जुनिचाँदे गाउँपालिका–३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी भएलगत्तै शिशुलाई जन्म दिएर अत्यधिक रक्तश्राव भई आइतबार मृत्यु भएको परिवारले जनाएको छ ।  गाउँभन...
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी
अर्थ, समाचार, समाज

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

नेपाल अखबार,कञ्चनपुर । अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी गरेका छन् । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ । कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए । कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन नसकेपछि झ्यालको सिसा फोरेर पेट्रोल छर्किइ आगजनी गरिएको छ उनले भने, “राष्ट्रिय परिचय पत्र वितरण गर्न ल्याइएका उपकरणमा समेत आगजनीबाट क्षति भएको छ ।” सुरक्षाकर्मीको टोली वडा कार्यालयमा भर्खरै पुगेको छ । के कति क्षति भएको छ । यकिन विवरण सङ्कलनको कार्य भइरहेको वडाध्यक्ष सिंहले बताए । रासस...
कञ्चनपुर जिल्लामा लकडाउनमा ७२ जनाद्वारा आत्महत्या
समाचार, समाज, हाइलाइट-समाचार

कञ्चनपुर जिल्लामा लकडाउनमा ७२ जनाद्वारा आत्महत्या

नेपाल अखबार, कञ्चनपुर।सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बितेको चार महिनाको अवधिमा ३९ पुरुष र ३३ जना महिलाले आत्महत्या गरेका हुन् । लकडाउनमा आत्महत्या, घरेलु तथा महिला हिंसा र लैङ्गिक हिंसाका घटना बढेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । “विष सेवन र झुण्डिएर आत्महत्या गरेको तथ्याङ्क हेर्दा गत चैतदेखि असारसम्म अरु बेलाको भन्दा वृद्धि भएको देखिन्छ ।” उनले भने, “वैशाख र जेठ महिनामा गरी आत्महत्या दुरुत्साहनमा दुई वटा मुद्दासमेत दर्ता भएका छन् ।” प्रहरीका अनुसार विष सेवन गरेर गत चैत महिनादेखि ३२ जनाले आत्महत्या गरेका छन् भने सोही अवधिमा झुण्डिएर ४० जनाले आत्महत्या गरेका छन् । “लकडाउनमा बेरोजगारी, विपन्न समुद...
पोल बगाउँदा म्याग्दीको पश्चिमी क्षेत्रमा दश दिनदेखि विद्युत् अवरुद्ध
प्रविधि, समाचार, समाज

पोल बगाउँदा म्याग्दीको पश्चिमी क्षेत्रमा दश दिनदेखि विद्युत् अवरुद्ध

नेपाल अखबार, म्याग्दी। बाढीपहिरोले ट्रान्सफर्मर, मुख्य र वितरण लाइनको पोल तथा तार बगाउँदा म्याग्दीको पश्चिमी क्षेत्रमा दश दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गला गाउँपालिकाको अर्मनसहित मालिका र धौलागिरि गाउँपालिकामा वितरीत केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् सुविधाको अभावमा सर्वसाधारणको दैनिकीदेखि गाउँपालिका, वडालगायत सरकारी, बैंक, सहकारी संस्थाको सेवा प्रवाह प्रभावित भएको छ । राइसमिल, फर्निचर, नेपाली कागज, अल्लो, सिलाइकटाइलगायत विद्युत् आवश्यक पर्ने धेरै प्रकृतिका उद्योग व्यवसाय ठप्प भएको दरवाङका मोतिराज गौतमले बताए । विद्युत् अभावमा नेपाल टेलिकम र एनसेलको मोबाइल फोन सेवासमेत प्रभावित भएको छ । दिउँसो घाम लागेको समयमा मात्र मोबाइल फोन सेवा सञ्चालन हुँदा पहिरोबाट अति प्रभावित धौलागिरि र मालिका गाउँपालिकामा विपद् व्यवस्थापनमा कठिनाइ भएको छ । नेपाल विद्युत्...