Monday, August 31

समाज

पहिरामा बेपत्ता ५ जनाको शव भेटियो
समाचार, समाज

पहिरामा बेपत्ता ५ जनाको शव भेटियो

नेपाल अखबार, पाल्पा । रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गए राति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो । घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उहाँकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको सूचना अधिकारी गिरीले बताउनुभयो । शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयो । वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन । शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीको सक्रियतामा खोजीकार्य भएपछि शव भेटिएको हो । झोक्दी र बेलौजा बीचको जङ्गलमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमा पहिरो खस्दा आवतजावतमा समस्या भएको थियो । अवरुद्ध ...
प्राङ्गारिक मलले बजार पाएन
कृषि, समाचार, समाज

प्राङ्गारिक मलले बजार पाएन

नेपाल अखबार, पाेखरा। झण्डै एक वर्षअघिबाट सञ्चालनमा आएको गण्डकी ऊर्जा प्रालिले कुहिने फोहोरलाई प्रशोधन गरी बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्दै आएपनि बजार व्यवस्थापनमा समस्या देखिएको छ । पोखरा महानगरपालिकाको ३२ नम्बर वडामा रहेको सो कम्पनीले अहिले महानगर भित्र र अन्य क्षेत्रबाट कुहिने फोहोर ल्याएर मल उत्पादन गरिरहेको हो । ‘फोहोरलाई मोहर’मा परिणत गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीले पर्याप्त मात्रामा बायोग्यास र प्राङगारिक मल उत्पादन गरेपनि बजार अभावको समस्या भोगिरहेको छ । देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको छैन । बजार अभाव हुादा नत उत्पादित मल विक्रि भएको छ न बायोग्यास नै विक्रि गर्न सकिएको कम्पनीले जनाएको छ । उत्पादित मल र बायोग्याँस सबै स्टकमा थुप्रिएको कम्पनीले जनाएको छ । कम्पनी विभिन्न क्षेत्रबाट पोहोर संकलन...
मोटर मर्मत गर्न इनारमा पसेका दुईको मृत्यु, एक जनाको उपचार हुँदै
समाचार, समाज

मोटर मर्मत गर्न इनारमा पसेका दुईको मृत्यु, एक जनाको उपचार हुँदै

नेपाल अखबार, मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटर पम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुई जनाको मृत्यु भएको छ । दुवै जनाको शव आज नेपाली सेनाको टोलीले इनारबाट निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार होटल सञ्चालकका छोरा ३० वर्षीय सुरज साह मोटरपम्प मर्मत गर्न भन्दै बिहान ९ बजे इनारमा पसेका थिए । साह बाहिर नआएपछि उनलाई खोज्न स्थानीय १६ वर्षीय उत्सव नेपाली पनि इनारमा पसेका थिए । दुवै लामो समय बाहिर नआएपछि स्थानीय आनन्द लो डोरीको सहाराले इनारमा पसेका थिए । लो पनि इनारको बीच भागमा पुगेपछि बेहोस भएका थिए । त्यसपछि होटलका सञ्चालकले प्रहरीलाई खबर गर्नासाथ नेपाली सेनाको टोली घटनास्थल पुगेर इनारमा पसेर हेर्दा दुवैको शव फेला परेको हो । बेहोस भएका लोलाई भने उद्ध...
दुई महिनामा पाँच करोड किलो चिनी आयात
अर्थ, समाचार, समाज

दुई महिनामा पाँच करोड किलो चिनी आयात

नेपाल अखबार, काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चिनीको आयात अस्वभाविक रुपमा बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौमा मात्रै पाँच करोड ५ लाख १० हजार ७७ किलो चिनी नेपाल भित्रिएको छ । गत वर्ष सोही समयमा एक लाख ६८ हजार किलो मात्रै चिनी आयात भएपछि परिमाणत्मक बन्देज गाएको थियो ।  अन्तर्राष्ट्रिय भन्सार कारोबार संकेत (हार्मोनाईजेसन कोड) १७०११३९० र १७०११४९० मा शुद्ध चिनी आयात हुन्छ । | नेपालमा वाषिर्क २२ करोड ६७ लाख किलो चिनी खपत हने अनुमान गरिन्छ । भन्सारको आयात तथ्यांकअनुसार झण्डै चार महिनालाई पुग्ने चिनी व्यापारीहरुले चालु आवको दुई महिनामै भित्र्याएका छन् । नेपाली उत्पादकले उत्पादन गरेको र सहुलियतमा सरकारले वितरण गर्ने चिनीको मौज्दात रित्तिएसँगै चिनीको आयात बढेको हो । चिनी व्यापारीको भर परेर अर्थमन्त्रालयले समयमै सहुलियतको चिनी खरिद गर्ने सहमति नदिँदा ब...
नेपाल प्रहरीका सई दार्चुलाको होटलमा मृत फेला
समाचार, समाज

नेपाल प्रहरीका सई दार्चुलाको होटलमा मृत फेला

नेपाल अखबार, दार्चुला। नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक (सई) दार्चुला सदरमुकामको एक होटलमा मृत अवस्थामा फेला परेका छन् शुक्रवार विहान सई ध्रुव रावल सदरमुकाममा रहेको दुर्गाभवानी होटलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर सुरेन्द्र प्रसाद जोशीले बताए । होटलको लवीमा लडिरहेको अवस्थामा फेला परेका उनको नाक र मुखबाट रगत बगेको छ । दल्लेक प्रहरी चौकीबाट सरुवा भएर सई रावल ईलाका प्रहरी कार्यालय हुतीमा हाजिर हुन जाँदै थिए । ईप्रका जाने क्रममा उनी सदरमुकामको होटलमा बास बसेका हुन् । रावलको शव पोष्टमार्टको लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण थाहा हुने इन्सपेक्टर जोशीले बताए ।...
डा केसीको माग वार्ताबाट समाधान गर्न आग्रह
समाचार, समाज

डा केसीको माग वार्ताबाट समाधान गर्न आग्रह

नेपाल अखबार, काठामाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले डा गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, डा केसीसँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका सम्झौताप्रति गम्भीर हुँदै डा कसीको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न तथा विगतमा भएका सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयनको माग राखी जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि आमरण अनशनमा रहनुभएका डा केसीको स्वास्थ्य अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको छ । साथै डा केसीको जीवन रक्...
पत्रकारको सत्याग्रहलाई फोटोपत्रकारको साथ
समाचार, समाज

पत्रकारको सत्याग्रहलाई फोटोपत्रकारको साथ

नेपाल अखबार, काठमाडौँ । नागरिक दैनिकमा कार्यरत पत्रकार सुविद गुरागाईँको अगुवाइमा आफ्नो श्रमको सम्मान र मासिक तलवको लागि गरेको पाँच दिने सत्याग्रह अभियानमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपी)जे ऐक्यबद्धता प्रकट गरेको छ । एनएफपीका महासचिव प्रदीपराज वन्तको नेतृत्वमा केन्द्रिय कमिटीका सदस्य तथा संस्थाका पूर्व अध्यक्ष कविन्द्रमान शाक्य ऐक्यबद्धताका लागि उपस्थित रहेका थिए । सत्याग्रहमा ऐक्यबद्धता जनाउँदै सम्पूर्ण फोटोपत्रकारले क्यामेरा डाउन गरेका थिए । महासचिव वन्तले पत्रकार मात्र नभएर कोरोनाभाइरसको महामारीमा सधैँ अग्रपङ्तीमा रहेर फोटोपत्रकारिता गर्ने फोटोपत्रकारहरु पनि ठूला मिडियाबाट नै मासिक तलब नपाउने र आधा तलव थाप्न वाध्य रहेको जिकिर गरे । फोटोपत्रकार क्लबका अध्यक्ष नै यसको चपेटामा परेको उनले बताए  । पत्रकार तथा फोटोपत्रकारहरुको श्रमको मूल्य र हकहितकोे लागि दबाब दिन जुनसुकै सर्घषका कार्यक्रम...
स्याङजामा ९ जनाको सामूहिक दाहसंस्कार
समाचार, समाज

स्याङजामा ९ जनाको सामूहिक दाहसंस्कार

नेपाल अखबार, वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाईएको थियो । ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताउनुभयो । सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दागबत्ती दिनुभयो । “पहिरोमा पुरिएर ज्यान गुमाएका सबैको शवलाई गह«ौं प्राथमिक अस्पताल वालिङमा पोष्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरेका छौँ”, अध्यक्ष रनपालले भन्नुभयो । एकै परिवारका नौ जनाको एकैपटक दाहसंस्कार गरिएको यो हृदयविदारक घटना नौलो भएको ...
वडाध्यक्षको परिवारलाई क्षतिपूर्तिको माग
समाचार, समाज

वडाध्यक्षको परिवारलाई क्षतिपूर्तिको माग

नेपाल अखबार, सोलुखुम्बु । करेन्ट लागेर मृत्यु हुनुभएका माप्यदूधकोशी गाउँपालिका–५ का वडाध्यक्षको परिवारलाई  २५ लाख क्षतिपूर्तिको व्यवस्था गर्न सोलुखुम्बु जिल्लाका सांसदले माग गरेका छन् । जिल्लाका प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यसहितको टोलीले पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन् । प्रदेशसभा सदस्य एवं नेकपा प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले क्षतिपूर्ति दिने सवालमा आनाकानी नगर्न कम्पनीसँग आग्रह गर्नुभयो । कम्पनीले लाइनको व्यवस्थापनमा ध्यान नदिई आम्दानीतर्फ मात्रै ध्यान दिँदा दुर्घटना भएको प्रदेशसभा सदस्य राजभण्डारीको भनाइ छ । सल्लेरी-च्याल्सा विद्युत् कम्पनीको हाइटेन्सन लाइनलाई व्यवस्थित बनाउन सोलुखुम्बुका सांसदले निर्देशन दिएका छन् । बिहीबार कम्पनीका प्रतिनिधि र सरोकारवालाबीच भएको छलफलमा जोखिम क्षेत्रको तारलाई तत्काल व्यवस्थित बनाउन प्रत...
विराटनगर जुट मिल्सको पर्खाल भत्किँदा एकजनाको मृत्यु
समाचार, समाज

विराटनगर जुट मिल्सको पर्खाल भत्किँदा एकजनाको मृत्यु

नेपाल अखबार, विराटनगर । विराटनगर जुट मिल्सको पर्खाल भत्किँदा विराटनगरमा एकजनाको मृत्यु भएको छ । जीर्ण अवस्थामा रहेको मिलको पर्खाल बिहीबार बिहान भत्किँदा विराटनगर महानगरपालिका- १५ की ५५ वर्षीय सम समेरुन निसाको मृत्यु भएको हो । निरन्तरको वर्षासँगै जुट मिल्सको हड्ताली हाटभित्र रहेको मजदुर लाइन क्वाटरको उत्तरतर्फको पर्खाल भत्किएको थियो । पर्खाल नजिकै कल छ । पर्खालले कलमा पानी लिन पुगेकी निसालाई किचेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार वर्षौं पुरानो पर्खाल वर्षाका कारण भत्किएको हो । घर नजिकैको भवन छेउमा रहेको कलमा पानी लिन गएकी महिलालाई खुट्टा धुँदै गरेको अवस्थामा इँटाको गाह्रो लगाएर बनाइएको पर्खाल लडेर किचेको डीएसपी राईले बताए । बिहान १० बजे घटनामा परेर महिला गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाए...