Tuesday, September 1

समाज

विदेशमा मृत्यु भएका नेपाली जसको परिवारले शव समेत देख्न
समाचार, समाज

विदेशमा मृत्यु भएका नेपाली जसको परिवारले शव समेत देख्न

नेपाल अखबार,पाेखरा । कास्कीकी ४६ वर्षीया मीनादेवी सुनारले चैतको तेस्रो साता यूएईमा अस्पताल भर्ना भएका श्रीमान्‌सँग फोनमा कुराकानी गरेकी थिइन्। उनलाई वैदेशिक रोजगारमा रहेका श्रीमान् ५० वर्षीय समरबहादुर सुनार चाँडै काममा फर्कनेछन् जस्तो लागेको थियो। तर चैत २३ गते उनको निधनको खबर आयो। ‘अन्तिम पटक मुख पनि हेर्न पाइँन’, फोनमा कुराकानी गर्दै गरेकी उनको गला अवरुद्ध भयो। अनि, उनले कान्छा छोरा २६ वर्षीय मनोजलाई फोन थमाइन्। समरबहादुर विदेशमा मृत्यु भएका कैयौँ त्यस्ता नेपाली नागरिकमध्ये पर्छन् जसका आफन्तले कोरोनाभाइरस महामारीका कारण अन्तिम संस्कार समेत आफ्नो देशमा गर्न पाएनन्। समरबहादुरको मृत्युको कारण कोभिड(१९ होइन तर हवाई उडान प्रतिबन्ध एवम् लकडाउनका कारण उनको शव नेपाल ल्याउन नसकिएको परिवारले बताएको छ। कान्छा छोरा मनोजले सामाजिक अपहेलनाको डरले पनि आफ्ना पिताको शव नेपाल नल्याइएको बताए। शव ल्याउन समस...
नेपाल र भारतीय प्रहरीको सहयोगमा दश महिनादेखि बन्धक ३ नेपाली चेलीको उद्धार
प्रशासन, समाचार, समाज

नेपाल र भारतीय प्रहरीको सहयोगमा दश महिनादेखि बन्धक ३ नेपाली चेलीको उद्धार

नेपाल अखबार, परासी । नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट दश महिनादेखि बन्धक तीन नेपाली चेलीको उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो । नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट ती नेपाली चेलीहरुलाई उद्धार गरी नवलपरासी ल्याएको हो । चितवनका २२, १७ र ४ वर्षका ती चेलीलाई उद्धार गरी सुरक्षित रुपमा नेपाल ल्याइएको संस्थाकी शाखा प्रमुख पद्मा आचार्यले राससलाई जानकारी दिए । जागिर तथा विवाहको प्रलोभनमा परी उनीहरु भारत पुगेका थिए । त्यहाँ पुगेको केही महिनापछि आर्केष्टा कम्पनीका मालिकले आफूहरुलाई बेचबिखन गर्न लागेको थाहा पाएपछि प्रतिकार गरी परिवारलाई ज...
दोलई खोलामा पहेँलो रङको कछुवा फेला
समाचार, समाज

दोलई खोलामा पहेँलो रङको कछुवा फेला

नेपाल अखबार, दाङ ।  दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ मा पर्ने दोलई खोलामा  पहेँलो रङको कछुवा भेटिएको छ । स्थानीयवासी १७ वर्षीय देवीराम चौधरीले परम्परागत रुपमा माछा मार्ने क्रममा बिहीबार उक्त कछुवा भेटाएका हुन् । राप्ती गाउँपालिकाका प्रेस संयोजक तीर्थराज ज्ञवालीका अनुसार खोलामा भेटिएकोे कछुवा राप्तीमा गठित वडास्तरीय जलीय जैविक विविधता संरक्षण समूहले  सामुदायिक वन क्षेत्रको पोखरीमा छाडेको थियो । संरक्षण समूहका उपाध्यक्ष जगनारायण चौधरीले  उक्त कछुवा भद्दैर प्रजातिको लोपोन्मुख भएको र स्थानीय थारु समुदायमा सुपा जस्तो ठूलो हुने भएकाले सुप्पैहवासमेत भन्ने गरिएको जानकारी दिए । सो कछुवा १५ वर्षपछि दोलई खोलामा देखिएको हो ।  यसको तौल ३० केजीसम्म हुने उनको भनाइ छ । रासस...
चन्द्रागिरीमा एक युवतीमाथि सामूहिक बलात्कार गर्ने दुई पक्राउ
समाचार, समाज

चन्द्रागिरीमा एक युवतीमाथि सामूहिक बलात्कार गर्ने दुई पक्राउ

नेपाल अखबार, काठमाडाैं। प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक महिलामाथि सामूहिक बलात्कार भएको सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कारबाही हुने वृत्तले जनाएको छ । रासस...
बाग्लुङमा १४ शव भेटिए, चार जनाको सनाखत
प्रदेश ४, समाचार, समाज

बाग्लुङमा १४ शव भेटिए, चार जनाको सनाखत

नेपाल अखबार, बागलुङ। बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएकामध्ये चार शवको सनाखत भएको छ । सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ । उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुने छ । १० शवको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । बुधबार राति आएको बाढी र पहिरोले वस्तीमा क्षति पुर्याएको छ । केही मानिसले भागेर ज्यान बचाए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । कतिपय शव क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । बेपत्ता ...
बागलुङको पहिरोमा परी १४ जनाको मृत्यु, ३९ जना बेपत्ता
प्रदेश ४, समाचार, समाज

बागलुङको पहिरोमा परी १४ जनाको मृत्यु, ३९ जना बेपत्ता

नेपाल अखबार, बागलुङ।बागलुङ  जिल्लाको ढोरपाटन नगरपालिका–९ भुसुण्डेको वाढीपहिरोमा परी १४ जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा १४ जना मध्य २ जनाको मात्र सनाखत भएको छ । १२ जनाको नाम खुल्न सकेको छैन । पहिरोमा परी मृत्यु हुने ढोरपाटन नगरपालिका ९ भट्टेचौर निवासी २६ वर्षीया केशमाया बिक र ढोरपाटन नगरपालिका–९ लाकुरीबोट निवासी ४५ वर्षीय करबहादुर बिकको मात्र सनाखत भएको छ ।पहिरोमा परी ३९ जना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पहिरोमा परी ४ जना सामान्य घाइते भएका छन् । पहिरोले एउटा गाडी, २ वटा मोटरसाईकल बगाएको, साथै ढोरपाटन नगरपालिका–९ सुकुदुङमा रहेको स्वास्थ्य चौकीको भवन, लाकुरीबोट स्वास्थ्य चौकीको भवन लगायत स्थानीय ३१ वटा घर पूर्णरूपमा बगाएर क्षति बनाइदिएको छ । पहिरोले जनचेतना प्राथमिक विद्यालयको ४ कोठे भवन, सरस्वती प्राथमिक ...
पाेखरामा पहिरोले स्काईभेटर पुरिएको, चालक घाइते
समाचार, समाज

पाेखरामा पहिरोले स्काईभेटर पुरिएको, चालक घाइते

नेपाल अखबार,पाेखरा । पोखरामा सडक सडकको पहिरो हटाउने क्रममा स्काभेटर पुरिएको छ । पोखरा महानगरपालिका-१९ बेसीखेत स्थित लामाचौर -पुरन्चौर सडकखण्डमा सडकको पहिरो हटाउने क्रममा सडक माथिबाट पहिरो खस्दा स्काभेटर पुरिएको प्रहरीले जनाएको छ। बिहीबार बिहान ९ : १५ बजे पहिरो  खस्दा स्काभेटर सँगै पुरिदा चालक पोखरा- १९ बस्ने  ४६ वर्षीय बलराम ढुंगाना घाइते भएको गण्डकी  प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । कार्यालयका अनुसार प्रहरीले पहिरोसँगै पुरिएका चालक ढुंगानालाई स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पठाएको छ ।ढुंगानाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।...
बागलुङ बाढी अपडेटः १० जनाको शव फेला, ४१ बेपत्ता
समाचार, समाज

बागलुङ बाढी अपडेटः १० जनाको शव फेला, ४१ बेपत्ता

नेपाल अखबार,बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ। नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बेपत्ताको संख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ। घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए। बाढीले ३१ घरमा पूर्ण क्षति पु¥याएको छ। ‘हालसम्म ४१ जना बेपत्ता भएको सूचना स्थानीयवासीबाट प्रहरीलाई प्राप्त भएको छ’, उनले भए। घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरिरहेको छ। घटनामा हालसम्म चार जना घाइते भएको प्रहरीको भनाइ छ। अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय ...
बागलुङ बाढीमा बेपत्तामध्ये ११ जनाको शव फेला (अपडेट)
समाचार, समाज

बागलुङ बाढीमा बेपत्तामध्ये ११ जनाको शव फेला (अपडेट)

नेपाल अखबार,  बागलुङ। बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएकामध्ये ११ जनाको शव फेला परेको छ । घटनास्थलमा फेला परेका कसैको पनि पहिचान हुन सकेको छैन । बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रकाशसिंह भण्डारीले ११ जनाको शव फेला परेको जानकारी दिए । जसमा ८ पुरुष र ३ महिला रहेका छन् । बाढीमा परी ३६ जना बेपत्ता भएको इन्सपेक्टर भण्डारीले बताए । उनले भने, ‘झन्डै ५० देखि ५५ घर बगाएको छ ।’ सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ । बिहान ४ बजेदेखि हिँडको टोली हालसम्म पनि घटनास्थल पुग्न सकेको छैन । इन्सपेक्टर भण्डारीले भने, ‘घटनास्थलमा...
आज विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना
समाचार, समाज

आज विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना

नेपाल अखबार, पाेखरा। आज (बिहीबार) पनि देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार अहिले (बिहान साढे ६ बजे) पनि गण्डकी र कर्णालीका केही स्थानमा हल्का पानी परिरहेको छ। पूर्वी तराईका एक–दुई जिल्लामा घाम देखिएको छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया बदली (घाम नलागेको, आकाश बादलले ढाकेको) छ। दिउँसो देशका केही स्थान (पूर्वदेखि पश्चिमसम्मै) मा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। ‘आज दिनभर मौसम बदली नै रहने सम्भावना छ,’ मौसमविद् प्रधानांगले बिहीबार बिहान भने, ‘खासगरी दिउँसोपछि पानी पर्ने सम्भावना छ, काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षाको ...