Monday, May 25

साहित्य \कला

‘अनुवादक नेपालमा रातारात जन्मिन्छन्’
समाचार, साहित्य \कला

‘अनुवादक नेपालमा रातारात जन्मिन्छन्’

नेपालअखबार, पोखरा । कोही मान्छे चर्चामा आउनुपर्छ त्यसबारे रातारात पुस्तकसम्म निस्किन्छ । त्यसैले अनुवादक उज्ज्वल प्रसाईं भन्छन्, ‘अनुवादक र जीवनीकार रातारात जन्मिन्छन् नेपालमा । राजा ज्ञानेन्द्र मर्नेबित्तिकै कोही एउटा जीवनीकार जन्मिहाल्यो । कोही मान्छे पपुलर भए त्यसको पनि जीवनी अनुवद हुन्छ अनि बजारमा आइहाल्छ ।’ फेवाताल किनार बाराही घाटमा जारी नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार साँझ ‘अनुवादको सन्चो–विसन्चो’ सेसनमा बोल्दै उनले मृत्यु केन्द्रीत अनुवाद बिक्ने गरेको भन्दै थकथकी सुनाए । प्रसाईंकाअनुसार राम्रो अनुवादक जन्माउन नेपालमा त्यसबारे सिकाउने संस्था नहुँदा समस्या पैदा भएको छ । ‘के बिक्छ, के बिक्दैन निर्धारण गर्ने कुरा धेरै हुन्छन् । तर, त्यस्तो किन हुन्छ ? मान्छेको हातमा त्यस्ता चिज किन बढी हुन्छन् ? राम्रो चिज किन बन्दैनन् भन्ने प्रश्न संस्थासँग जोडिन्छ,’ उनी भन्छन्, ‘हामीसँग राम्रो अनु...
नेपाली आधुनिक संगीतको सय वर्ष
समाचार, साहित्य \कला

नेपाली आधुनिक संगीतको सय वर्ष

नेपालअखबार, पोखरा । पोखरामा जारी दशौँ नेपाल लिट्रेचर फेस्टिभलको दोस्रो साँझ पुरानादेखि नयाँ आधुनिक गीतहरुको गाइएको छ। आधुनिक संगीतको सय वर्ष शिर्षकको उक्त सेसनमा कुन्ती मोक्तान, लोचन भट्टराई, शिलाबहादुर मोक्तान लगायतका कलाकारले प्रस्तुति दिएका थिए। गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा नेपाल संगीत नाट्य एकेडेमीको आयोजनामा भएको सेसनमा वि.सं. १९६५ देखि यता विभिन्न काल खण्डका गीतहरु गाइएको थियो। जसमा १९६० को दशकको राणाकालमा, २००० को दशकमा प्रजातन्त्र आइसकेपछि र पञ्चायतकालमा रचिएका तथा गायिएका गीतहरु रहेका छन्। तीत चरणमा विभाजित सांगीतिक कार्यक्रमको सुरुवात नेवारी गीत राजमति खुमतिबाट गरिएको थियो। त्यस्तै वि.सं.२००० भन्दा अघिका केही सिमित गीत मध्ये मेलवादेवीको सवारी मेरो रेलैमा, मित्रसेनको लाहुरेको रेलिमइ, उस्ताद साइलाको रातो ठेकी नारन तथा रेनुदेवी अधिकारीको क्रान्तिकारी गीत नेपाली अघि बढ ...
फिफा विश्वकप २०२२ कतार र नेपाली श्रमिकको भूमिका
विचार, साहित्य \कला

फिफा विश्वकप २०२२ कतार र नेपाली श्रमिकको भूमिका

नेपालअखबार । कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश बन्न सफल भएको छ । जम्मा उनन्तीस लाख जनसङ्ख्या भएको कतार विश्वका अति सम्पन्न देशमा पर्छ । भौगोलिक दृष्टिकोणले सानो तर विकासको गतिमा विश्वलाई नै चकित पर्दै विश्वसामु हिरा जस्तै चम्किदै छ । मुख्य आर्य स्रोतका रुपमा तेल तथा ग्यास निर्यातलाई नै उसको सम्पन्न्ताको कारण मानिएको छ । कतारका महामहिम राजदूत युसुफ मोहम्मदको नेपालमा सफल कुटनितिक तथा कुशल कार्यशैलिका कारण नेपाल र कतार विचको सुम्धुर सम्बन्ध घनिष्ठ हुदै गएको छ । अर्धविकसित देश नेपालले आफ्नो नागरिकका श्रम विभिन्न राष्ट्रहरुमा श्रमिकका रुपमा पठाउने क्रममा औपचारिक रुपमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत सरकारले गर्ने गर्दछ । नेपालको आय स्रोतहरु मध्य बैदेशिक रोजगार पनि एक हो । श्रमलाई विभिन्न राष्ट्रमा श्रमिका रुपमा जाने नेपालीहरुको सिप, क्षमता, अनुशासन र इमान्दारीत...
पोखरामा नेपाल लिटरेचर फेस्टिभल पुस ६ गतेदेखि सुरू
समाचार, साहित्य \कला

पोखरामा नेपाल लिटरेचर फेस्टिभल पुस ६ गतेदेखि सुरू

नेपालअखबार, पोखरा । पुस ६ गतेदेखि पोखरा फेवातालको किनार कला, साहित्य, संगीतदेखि देश, राजनीति र समाजका हरेक विषयका विचार, विमर्श र मन्थनले गर्माउने भएको छ । १० औं नेपाल लिटरेचर फेस्टिभलमा दर्शकले रुचीअनुसारका सत्र र पात्रसँग साक्षात्कार गर्न पाउने भएका हुन् । पुस ११ गतेसम्म चल्ने शब्दहरुको उत्सावमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक विर्मश हुने छ । फेस्टिभलमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मादेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्मलाई सुन्न र हेर्न पाइने आयोजक बुकवर्म फाउण्डेसनका निर्देशक निरज भारीले बताए । फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सह–प्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना...
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीको आत्मकथा ‘केवी’ लोकार्पण
समाचार, साहित्य \कला

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीको आत्मकथा ‘केवी’ लोकार्पण

नेपालअखबार, काठमाडौं । सहकारी अभियन्ता कृष्णबहादुर उप्रेतीको संस्मरणात्मक आत्मकथा ‘केवी’ शुक्रवार लोकार्पण भएको छ । राजधानीमा आयोजित कार्यक्रममा पूर्व मन्त्री लिलामणी पोखरेल, पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई, बैंकका सल्लाहकारहरु केशव निरौला र राधा घले तथा बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले संयुक्त रुपमा लोकार्पण गरेका थिए । पुस्तकमा उप्रेतीको जीवनको आरोह अवरोह, सहकारी र निजी जीवनका प्रेरणादायी घटनाहरुका साथै सहकारी क्षेत्र सम्वद्ध व्यक्तिहरुको उनीसँगको अनुभव समेटिएको छ । २०५२ सालदेखि सहकारी क्षेत्रमा अनवरत संलग्न उप्रेती प्रारम्भिक संस्था, जिल्ला सहकारी संघ हुँदै सहकारी बैंकको अध्यक्ष बनेका हुन् भने राष्ट्रिय सहकारी महासंघको समेत उनी सञ्चालक हुन् । पत्रकार पुरुषोत्तम दाहालले आत्मकथाको समिक्षा गरेका थिए । उनले उप्रेतीको आत्मकथामा इमान्दारिता देखिएको चर्चा गरे ...
मानवअधिकार मानव सभ्यताको उत्कृष्ट उपहार
विचार, साहित्य \कला

मानवअधिकार मानव सभ्यताको उत्कृष्ट उपहार

लेखनाथ सिकारु प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झना स्वरुप यो दिवस मनाउने गरिएको हो । प्रत्येक वर्ष विभिन्न मूल नाराका साथ मनाइने अन्तर्राष्ट्रिय मानव अधिकार दिवस यो वर्ष अर्थात् सन् २०२२ मा “Dignity, Freedom, and Justice for All” "सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय" भन्ने आशय रहेको छ । मानव अधिकारको उक्त घोषणापत्रलाई आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थाको आधार स्तम्भ समेत मानिन्छ । हामी सबैको आधारभूत मानवअधिकारका लागि हामी सबैले आवाज उठाउन पाउँछौ र यो जरुरी पनि छ । मानव जन्मिने बित्तिकै देखि मृत्यु पर्यन्त सम्म एउटा सम्मानित र समान जीवन बाँच्नका लागि चाहिने सम्पूर्ण आधारभूत आवश्यकताहरू मानव अधिकार भित्र पर्दछ । के हो त मानव अधिकार ? मानव अधि...
बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै
शिक्षा, समाचार, साहित्य \कला

बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै

नेपालअखबार, बागलुङ। सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ । ​काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजले शुभारम्भ गरे । रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले २०३१ सालमा स्थापना गरेको उक्त गुरुकुल २०५६ सालमा बन्द भएको थियो । गुरुकुल नचलेपछि यहाँका विद्यार्थीलाई देवघाटधामस्थित गुरुकुल विद्यापीठमा लगिएको थियो । पुनः रामकोटधामबाटै संस्कृत गुरुकुल चलाउने ध्येयले धार्मिक महोत्सव आयोजना गरिएको महोत्सवको प्रमुख सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले बताए । यही मङ्सिर २८ गतेसम्म चल्ने सो महोत्सवमा देशभरबाट सन्त, मह...
के हो लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान
विचार, समाचार, साहित्य \कला

के हो लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

विमला ढकाल ।  लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । सभ्य समाजको पहीचान लैंगीक हिंसा विरुध्दको अभियान भन्ने नारा सहित यो दिवस मनाईदै छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न र परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थाहरुमा महिलाहरुको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तिकरणलाई तीव्रता गराउन यो अभियान हुने गरेको छ । तर, हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन । बोक्सीको ...
आनन अच्युतको ‘ढल्किएको आकाश’ सार्वजनिक
समाचार, साहित्य \कला

आनन अच्युतको ‘ढल्किएको आकाश’ सार्वजनिक

नेपालअखबार,, काठमाडौँ । उपन्यासकार आनन अच्युतको तेस्रो कृति ढल्किएको आकाश शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको छ । नायक आर्यन सिग्देल, साहित्यकार गोविन्द गिरी प्रेरणा, देवनाथ न्यौपाने, रामचन्द्र सिग्देल, पुरुषोत्तम न्यौपाने, सिताराम ढकाल, फिल्म निर्देशक दिनेश राउत र लेखक स्वयम् आनन अच्युतले पुस्तकको संयुक्त विमोचन गरेका थिए । ‘कथामा यौन छ । प्रकृति छ । समाज छ । समाजका मानिसहरुका कथा, व्यथा छन् । परदेशमा बसेर लेखकले नेपाली समाज छाम्ने राम्रो प्रयत्न गरेका छन् ।’ समिक्षक बोधराज पौडेलको टिप्पणी थियो । त्यस्तै अर्का समिक्षक पुरुषोत्तम न्यौपानेले लेखकको लेखन शैली सुन्दर रहेको धारणा राखे । कथा लेखनमा लेखकले केही नयाँ प्रयोग पनि गरेको प्रकाशन गृहका कार्यकारी प्रमुख सूर्य बिसीले जानकारी दिए । बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त कथा संग्रहमा १४ वटा ...
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस र हाम्रो सन्दर्भ
विचार, साहित्य \कला

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस र हाम्रो सन्दर्भ

लेखनाथ सिकारु  ।  आज ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईदै छ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइदै छ ।संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ’को रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि ‘ज्येष्ठ नागरिक उत्थानशीलताः  बदलिँदो विश्वको लागि अपरिहार्यता’ “Resilience of Older Persons in a Changing World" भन्ने मूल विषय निर्धारण गरेको छ । तथ्याङ्कले भन्छ विश्वमा प्रत्येक सेकेन्डमा दुई जना ६० वर्षे ज्येष्ठ नागरिकमा प्रवेश गर्छन् । अहिले विश्वमा ९० करोडक...