Tuesday, October 14

सेयर मार्केट

अभियान लघुवित्तको आईपीओ बाँडफाँट, ९१ हजार ३७५ ले पाए १० कित्ता
समाचार, समाज, सेयर मार्केट

अभियान लघुवित्तको आईपीओ बाँडफाँट, ९१ हजार ३७५ ले पाए १० कित्ता

नेपाल अखबार, काठमाडौं ।अभियान लघुवित्त वित्तीय संस्थाको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कानस (आईपीओ) बाँडफाँट भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सोमबार बिहिान आईपीओ बाँडफाँट गरेको हो ।लघुवित्तले १८ साउनदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण निष्कासन गरेको थियो। जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।...