बाढीपहिरो ज्यान गुमाउनको संख्या ५३,यी हुन् मृतक र बेपत्ता (नामावलीसहित)
नेपालअखबार,काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५३ पुगेको छ ।
नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो ।
जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।
गत शुक्रबार र शनिबार निरन्तर आएको वर्षा र त्यसपछिको बाढीपहिरोले मानवीय र भौतिक क्षति पुर्याएको छ ।
यद्यपि अहिले पनि विभिन्न जिल्लाका विवरणहरू संकलन गर्ने क्रम जारी छ ।
मृत्यु भएकाहरुको विवरण:
सि.नं.
नामथर
लिङ्ग
बर्ष
स्थान
1.
सुरेश लिम्बु
पुरुष
२८
फाकफोकथुम गापा ३ रातमाटे
2.
मन माया क्षेत्री
महिला
६५
सुर्योदय नप...










