Friday, July 10

स्वास्थ्य

कोरोनाबाट ब्राजिलमा पनि एक लाख नाघ्यो मृत्यु संख्या, अरु देशमा कति पुग्यो?
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाबाट ब्राजिलमा पनि एक लाख नाघ्यो मृत्यु संख्या, अरु देशमा कति पुग्यो?

नेपाल अखबार, एजेन्सि। दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरस संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ब्राजिलमा ३० लाखभन्दा बढी मानिस कोरोना संक्रमित छन् । करिब २१ करोड २० लाख जनसंख्या रहेको ब्राजिल विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमध्ये दोस्रो हो । पहिलो सर्वाधिक असर परेको मुलुक संयुक्तराज्य अमेरिका हो । ब्राजिलमा पछिल्लो २४ घण्टामा ९०५ जनाको ज्यान गएको छ भने एकै दिन ४९ हजार ९७० जनामा संक्रमण देखिएको छ । कोरोनाभाइरस संक्रमणबाट विश्वमा सर्वाधिक धेरै व्यक्तिको मृत्यु भएका १५ मुलुकहरुः क्र.सं.  मुलुक                           कुल संक्रमित         निको भएका                   मृत्यु १. संयुक्तराज्य अमेरिका                 ५१,४९,७२३           २६,३८,४७०                 १,६५,००० २. ब्राजिल                                     ३०,१३,०००     ...
भारतमा कोरोना संक्रमित २१ लाख ५३ हजार
विश्व, स्वास्थ्य

भारतमा कोरोना संक्रमित २१ लाख ५३ हजार

नेपाल अखबार, एजेन्सी । भारतमा विगत २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३ सय ९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमित व्यक्तिमध्ये ८ सय ६१ जनाको मृत्यु भएको छ । भारतमा यो सहित मृत्यु भएका व्यक्तिको कूल संख्या ४३ हजार ३ सय ७९ पुगेको छ । साथै कूल संक्रमितको संख्या पनि २१ लाख ५३ हजार नाघेको छ । स्वास्थ्य अधिकारीहरुले कूल संक्रमितमध्ये १४ लाख ८० हजार ८ सय ८५ जना निको भएर डिस्चार्ज भएका छन् । अहिले पनि ६ लाख २८ हजार ७ सय ४७ जना विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका छन् । भारतीय चिकित्सा अनुसन्धान परिषदले अगष्ट ८ का दिन ७ लाख १९ हजार ३ सय ६४ जनाको परीक्षण गरिएको जनाउँदै कोरोना संक्रमण देखिन थालेयता हालसम्म कूल २ करोड ४१ नमुना परीक्षण गरिएको बताएको छ । रासस...
पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा पछिल्लो १४ घण्टामा १ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना संकलनका क्रममा १ जना थपिएका हुन् । थप भएका संक्रमित पर्वतको कुश्मा नगरपालिका ४ का २३ वर्षीय पुरुष रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । संक्रमितलाई आइसोलेसन कक्षमा लगिसकिएको समेत प्रतिष्ठानले बताएको छ । योसंगै प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ६ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा क्षयरोग उपचार केन्द्र पोखरामा पोखराका कुल ४ सय ६८ जनाको नमुना परीक्षण भएको छ । तीमध्ये कास्कीका १ सय ५७ सहित नवलपुर (ब.पु.पू) का १ सय ८८, तनहुँका ८१, लम्जुङका १, स्याङ्जाका २५, पर्वतका १० जनाको नमुना परीक्षण गरिएको हो । नमुना परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको बताइएको छ । त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २४ घण्टाको अवधीमा २...
चितवन जिल्ला प्रहरी कार्यालयका १२ कर्मचारी क्वारेन्टिनमा
प्रशासन, समाचार, स्वास्थ्य

चितवन जिल्ला प्रहरी कार्यालयका १२ कर्मचारी क्वारेन्टिनमा

नेपाल अखबार, चितवन । चितवनका दुई प्रहरी र एक बन्दी (थुनुवा) मा कोरोना संक्रमण देखिएको छ। जसका कारण चितवन जिल्ला प्रहरी कार्यालयका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ। चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुर अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा इलाका प्रहरी कार्यालय (टाडी) मा कार्यरत एक प्रहरी, जिल्ला ट्राफिक कार्यालय (चितवन) मा कार्यरत एक कर्मचारी र जिल्ला प्रहरी कार्यालय (चितवन) को हिरासतमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो। उनीहरूको कन्ट्याक्ट ट्रेसिङका क्रममा जिल्ला प्रहरी कार्यालयका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको चितवन प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय (टाडी) का ती प्रहरी बिदाबाट फर्किएर आएको र क्वारेन्टिनमै रहेका बेला उनका कोरोना संक्रमण पुष्टि भएको हो। हिरासतमा रहेका सबैको तत्काल पीसीआर परीक्षण गरिने ...
काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा

नेपाल अखबार, काठमाडौँ  ।  तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो । विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउँछन् । उनका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ । भौतिक दूरी कायम गर्ने कुरामा समेत ध्यान कम छ । भीडभाड बढ्दो छ । यातायातमा समेत मापदण्ड प्रयोग गर्न सकिएको छैन ।खुलम्खुला मानिस भित्रिरहेका छन् । यी विभिन्न कारणले उपत्यकामा कोभिड–१९ फैलाउन मद्दत गरेको...
प्रदेश ५ की सांसद केसीलाई कोरोना संक्रमण
प्रदेश ५, समाचार, स्वास्थ्य

प्रदेश ५ की सांसद केसीलाई कोरोना संक्रमण

नेपाल अखबार, बुटवल ।  प्रदेश ५ की सांसद कृष्णा केसीलाई (नमुना ) कोरोना संक्रमण भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की केसीले गए राति फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको उल्लेख गरेकी छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेसनमा बस्न र पिसीआर परीक्षण गराउन आग्रह समेत गरेकी छिन् । उनले फेसबुकमा लेखेकी छन् ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्ता यता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पिसीआर जाँच गराउन अनुरोध गर्छु ।’ भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसीआर परीक्षणमा शनिबार बाँकेका ७ महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए । सांसद केसी कोरोना महामारीकै बीच आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा विभिन्न कार्यक्रममा सहभागी भएको बताएको छन् । उनको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ । रुघाखोकी लाग्न थालेपछि उनी कोरोनाको आशंकामा परीक्षण गराउन अस्पताल ...
पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल अखबार, पाेखरा। पोखरामा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो । प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले दिएको जानकारीअनुसार उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उनको उपचार हुँदै आएको थियो । उनी डायबिटिजबाट समेत पीडित थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएको यो तेस्रो घटना हो । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ ।...
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो

नेपाल अखबार, काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पछिल्लो विवरणअनुसार थप ३ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७३ पुगेको हो । ३ मृतकमा पर्साका ७४ वर्षीय पुरुष, मोरङका ५८ वर्षीय पुरुष र काठमाडौंको टोखाकी ४१ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षीया महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै पर्साको वीरगञ्ज महानगरपालिका ३ छप्कैयाका ७४ वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो । मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी  मोरङको विराटनगर महानगरपालिका ९ का ५८ वर्षीय पुरुषको पनि साउन २३ गते उपचारका क्रममा कोसी अस्पताल...
देशभर ३७८ जना कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

देशभर ३७८ जना कोरोना संक्रमित थपिए

जेपनल अखबार, काठमाडाैं। बितेको २४ घण्टामा देशभर थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ३७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जनासमेत रहेका छन् ।  यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४९९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसँगै कुल निको हुने संख्या १६ हजार ३१३ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७८८ जनाको परीक्षण भएको छ भने हाल सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ । मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा ४ सय ७८, प्रदेश नम्बर २ मा २ हजार ९ सय २९, बागमती प्रदेशमा १ हजार २९ र गण्डकी प्रदेशमा २ सय ४२ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ९०, कर्णाली प्रदेशमा ...
पोखराका ३ सहित गण्डकीका थप २४ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका ३ सहित गण्डकीका थप २४ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । पोखरा महानगरका ३ सहित गण्डकीमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान पोखरा महानगर वडा नम्बर १७ का १  जना पुरुष  तथा वडा ९ का १ -१ महिला  पुरुषसहित गण्डकी प्रदेशका ४  जिल्लाका थप २४  जनमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । निर्देशनालयका अनुसार कास्कीका २  पुरुष तथा एक महिलासहित बागलुङका १३ जना पुरुष , स्याङ्जाका ७ जना पुरुष र म्याग्दीका १ पुरुषमा कोरोना देखिएको हो । संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६  सय ११  पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमण मुक्त हुनेको संख्या १४४३ पुगेको पनि निर्देशनालयले जनाएको छ ।...