Monday, April 20

साहित्य \कला

सात जना श्रष्टालाई सम्मान अर्पण गरिने
समाचार, समाज, साहित्य \कला

सात जना श्रष्टालाई सम्मान अर्पण गरिने

नेपालअखबार,  पोखरा ।  गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गर्न लागेको हो । यसरी सम्मानित हुनेहरुमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका श्रष्टा शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा अम्मर पोखरेली, गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका श्रष्टा आलोक गुरुङ छन् । उनीहरुलाई जनही एक लाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्ला सहित सम्मान अर्पण गरिने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जनाए । यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लमजुङकी माया गुरुङ सम्मानित हुनेछिन् । उनलाई नगद पचास हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ । ...
सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा
समाचार, साहित्य \कला

सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

नेपालअखबार, काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले स्थापना दिवसको अवसरमा विविध विधामा दिइने २०७९ सालको पुरस्कार घोषणा गरेको छ । हरेक वर्ष सङ्गीत, नाटक तथा नृत्य विधामा महत्त्वपूर्ण योगदान पु¥याउने ६ जना श्रष्टा तथा सर्जकलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान गरिन्छ । यस क्रममा २०७९ को सङ्गीत विधातर्फ सङ्गीतकार गणेश रसिक, लोकसङ्गीत विधातर्फ लोकगायक नवीन किशोर राइर्, परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ सङ्गीत साधक विजयकुमार श्रेष्ठलाई पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै, नाटक विधातर्फ प्राडा रामचन्द्र पोखरेल, रङ्गमञ्च विधातर्फ निर्देशक भैरव क्षेत्री तथा नृत्य विधातर्फ लोक नृत्यकार कुलमान नेपालीलाई प्रदान गरिने भएको छ । घोषित पुरस्कार यसै आर्थिक वर्षभित्र राष्ट्रपतिको हातबाट प्रदान गरिने जानकारी गराइयो । यसै गरी विविध सांस्कृतिक प्...
सरकारले ४ खर्बबाट १७ खर्ब ऋणको भार बोकी रहँदा के गर्नु पर्दथ्यो।
अर्थ, विचार, साहित्य \कला

सरकारले ४ खर्बबाट १७ खर्ब ऋणको भार बोकी रहँदा के गर्नु पर्दथ्यो।

सरकारले विदेशी मुद्राको संचित बढाउन विदेशी मुद्रामा ऋण लिने कुरा यदाकदा सुन्नमा आएको छ । यसरी लिएको ऋण तलब भत्ताको साथै निहित स्वार्थको विकाश र सुविधामा खर्चिदै ऋणको भार थप्नु कति सम्म जायज हुन्छ होला? केपी ओली को ३/४ वर्षे शासनकालमा करिब ४ खर्बबाट १६ खर्ब भन्दा बढी बोकाइएको ऋणको भार घटाउनुको सट्टा थपेर कहीले सम्म देश चलाउने र जनताले कति सम्म ऋणको भार बोकिदिनु पर्ने होला। यसरी देश चलाई रहँदा अहिलेका राजनीतिज्ञ र प्रशासकले कस्तो आर्थिक अवस्था भएको देश भावी पुस्तालाई हस्तान्तरण गर्ने भन्ने चिन्तनमा हुनुहुन्छ होला यो सोचनीय विषय बनेको छ । यसो भन्दै गर्दा ऋण लिनै नहुने भन्ने आशय भने पक्कै होइन तर लिएको ऋणलाई उचित खर्च र लगानी गरी दीर्घकालीन रूपमा ऋण लिएर तलब भत्ता र सुविधामा मात्र खर्चनु उचित होइन भन्ने हो । चालुखर्चको लागि मात्र ऋण लिँदा आर्थिक भार मात्र बढाउँछ र देश झन् झन् आर्थि...
केसीका अव्यक्त पीडा र दोषी नजर लोकार्पण, बल्लभलाई सम्मान
समाचार, समाज, साहित्य \कला

केसीका अव्यक्त पीडा र दोषी नजर लोकार्पण, बल्लभलाई सम्मान

नेपालअखबार, पाेखरा । कवि तथा गीतकार देवेन्द्र केसी देवुका पछिल्ला दुई कृतिको शुक्रवार एक समारोह बीच पोखरामा लोकार्पण गरियो । वरिष्ठ संगीतकार शक्ति बल्लभ, वरिष्ठ साहित्यकार सरुभक्त र वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले संयुक्तरूपमा उक्त कृतिको लोकार्पण गरेका हुन् । प्रमुख अतिथि वरिष्ठ संगीतकार शक्ति बल्लभले केसीका सिर्जनासँग जोडिएपछि आफूलाई धेरै पहिलाल उनीसँग जोडिनुपर्ने अनुभूति भएको बताए । उनले केसीका सिर्जना आफूले फेला पारेपछि संगीतका माध्यमबाटै जवाफ दिने गरेको बताए । पोखरा आगमन सन्दर्भमा बोल्दै बल्लभले कार्यक्रमका हिसाबले पोखरा आगमन यो तेस्रो भएको बताए । पहिलो पटक म्यूजिक नेपालले पोखरामा आयोजना गरेको कार्यक्रममा अली मियाँ र ईश्वर बल्लभसँगै रहेको स्मरण गर्दै पोखरालाई साहित्यको राजधानीका रूपमा चित्रण गरे । अनेसासको सम्मानप्रति आभार व्यक्त गर्दै उनले आफू पूर्वको मान्छे भएर पनि प्रिय भूमि ...
एकीकृत समाजवादीको मुखपत्र समाजवाद र कलम एप्स आउँदै
राजनीति, समाचार, साहित्य \कला

एकीकृत समाजवादीको मुखपत्र समाजवाद र कलम एप्स आउँदै

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) को मुखपत्र समाजवाद प्रकाशित भएको छ । पार्टीको यही माघ २१ र २२ गते हुने केन्द्रीय कमिटीको बैठकको उद्घाटन सत्रमा पार्टीको त्रैमासिक मुखपत्र  समाजवाद र कलम एप्स लोकार्पण हुने कार्यक्रम तय भएको छ । समाजवाद र एप्स पार्टीको प्रचार विभागले प्रकाशन तथा सार्वजनिक गर्न लागको हो । समाजवादमा १४ जना नेताहरूको महत्वपूर्ण सामाग्रीहरू रहेका छन् । १७८ पृष्ठको समाजवादमा पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिष्ट पार्टीको क्रान्तिकारी पूनर्गठन , सम्मानित नेता झलनाथ खनालको समाजवादी जनप्रतिनिधि र हाम्रो कार्यदिशा, उपाध्यक्ष प्रमेश हमालको कम्युनिष्ट पार्टीमा विचार धारात्मक काम, उपाध्यक्ष जयन्ती राईको नेपालमा वर्ग र वर्ग सङ्घर्षको अवस्था ,महासचिव डा. वेदुराम भुसालको सङ्ख्यामा व्यापक गुणमा उन्नत पार्टी निर्माण गरौं रहेका छन् । पुस्तकमा उपमहासचिव डा. गं...
जातभन्दा माथि नौमती बाजा
समाचार, समाज, साहित्य \कला

जातभन्दा माथि नौमती बाजा

नेपालअखबार,  विराटनगर। दलित समुदायका व्यक्तिले मात्र बजाउने बाजाको रूपमा नौमती बाजालाई लिने गरिन्थ्यो। विगत समयमा बाहुन, क्षेत्री समुदायका व्यक्तिलाई नौमती बाजा छुन र बजाउन बन्देज थियो। तर परिवर्तनशील समयसँगै पुरातन सोचमा परिवर्तन आएको छ। हाल नौमती बाजा जातभन्दा माथि उठेको छ। कुनै बेला अछुतझैँ सम्झिने नौमती बाजालाई बाहुन, क्षेत्री समुदायका पुरूषमात्रै होइन, महिलाले पनि बढो गर्वका साथ बजाउन थालेका छन्। झापाको कन्काई नगरपालिका–१ स्थित कन्काइ नमूना नौमती बाजा समूह नौमती बाजा बजाउन मुलुकको कैयौँ स्थानको भ्रमण गरिसकेको छ। विराटनगरमा बिहीबार सिएनआइ एक्स्पो–२०७९ को उद्घाटन समारोहमा बाजा बजाउन आएको यो समूहले धेरै अवलोकनकर्ताको ध्यान खिच्न सफल भएको थियो। ठाउँ–ठाउँ पुगेर नौमती बाजा बजाएर उद्यमशीलताको प्रवर्द्धनमा महिला समूहको योगदान देखेर अन्य महिलामा पनि केही गरौँ भन्ने प्रेरणा जागेको छ...
राष्ट्रिय राजनीति र स्ववियू निर्वाचन
राजनीति, विचार, साहित्य \कला

राष्ट्रिय राजनीति र स्ववियू निर्वाचन

राजनीति बास्तबमै बुझे जस्तो अनि बुझ्न एकदमै अफ्ट्यारो बिषयबस्तु हो जस्तो लाग्छ । आज म जे जती यस बिषयमा लेख्दै छु त्यो सबै भाबनात्मक रूपमा बुझेको राजनीति रहने छ । राज्यको नीति वा राज गर्ने नीति जुनसुकै रूपबाट लिनुहोस आखिर कुरा उही नै हो । राजनीति बुझ्दिन र जान्दिन भन्ने छुट कोही पनि जनतालाई छैन जस्तो लाग्छ । गोपाल बंश देखी बिभिन्न कालखण्ड पार गर्दै बाईसे चौबिसे राज्यको एकिकरण पश्चात नै नेपाल आधुनिक राजनीतिमा प्रबेश गर्यो । त्यपश्चात पनि राणा शासन, पंचायत लोकतन्त्र , गणतन्त्र को प्रतिफल स्वरूप “नेपालको संबिधान “२०७२ मा जारी भयो । नेपाली जनताले ७० बर्ष देखि आशा गरे अनुरूपको विश्वकै उत्कृष्ट संबिधान कार्यन्वयनमा आयो । त्यो क्षण नेपाली जनताको लागी राजनैतिक रूपमा महान चाड स्वरूप थियो । नेपाली जनताको आशा थियो अब देशमा यूवा पिढिले शासन संचालन गर्ने छन र समृद्द नेपाल सुखी नेपाली को नारालाई सर...
सुविन भट्टराई : कथाकी पात्रदेखि इजोरियासम्म…
समाचार, साहित्य \कला

सुविन भट्टराई : कथाकी पात्रदेखि इजोरियासम्म…

नेपालअखबार, पोखरा। सञ्चारकर्मी अच्युत घिमिरेको ‘श्रुतिसंवेग’मा एकपटक लगातार इमेल आउन थाल्यो, ‘समर लभ पढिदिनुपर्यो।’ लगातार इमेल आइसकेपछि उनले सुविन भट्टराईको ‘समर लभ’ पढे। यति धेरै प्रतिक्रिया आउन थाल्यो उनी उनी चकित परे। एकैपटक ४ हजार स्रोताले रेडियो सुन्न थाले। उनै चर्चित लेखक सुविनसँग भेट्ने समय मिलाए। ‘भेट्दा मलाई उनी सुविन हैन जस्तो लाग्यो। यति चर्चित मान्छे, तर यति सरल,’ अच्युतले सुनाए। ठूलो युवा जमातमा पठनसंस्कृति बढाउने लोकप्रिय लेखक सुविनसँग जमिरहेका थिए सञ्चारकर्मी घिमिरे। पोखरामा जारी १०औं नेपाल लिट्रेचर फेस्टिभलको एउटा सेसन थियो, ‘कथाकी पात्रदेखि इजोरियासम्म।’ केही महिनाअघिमात्र सुविनको नयाँ उपन्यास ‘इजोरिया’ बजारमा आयो। सुविनका अनुसार उक्त पुस्तक हालसम्म ६० हजार प्रति छापिइसक्यो। त्यो बजारमा सकिन लागेको संकेत पाएका छन् उनले। प्रिय सुफीसम्म’ प्रेम कथा लेखेका सुविनलाई यसपट...
नेपाली रैथाने संगीत किन पुग्न सकेन इन्टरनेसनल प्लेटफर्ममा?
समाचार, साहित्य \कला

नेपाली रैथाने संगीत किन पुग्न सकेन इन्टरनेसनल प्लेटफर्ममा?

नेपालअखबार, पाेखरा । नेपालमा जातीय र भाषिक विविधता जति धेरै छन्, उति नै विविध संगीत पनि छन्। संगीतभित्रको यो विविधता हाम्रो देशको सांस्कृतिक पहिचानको आधार बन्न सक्छ। तर यस्ता संगीत विभिन्न कारणले नेपाली संगीत मानिने भन्दा भाषिक, क्षेत्रीय वा जातीय संगीतका रुपमा सीमित गरिएको छ। विभिन्न भाषा र जातिले अँगाल्दै–बचाउँदै आएको नेपाली रैथाने गीतसंगीतलाई मनोरञ्जनभन्दा माथि उठेर हेर्न नसकिएकोले यस्तो अवस्था आएको गायिका झूमा लिम्बूले बताएकी छन्। बुकवर्म फाउन्डेसनद्वारा आयोजित पोखरामा जारी १० औं नेपाल लिटरेचर फेस्टिभलको ‘संगीतमा रैथाने लय’ विषयक सत्रमा बोल्दै गायिका लिम्बूले भनिन्, ‘रैथाने संगीतलाई मन पराउने समूहसानो भएकोले यसमा काम गर्ने कलाकारहरुले जीविकोपार्जनका लागि संघर्ष गर्नु परिरहेको छ।’ त्यसैले रैथाने गीत–संगीतलाई मनोरञ्जनभन्दा माथि उठेर हेर्नुपर्ने जोड पनि दिइन्। सेवा भट्टराईले सहजीकरण गर...
दुर्गमका सर–मिस
समाचार, साहित्य \कला

दुर्गमका सर–मिस

नेपालअखबार, पोखरा । गएको भदौमा शिक्षक सेवा आयोगले माविस्तरीय १५ सय जना शिक्षक माग गर्दै विज्ञापन निकाल्यो । तर, उक्त परीक्षामा करिब ११ सय जनामात्रै उत्तीर्ण हुन सके । बाँकीले न्यूनतम अंक पनि पूरा गर्नै सकेनन् । खोलिएको विज्ञापनमा पनि ४ सयजनाको दरबन्दी फेरि रिक्त हुन पुग्यो । त्यसमा पनि शिक्षक सेवा आयोग पास गरेका केहीले लोकसेवामा नाम निकाल्दै नियुक्ति पत्र लिनै आएनन् । आखिर किन यस्तो भइरहेको छ त ? शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालको टिप्पणी छ, ‘नेपालमा शिक्षण पेशाप्रति बढ्दै गएको वितृष्णा र अरुचि ।’ पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करणमा भएको ‘दुर्गमका सर–मिस’ विषयक सत्रमा नेपालको दुर्गम क्षेत्रको शैक्षिक अवस्थाबारे अन्तरंग कुराकानी भएको थियो । दाहालले सहजीकरण गरेको उक्त सत्रमा वक्ताका रुपमा पमा गुञ्जनसँगै मोइन उद्दिन र मिङ्मा तेञ्जिङ केसी सहभागी थिए । उनीहरुले आफूहरुल...