Monday, August 31

स्वास्थ्य

नेपालमा थप ३ सय ६० जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

नेपालमा थप ३ सय ६० जनामा कोरोना संक्रमण

नेपाल अखबार, पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ६ हजार ६ सय २२ जनाको कोरोना भाइरस परीक्षण गर्दा ३ सय ६० जनामा पुष्टि भएको जानकारी दिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । त्यस्तै आज कोरोना संक्रमणमुक्त भएर २ सय ३३ जना डिस्चार्ज भएका छन् । आजसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ जना पुगेको छ । त्यस्तै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६५ पुगेको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन् ।...
कोरोना संक्रमणबाट ५ जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट ५ जनाको मृत्यु

नेपाल अखबार, काठमाडाैं। पछिल्लो २४ घण्टामा कोरोनाभाइससबाट थप ५ जनाका मृत्यु भएको छ । सर्लाहीका १ मोरङ २, धनुषाका १, सप्तरीका १ जना गरी ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
पोखरामा आइसोलेसन भरिएपछि संक्रमितलाई घरमा नै बस्न सुझाव
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा आइसोलेसन भरिएपछि संक्रमितलाई घरमा नै बस्न सुझाव

नेपाल अखबार, पाेखरा। कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गर्दा पोखरामा आइसोलेसन वार्ड भरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पतालमा आइसोलेसनको लागि बनाइएको ४० बेड भरिएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताएका छन् । आचार्यका अनुसार अहिलेको अवस्थामा थप संक्रमितलाई अस्पतालमा राख्ने अवस्था छैन । प्रदेश सरकारले कोरोना तयारीको ठुलाठुला हल्ला गरे पनि त्यसको तयारी भने गरेको देखिँदैन । आइसोलेसन त भरिएछ थप संक्रमितको उपचारका लागि के व्यवस्था छ भन्ने प्रश्नमा जिल्ला जनस्वास्थ्य कार्यालयका निर्देशक बाबुराम आचार्य भन्छन्, ‘गण्डकी अस्पतालको आइसोलेसन भरिएको छ । निको भएका विरामीलाई घर फर्काएर दुईचार सिट म्यानेज गर्ने सोचेका छौँ । अर्को कुरा होम आइसोलेसन कार्यविधि पनि बनेको छ । होम आइसोलेसनमा बस्न सक्नेहरुलाई हामीले होम आइसोलेसनमा नै बस्न सुझाव दिएका छौँ । कास्की कै लेखनाथमा रह...
स्वास्थ्य मन्त्री ढकाल : परिस्थितिको समीक्षापछि मात्रै स्कुल र हवाई यातायातबारे निर्णय गरिने
प्रशासन, समाचार, स्वास्थ्य

स्वास्थ्य मन्त्री ढकाल : परिस्थितिको समीक्षापछि मात्रै स्कुल र हवाई यातायातबारे निर्णय गरिने

नेपाल अखबार, काठमाडाैं। कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारले भदौ पहिलो साता परिस्थितिको समीक्षा गरेर मात्रै स्कुल र हवाई यातायात सञ्चालनबारे आवश्यक निर्णय गरिने जनाएको छ। यसअघि सरकारले यी क्षेत्र भदौ १ बाट सञ्चालन गर्ने बताएको थियो। स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्कुल–कलेज र हवाई यातायात सञ्चालनबारे समीक्षापछि मात्र निर्णय गरिने बताए। सरकारले बिहीबारदेखि नै सडक यातायातमा जोरबिजोर प्रणाली लागू गरिसकेको छ भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ। बुधबार मन्त्रालयले सञ्चारकर्मीहरुसँग गरेको अन्तक्र्रियामा स्वास्थ्यमन्त्री ढकालले परिस्थिति नियन्त्रणबाहिर नगएको दाबी गरे। ‘मन्त्रालयले यसअघि साउन २५ गते संक्रमितको संख्या उच्चबिन्दुमा पुग्ने र भदौ २ गतेसम्म त्यो कायम रहने अनुमान गरेको थियो। तर हिजो (साउन २०) गतेसम्मको अवस्थामा हेर्दा संक्रमणको संख्या अनुमान गरिएको भन्दा...
बच्चाहरुबाट कोरोनाभाइरसको संक्रमण झनै छिटो सर्न सक्ने
शिक्षा, समाचार, स्वास्थ्य

बच्चाहरुबाट कोरोनाभाइरसको संक्रमण झनै छिटो सर्न सक्ने

नेपाल अखबार, एजेन्सि। यतिखेर शैक्षिक वर्ष खेर जान नदिने नामममा स्कुलहरु खोलिनुपर्छ भन्नेबारेमा आवाजहरु उठ्न थालेका छन् । सरकारको एउटा तप्काको सोच पनि त्यहीअनुसार देखिन्छ । कुराहरु सुन्दा र पढ्दा आम जनताको प्रतिक्रिया हेरेर सक्यो भने सरकारको तयारी भदौदेखि नै भर्ना प्रक्रियाको थालनी गरेर यथासक्य स्कुलहरु खोल्नुपर्छ भन्ने पक्षमा देखिन्छ । विश्व महाशक्ति अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष जोडबल पनि कोरोनाभाइरसको महामारीका बीच स्कुलहरु सञ्चालन हुनुपर्छ भन्ने देखिन्छ । यो कुरालाई उनकै टीमका स्वास्थयविद्हरुले पनि घातक हुने भनेर बारम्बार चेतावनी दिँदै आएका छन् । यसबीच अध्ययनहरुले देखाएको छ, सार्स–कोभ–२ नाम दिइएको कोरोनाभाइरसको संक्रमण वयस्कहरुमा भन्दा पनि युवा बच्चाहरुमा बढी घातकताका साथ सर्ने गरेको छ । यो अवस्थामा स्कुलहरु हतारिएर खोल्नु अत्यन्तै जोखिमपूर्ण हुने देखिन्छ । अमेरिका र इटाली...
अख्तियारका २० कर्मचारीमा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

अख्तियारका २० कर्मचारीमा कोरोना पुष्टि

नेपाल अखबार, काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी दिए । यसअघि आयोगमा १५ जना कर्मचारीमा सङ्क्रमण देखिएको थियो । ती सङ्क्रमण देखिएका अधिकांश अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी छन् । यसैगरी गत मङ्गलबार नै महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीमा गरेको परीक्षणमा भने सङ्क्रमण नदेखिएको पौडेलले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब सङ्कलन गरिएको थियो । अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्र...
प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास सुरक्षार्थ खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार निवासमा कार्यारत सुरक्षाकर्मीको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा गेटमा खटिएका सेन्ट्री गार्डहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रचण्डको परिवारका सदस्यहरुमा भने कोरोना देखिएको छैन ।...
पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ९ मा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ९ मा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणको संख्या १ हजार ५ सय ७५ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरा महानगरपालिकाका ४ सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १ हजार ५ सय ७५ पुगेको हो ।संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नम्बर ८ का ७२ वर्षीया १ जना महिला छिन् भने अन्य ३ जना सोही वडाका ७ र १४ वर्षीया बालक सहित ८२ वर्षीया वृद्ध छन् । त्यस्तै तनहुँको ब्यास नगरपालिका वडा नम्बर ४ का २७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पर्वतको महाशिला गाउँपालिका वडा नम्बर ४ का ४० वर्षीया पुरुष, गोरखाको पालुङटार वडा नम्बर १ की ३९ वर्षीया महिला र स्याङ्जाको फेदीखोला गाउँपालिकाका २७ र ३१ वर्षीया पुरुषमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकार...
विराटनगरमा १३ जना संक्रमित थपिए
प्रदेश १, समाचार, स्वास्थ्य

विराटनगरमा १३ जना संक्रमित थपिए

नेपाल अखबार,  विराटनगर । विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार बिहीबार बिहान पाँच महिला र आठ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनका अनुसार कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गराउँदा विराटनगर महानगरपालिकाका–२, ६, ७, ८, १०, ११, र १३ नम्बर वडाका वासिन्दामा कोरोना देखिएको छ । विराटनगर २ का १ जना, ६ का १ जना, वडा नम्बर ७ का १ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर १० का १ जना, वडा नम्बर ११ का ४ जना र वडा नम्बर १३ का ३ जना छन् । संक्रमितमध्ये तीन पुरुष र एक महिलाको उमेर खुलेको छैन । अरु २४ देखि ६० वर्ष उमेरसम्मका छन् । नयाँ १३ जना थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या एक सय ८३ पुगेको छ ।...
वीरगन्जमा ४२ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगन्जमा ४२ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अलि, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,  बैंक कर्मचारी डाक्टर सहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षका देखि ७३ वर्ष सम्म रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार बिहिबार बिहान संक्रमण पुष्टि भएका ४२ जनामा वीरगन्ज ब्यारेकका १२ जना नेपाली सेना रहेका छन जस मध्ये ७ जना वीरगन्ज कारागारमा सुरक्षार्थ खटेका छन् भने वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणमा कार्यरत ५ जना रहेका छन् । नेपाल इनभेस्टमेन्ट बैंक वीरगन्ज शाखामा कार्यरत २८ बर्षका १ जना पुरुष रहेको छ । वीरगन्ज महानगरपालिकाका वडा नम्बर १० की ३५ बर्षिय नारायणी अस्पतालमा उपचारर्थ १ जना म...