Thursday, August 6

स्वास्थ्य

पर्सामा थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अली, वीरगञ्ज। पर्सामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण बुधबार २६ जना महिलासहित कुल १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्ज कारागारका प्रमुखसहित १३३ जनामा कोरोना सक्रमणको पुष्टि भएको हो, जसमध्ये बाराका एक क्वारेन्टाइनका १७ जना रहेका छन् । कोरोना पुष्टि भएकाहरु ५ वर्षदेखि ६० वर्ष उमेर समूहका रहेका नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी गराए । वीरगञ्ज महानगरपालिका विर्तास्थित त्रीजुद्व स्कुलको क्वारेन्टाइनका ७६ जना, वीरगञ्ज कारागारका ३२ जना, बाराको सिमरास्थित क्वारेन्टाइनका १७ जना, वीरगञ्ज मेयरका कन्ट्र्याक्ट ट्रेसिङ्गका अधारमा थप ५ जना, कोभिड अस्पताल गण्डकका २ जना र नेशनल मेडिकल कलेजका १ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । कोरोना पुष्टि भएकाहरुमध्ये अधिकांशमा कोरोनाको लक्षण देखिएको छैन ...
बुधबार थपिए ३ सय ८१ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

बुधबार थपिए ३ सय ८१ कोरोना संक्रमित

नेपाल अखबार, पोखरा । नेपालमा बुधबार थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ। यसै गरी पछिल्लो २४ घण्टामा १ सय ३० जना निको भइ घर फर्किएका छन् । यससँगै १५ हजार १ सय ५६ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० रहेको छ।‍...
कपिलवस्तुको कृष्णनगरमा ५ सरकारी कर्मचारीमा कोरोना
समाचार, स्वास्थ्य

कपिलवस्तुको कृष्णनगरमा ५ सरकारी कर्मचारीमा कोरोना

नेपाल अखबार, बुटवल । कपिलवस्तुको कृष्णनगरमा ५ जना सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । पाँचजना मध्ये दुईजना कृष्णनगर नगरपालिकाको महिला विकास शाखामा कार्यरत ३२ वर्षीया महिला र २९ वर्षका पुरुष छन् । नगरपालिकामा कार्यरत कर्मचारीहरुमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाले जनाएको छ । यस्तै कृष्णननगरकै दिव्यानगर स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले जानकारी दिए । यसैगरी कृष्णननगर नगरपालिकामा रहेको नेपाल बैङ्क लिमिटेडको शाखा कार्यालयमा कार्यरत दुईजना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये एकजना महिला र एकजना पुरुष छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएका पाँचै जनामा कुनै पनि लक्षण भने नदेखिएको फोकल पर्सन थापाले बताए । उनीहरु सबै अहिले होम क्वारेन्टि...
पोखराका १ सहित गण्डकीका थप ३ मा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका १ सहित गण्डकीका थप ३ मा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पोखरा महानगरका १ सहित गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार दिउँसो गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५५ पुगेको छ । बुधबार संक्रमण पुष्टि हुनेहरुमा पोखराका एक ३८ वर्षीय पुरुष तथा बाग्लुङका एक ३४ वर्षीय पुरुष र २५ वर्षीया महिला रहेको निर्देशनालयले उल्लेख गरेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमण मुक्त हुनेको संख्या १३६२ पुगेको पनि निर्देशनालयले जनाएको छ |...
भारतमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या १९ लाख नाघ्यो
विश्व, स्वास्थ्य

भारतमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या १९ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सी । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १९ लाख नाघेको बुधबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ५०९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १९ लाख ८ हजार २५४ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८५७ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३९ हजार ७९५ जना पुगेको छ ।  सरकारी अधिकारीका अनुसार  भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये बाह्र लाख ८२ हजार २१५ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा मङ्गलबार कोरोना भाइरस निको हुने क्रम ६६।३० प्रतिशतले बढेको पाइएको छ । हाल भारतमा पाँच लाख ८६ हजार २४४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् । भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलन...
कोरोना संक्रमणबाट पर्सामा थप एकको मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट पर्सामा थप एकको मृत्यु

इरफान अलि  वीरगन्ज । कोरोनाभाइरस संक्रमणबाट पर्सामा थप १ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए । वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान ५ बजे मृत्यु भएको सिंहले पुष्टि गरे । साउन १८ गते नारायणी अस्पतालमा गरिएको पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राति कोभिड १९ संक्रमण पुष्टि भएको थियो । महुमेहका रोगी उनमा खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो । सोमबार मात्रै पर्साको जिल्लाको पोखरीया नगरपालिका वडा नम्बर ८ की १८ वर्षिया युवतीको मृत्यु भएको थियो । सोमबार राति मृत्यु भएकी युवतीमा  मंगलबार अबेर कोरोना संक्...
रुसको कोरोना भ्याक्सिनमा डब्ल्यूएचओलाई शंका किन ? बताए यस्तो कारण
विश्व, स्वास्थ्य

रुसको कोरोना भ्याक्सिनमा डब्ल्यूएचओलाई शंका किन ? बताए यस्तो कारण

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंगलबार रुसको भ्याक्सिनको विषयमा शंका जताएको छ । रुसले अक्टोबर महिनादेखि कोरोना भाइरसको भ्याक्सिनको उत्पादन गर्दैछ । विश्व स्वास्थ्य संगठनले भ्याक्सिन उत्पादनका लागि दिशानिर्देश बनाएको छ । विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिस्टियन लिंडमियरलाई यूएन पत्रकार सम्मेलनको क्रममा यदि कुनै भ्याक्सिनको तेस्रो चरणको ट्रायल नगरीकनै त्यसको उत्पादनका लागि लाइसेन्स जारी गरिन्छ भने के संगठनले यसलाई खतरनाक मान्छ ? भन्ने प्रश्न सोधियो । रुसका स्वास्थ्यमन्त्रीले शनिबार उनको देशले अक्टोबर महिनादेखि कोभिड–१९ विरुद्ध ठूलो स्तरमा भ्याक्सिन अभियान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएका थिए । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले पत्रकारसँगको कुराकानीमा भ्याक्सिनको कुनै शूल्क नलिइने र सबैभन्दा पहिले डाक्टर र अध्यापकलाई दिइने बताए । रुसी स्वास्थ्यमन्...
पर्सामा कोरोनाका कारण १८ वर्षीया युवतीको मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा कोरोनाका कारण १८ वर्षीया युवतीको मृत्यु

इरफान अलि , वीरगन्ज । पर्सामा कोरोना संक्रमणका कारण थप १ जनाको ज्यान गएको छ । पर्साको जिल्लाको पोखरीया नगरपालिका वडा नम्बर ८ घर भइ हाल वडा नम्बर ९ बरवा गाँउस्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । सोमबार राति मृत्यु भएकी युवतीमा  मंगलबार अबेर राति कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार ज्वरो र पखाला लागेपछि ती युवतीलाई एम्बुलेन्समा राखेर उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो । सोमबार राति स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको र मंगलबार राति प्रयोगशालाले दिएको रिपोर्टमा मृत्यु भएकी युवतीको पिसिआर रिपोर्ट पोजेटिभ आएको मेसु उपाध्यायले बताए ।...
स्याङजाका थप ८ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

स्याङजाका थप ८ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा ।  गण्डकी प्रदेशमा मंगलबार  बेलुका थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार बेलुका स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाका ६  पुरुष र २  महिला तमा कोरोना भाइरस देखिएको जनाएको हो । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ४३ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म संक्रमित मध्ये १ हजार ३ सय ५२ जना निको भएर घर फर्किएका छन् ।...
नेपालमा कोरोनाबाट थप एकको मृत्यु
समाचार, स्वास्थ्य

नेपालमा कोरोनाबाट थप एकको मृत्यु

नेपाल अखबार, पोखरा ।  नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षिय वृद्धाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनसार ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि १९ गते विहान कोसी अस्पताल भर्ना भएका ती वृद्धाको १९ गते नै मृत्यु भएको हो । मधुमेह तथा उच्च रक्तचापका विरामी उनको उपचारका क्रममा निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।...