Monday, August 31

स्वास्थ्य

रुसको कोरोना भ्याक्सिनमा डब्ल्यूएचओलाई शंका किन ? बताए यस्तो कारण
विश्व, स्वास्थ्य

रुसको कोरोना भ्याक्सिनमा डब्ल्यूएचओलाई शंका किन ? बताए यस्तो कारण

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंगलबार रुसको भ्याक्सिनको विषयमा शंका जताएको छ । रुसले अक्टोबर महिनादेखि कोरोना भाइरसको भ्याक्सिनको उत्पादन गर्दैछ । विश्व स्वास्थ्य संगठनले भ्याक्सिन उत्पादनका लागि दिशानिर्देश बनाएको छ । विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिस्टियन लिंडमियरलाई यूएन पत्रकार सम्मेलनको क्रममा यदि कुनै भ्याक्सिनको तेस्रो चरणको ट्रायल नगरीकनै त्यसको उत्पादनका लागि लाइसेन्स जारी गरिन्छ भने के संगठनले यसलाई खतरनाक मान्छ ? भन्ने प्रश्न सोधियो । रुसका स्वास्थ्यमन्त्रीले शनिबार उनको देशले अक्टोबर महिनादेखि कोभिड–१९ विरुद्ध ठूलो स्तरमा भ्याक्सिन अभियान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएका थिए । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले पत्रकारसँगको कुराकानीमा भ्याक्सिनको कुनै शूल्क नलिइने र सबैभन्दा पहिले डाक्टर र अध्यापकलाई दिइने बताए । रुसी स्वास्थ्यमन्...
पर्सामा कोरोनाका कारण १८ वर्षीया युवतीको मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा कोरोनाका कारण १८ वर्षीया युवतीको मृत्यु

इरफान अलि , वीरगन्ज । पर्सामा कोरोना संक्रमणका कारण थप १ जनाको ज्यान गएको छ । पर्साको जिल्लाको पोखरीया नगरपालिका वडा नम्बर ८ घर भइ हाल वडा नम्बर ९ बरवा गाँउस्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । सोमबार राति मृत्यु भएकी युवतीमा  मंगलबार अबेर राति कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार ज्वरो र पखाला लागेपछि ती युवतीलाई एम्बुलेन्समा राखेर उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो । सोमबार राति स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको र मंगलबार राति प्रयोगशालाले दिएको रिपोर्टमा मृत्यु भएकी युवतीको पिसिआर रिपोर्ट पोजेटिभ आएको मेसु उपाध्यायले बताए ।...
स्याङजाका थप ८ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

स्याङजाका थप ८ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा ।  गण्डकी प्रदेशमा मंगलबार  बेलुका थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार बेलुका स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाका ६  पुरुष र २  महिला तमा कोरोना भाइरस देखिएको जनाएको हो । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ४३ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म संक्रमित मध्ये १ हजार ३ सय ५२ जना निको भएर घर फर्किएका छन् ।...
नेपालमा कोरोनाबाट थप एकको मृत्यु
समाचार, स्वास्थ्य

नेपालमा कोरोनाबाट थप एकको मृत्यु

नेपाल अखबार, पोखरा ।  नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षिय वृद्धाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनसार ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि १९ गते विहान कोसी अस्पताल भर्ना भएका ती वृद्धाको १९ गते नै मृत्यु भएको हो । मधुमेह तथा उच्च रक्तचापका विरामी उनको उपचारका क्रममा निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।...
संक्रमितको संख्या २१ हजार नाघ्यो
समाचार, स्वास्थ्य

संक्रमितको संख्या २१ हजार नाघ्यो

नेपाल अखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको भएका छन् । कहाँ कहाँ थपिए संक्रमित ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । यस्तै सर्लाहीका २६, मोरङका २३, कैलालीका २२, महोत्तरीमा १५, भक्तपुर र धनुषाका १३/१३ जना, सुनसरीका १२, अछाम र बाँकेका ११, रुपन्देहीका ९, झापाका ८, सप्तरी र बाराका ७/७ जना र रौतहटका ६ जनालाई कोरोना संक्रमण भएको छ । गुल्मीका ५, सल्यानका ३, इलाम, सिरहा, कपिलवस्तु र कास्कीका २/२ जना तथा ललितपुर, धनुषा, बझाङ, पर्सा, तनहुँ, चितवन, ...
भारतमा दैनिक ५० हजारको दरले कोरोना संक्रमित थपिँदै
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा दैनिक ५० हजारको दरले कोरोना संक्रमित थपिँदै

नेपाल अखबार, एजेन्सि। भारतमा दैनिक ५० हजारको दरले कोरोना संक्रमित थपिँदै गएका छन्। गएको २४ घण्टामा मात्र भारतमा ५२ हजार ५० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। भारतमा लगातार छैठौं दिनपनि ५० हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन्। यससँगै यहाँ कुल सङ्क्रमितको संख्या १८ लाख ५५ हजार ७४६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८०३ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार ९३८ जना पुगेको छ। सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये बाह्र लाख ३० हजार ५१० व्यक्ति निको भएर फर्किएका छन्। हाल भारतमा पाँच लाख ८६ हजार २९८ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन्। रासस/एएनआई...
वीरगञ्जमा कोरोना संक्रमित सुरक्षाकर्मी राख्न ४० बेड क्षमताको आइसोलेसन
समाचार, स्वास्थ्य

वीरगञ्जमा कोरोना संक्रमित सुरक्षाकर्मी राख्न ४० बेड क्षमताको आइसोलेसन

नेपाल अखबार, वीरगञ्ज । सानो पाइलाले वीरगञ्जमा ४० बेड क्षमताको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । फ्रन्ट लाईनमा खटिएका सुरक्षाकर्मीलाई राख्ने उद्देश्यले आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । नारायणी अस्पताल, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रत्यक्ष निगरानीमा रहनेगरि आइसोलेसन केन्द्रमा अग्रपंक्तिमा रहेर काम गर्दै गर्दा संक्रमित भएका प्रहरी र सेनाका जवानहरुलाई राखिने छ । पर्सामा चण्डीप्रसाद गणमा कार्यरत ११ जना नेपाली सेना र वीरगञ्ज कारागारमा खटिएका ३ र जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका युनिटका ५ जना गरी ८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले फ्रन्टलाइनमा खटिएको सुरक्षाकर्मीका लागि छुट्टै आइसोलेसन सेन्टर बनाइएको र सानो पाइलाले त्यसको सञ्चालनको जिम्मा लिएको जानकारी दिए । स्थानीय...
पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरैको मृत्यु र संक्रमण भारतमा
विश्व, स्वास्थ्य

पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरैको मृत्यु र संक्रमण भारतमा

नेपाल अखबार, एजेन्सि। गएको २४ घण्टामा कोरोना संक्रमणका कारण अमेरिका र ब्राजिलमा भन्दा पनि भारतमा धेरैले ज्यान गुमाएका छन्। संक्रमित हुनेको संख्या पनि विश्वका अन्य देश भन्दा भारतमा धेरै छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण भारतमा आठ सय १० जनाले ज्यान गुमाएका छन् भने ५० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरमा उल्लेख छ। यसबीचमा ब्राजिलमा पाँच सय ७२ र अमेरिकामा पाँच सय ४६ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा ४८ हजार र ब्राजिलमा भण्डै १८ हजारमा संक्रमण पुष्टि भएको छ। यस बीचमा विश्वभर चार हजार तीन सय ४४ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् भने भण्डै दुई लाख नयाँ संक्रमित फेला परेका छन्। भारतमा अहिलेसम्म संक्रमणको कारण ३८ हजार नौ सय ७१ जनाले ज्यान गुमाएका छन्। विश्वमा भने अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख ९७ हजार नाघेको छ।...
डब्लूएचओले कोरोनाविरुद्ध अचूक औषधि कहिले नबन्न पनि सक्छ भन्नुको कारण के हो?
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

डब्लूएचओले कोरोनाविरुद्ध अचूक औषधि कहिले नबन्न पनि सक्छ भन्नुको कारण के हो?

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख डा. टेड्रोस एडहानम गेब्रियससले कोरोनाविरुद्ध खोप आउने आशा त छ तर अहिलेसम्म यसको कुनै अचूक औषधि बनिसकेको छैन र सायद कहिले नबन्न पनि सक्छ भनेका छन्। उनले यसअघि पनि धेरैपटक कोरोना भाइरस कहिले निर्मूल नहुन पनि सक्ने भएकाले योसँगै बाँच्न सिक्नुपर्छ भनिसकेका छन्। उनले यो पनि भनिसकेका छन् कि कोरोना एकदमै फरक किसिमको भाइरस हो, यसले आफ्नो रूप परिवर्तन गरिरहन्छ। अनि यसलाई मौसम परिवर्तनले पनि कुनै असर पार्दैन किनकि यो मौसमी फ्लु होइन। तसर्थ यसबाट बच्न शारीरिक दूरी कायम गर्ने, राम्रोसँग साबुनपानी हात धुने तथा मास्क लगाउनेजस्ता नियम पालना गर्न विश्वका मानिसलाई डा. टेड्रोसको सुझाव छ। उनले भनेका छन्, ‘धेरैवटा खोप तेस्रो चरणको परीक्षणमा छन् र हामीलाई आशा छ, कुनै एउटा खोप कोरोना संक्रमणबाट मानिसलाई बचाउन प्रभावकारी हुनेछ। तर अहिलेसम्म यसको कु...
सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १ हजार ३७३
प्रदेश ७, समाचार, स्वास्थ्य

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १ हजार ३७३

नेपाल अखबार, कैलाली ।  सुदुरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमित संख्या १ हजार ३७३ पुगेको छ । सोमबार गरिएको परिक्षणबाट थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सकृय संक्रमित १ हजार ३७३ पुगेको हो । सेती प्रादेशिक अस्पताल धनगढीबाट  २० , डडेल्धुरा अस्पतालबाट ,२ र रास्ट्यि जनस्वास्थ्य प्रयोगशालाबाट गरिएको परिक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । कैलालीका २२ पुरुष, २४ महिला,कंचनपुरका १४ पुरुष, १ महिला,  बझाङ्ग १ पुरुष र  अछाम २ पुरुष र २ महिलामा सक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको हो । यसअघि नै  ३ हजार २७६ जना निको भएर घर गइसकेका छन् भने ९ जना संक्रमितको मृत्यु भइसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले रातोपाटीलाई जानकारी दिए । प्रदेशमा हालसम्म ३६ हजार ५५७ जनाको पीसीआर बिधिबाट जाँच गरिएको ...