मोहसिन अलि मियाँ
गोरखा – कल्पना नेपाली, गोरखाको आरुघाट गाउँपालिकाकी उपाध्यक्ष हुन् । उपाध्यक्ष हुनपूर्व उनि बिभिन्न सामाजिक संस्थामा काम गर्थिन् । त्यतिबेला दलित भएकै कारण गैर दलित समाजको थुप्रै हेपाई उनले भोगिन् । तर अहिले उनि गाउँपालिकाकै सहायक नेतृत्व पदमा छिन् । तर आज पनि उनि माथीको भेदभाव अझै रोकिएको छैन । ‘उहि समाज हो, हेर्ने दृष्टीकोण उहि छ’ नेपाली भन्छिन् ‘दलितको छोरी त हो, सम्मान किन गर्नुपरयो जस्तो गर्छन ।’
उसो त उनि समाजमा मात्रै होइन, कार्यकक्षमै पनि जातिय विभेदको सिकारमा पर्ने गरेकी छिन् । काम लिएर गएका कतिपय सेवाग्राहीले नै तिमी, तँ जस्ता शब्द प्रयोग गर्न पछि पर्दैनन् । ‘उपाध्यक्ष हुनुअघि भन्दा त अलि सम्मानपूर्वक नै ब्यवहार गर्छन तर केहि गन्यमान्य भनिएकाहरु अफिसमै पनि तुच्छ शब्दमा बोल्न खोज्छन्, हुकुमीशैली देखाउछन्’ आरुघाट गाउँपालिकाकी उपाध्यक्ष नेपालीले हास्दै भनिन् ‘संगै बस...