१२ जना संक्रमित २ दिन देखि सम्पर्कविहीन
नेपाल अखबार, काठमाडौं । काठमाडौंमा बिहीबार कोरोना संक्रमण देखिएकामध्ये पाँच जना सम्पर्कविहीन भएका छन् । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार रातिसम्म ८२ जनाको व्यवस्थापन भएको र ५ जनासँग सम्पर्क हुन नसकेको बताएको छ ।
योसँगै बुधबार र बिहीबार संक्रमण पुष्टि भएका १२ जना सम्पर्कविहीन भएका छन् । ‘१२ जनाको नै फोन लगाउँदा गलत नम्बर भन्छ,’ इडिसिडीका बरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला भन्छन्, ‘गलत नम्बर मात्र होइन, बस्न ठेगानासमेत गलत टिपाएका छन् ।’
कोइरालाका अनुसार बुधबार १६ जना संक्रमित सम्पर्कविहीन थिए । तर विहीबार १० जना सम्पर्कमा आए, फेरि विहीबार देखिएका संक्रमितमध्ये ५ जना सम्पर्कविहीन छन् । ‘ती आज सम्पर्कमा आउलान् कि ?’ कोइरालाले भने ।
यसअघि पनि पटक–पटक संक्रमितहरु सम्पर्कविहीन छन् । तीमध्ये केही आफैं सम्पर्कमा आएको र केही अझै सम्पर्कमा नआएको कोइराला बताउँछन् । ‘पछिल्लो सात...
