Saturday, August 29

स्वास्थ्य

गण्डकीमा १३ कोरोना संक्रमित थपिए
प्रदेश ४, स्वास्थ्य

गण्डकीमा १३ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ स्थानीय तहमा नयाँ संक्रमित फेला परेका हुन् । पोखरा महानगरमा १० सहित कास्कीमा कोरोनाका १३ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ११२९ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा थपिएका दशै जना संक्रमित पुरुष हुन् । यसैगरि, माँदी गाउँपालिकामा १ महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको छ । पछिल्लो अपडेटअनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् भने निको हुनेको संख्या ३ सय ४३ पुगेको छ ।...
हावाबाट कोरोना फैलिनसक्ने प्रमाण डब्ल्यूएचओद्वारा ग्रहण
विश्व, स्वास्थ्य

हावाबाट कोरोना फैलिनसक्ने प्रमाण डब्ल्यूएचओद्वारा ग्रहण

नेपाल अखबार, एजेन्सि । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस हावाबाट फैलिनसक्ने प्रमाणलाई ग्रहण गरेको छ । यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै हालको दिशानिर्देश संशोधन गर्न सुझाव दिएका थिए । क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा ३२ देशका २ सय ३९ जना वैज्ञानिकहरुले कोरोना भाइरस हावामा अडिन सक्ने र कुनै व्यक्तिले स्वास फेर्दा ऊ संक्रमित हुनसक्ने प्रमाण प्रस्तुत गरेका थिए । डब्ल्यूएचओमा कोरोना भाइरस संक्रमणको महामारीसँग सम्बन्धित प्राविधिक प्रमुख मारिया वान केरखोवले कोरोना भाइरस हावाबाट फैलिएको आशंकाबारे आफूहरुले छलफल गरिरहेको जानकारी दिए । यसैगरी डब्ल्यूएचओका बेनेदेत्ता आल्लेग्रान्जीले भने, ‘खासगरी भिडभाड भएको सार्वजनिक स्थानमा, हावा आवत–जावत नगर्ने बन्द स्थानमा ...
काठमाडौं उपत्यकामा २८ सहित थपिए २०४ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा २८ सहित थपिए २०४ कोरोना संक्रमित

नेपाल अखबार, काठमाडौं । नेपालका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा २०४ कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।
गंगालाल अस्पतालमा उपचाररत ७ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

गंगालाल अस्पतालमा उपचाररत ७ जनामा कोरोना संक्रमण

नेपाल अखबार, काठमाडाैं। बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लक्षणविहीन ७ जना कोरोना संक्रमित भएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले बताए । संक्रमित ७ जनाको विस्तृत जानकारी आउन बाँकी रहेको उनले बताए । उपचाररत बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टिभएसँगै अस्पतालको आकस्मिक बाहेक सबै सेवा अर्को सूचना नआउन्जेल बन्द गरिएको अस्पतालले जनाएको छ । सरकारले कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएका र अपरेसन गर्नुभन्दा अगाडि कोरोना परीक्षण गर्न पर्दैन भनेर अस्पताललाई आदेश दिएपनि गंगालाल राष्ट्रिय हृदय केन्द्रले बीस जना बिरामीको कोरोना परीक्षण गर्न पठाएको अस्पतालले जनाएको छ । बीस जना मध्ये सात जना लक्षण बिहीनको कोरोना संक्रमित भएको पुष्टि भएको अस्पतालले जनाएको छ । यसभन्दा अघि थापाथलीस्थित प्रसूति गृह, ...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो
विश्व, स्वास्थ्य

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

नेपाल अखबार, एजेन्सि।  भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १६० पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४६७ जनाको मृत्यु भएको हो । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि सात लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख १९ हजार ६६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २२ हजार २५२ नयाँ संक्रमित फेला परेका हुन् । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ११ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने नौ हजार २६ जनाको मृत्यु पनि भइसकेको छ । तामिलनाडुमा पनि एक लाख १४ हजारभन्दा धेरै संक्रमित भेटिँदा एक हजार ५७१ जनाको मृत्यु भएको छ । दिल्लीमा एक लाखभन्द...
कोरोना महामारीका कारण एड्स रोगीको जीवन जाेखिममा: डब्लूएचओ
विश्व, स्वास्थ्य

कोरोना महामारीका कारण एड्स रोगीको जीवन जाेखिममा: डब्लूएचओ

नेपाल अखबार, एजेन्सि। कोरोना महामारीका कारण एचआईभी/एड्सका बिरामीलाई दिइने जीवन रक्षक औषति आपूर्तिमा अवरोध भएको भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिन्ता व्यक्त गरेको छ। डब्लूएचओका अनुसार ७३ देशले अब एड्स रोगीको जीवन रक्षा गर्ने औषधि सकिन लागेको चेतावनी दिएका छन्। तीमध्ये २४ देशले एड्सको अति आवश्यक औषधि एकदमै कम भइसकेको छ र आपूर्तिमा कठिनाइ भइरहेको बताएका छन्। डब्लूएचओका महानिर्देशक डाक्टर टेड्राेस एडहानम गेब्रियससले यो अवस्थालाई ‘अत्यन्तै चिन्ताजक’ भनेका छन्। उनले भने, ‘विश्वका देश अर्थात् उनीहरूका सहयोगीले एचाईभीका बिरामीको जीवन रक्षा गर्ने औषधि उपलब्धताको सुनिश्चित गर्न जरुरी छ। कोरोना महामारीका कारण एड्सबाट हार खाने स्थिति आउनु हुँदैन, जसलाई हामीले निकै मुस्किलले जितेका थियौं।’ बीबीसी...
सुदूरपश्चिममा संक्रमित हुनेभन्दा निको हुनेको संख्यामा वृद्धि,  ९०४ जना घर फर्किए
प्रदेश ७, स्वास्थ्य

सुदूरपश्चिममा संक्रमित हुनेभन्दा निको हुनेको संख्यामा वृद्धि, ९०४ जना घर फर्किए

नेपाल अखबार, कैलाली ।  सुदूरपश्चिम प्रदेशमा निको हुने कोरोना संक्रमितको संख्या ९०४ पुगेको छ । सोमबार प्रदेशका बिभिन्न अस्पतालबाट २४२ जना संक्रमित निको भएपछि घर जानेको संख्या ९०४ पुगेको हो । बझाङ्गबाट १०, अछाम बाट १५,बैतडी अस्पतालबाट २४२ जना संक्रमित निको भएर घर गएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । संक्रमित पुष्टि हुनेभन्दा निको भएर घर जानेको संख्या निकै बढेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले  बताए । उनले सोमबार मात्र सेती प्रादेशिक धनगढी प्रयोगशालाबाट कैलालीका ३ जना पुरुष र १ जनामहिलामा मात्र कोरोना पुष्टि भएको  बताए । काक्रीका अनुसार अहिले प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ६३१ रहेको बताए । संक्रमितमध्ये ७ जनाको मृत्यु भइसकेको छ । हालसम्म २२ हजार ९६८ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र १९ हजार ४२६ मा नेगेटिभ आएक...
नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ उडान कर्मचारीमा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ उडान कर्मचारीमा कोरोना संक्रमण

नेपाल अखबार, काठमाडौं । तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रुका कर्मचारी रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ । नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तव्यमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।...
गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा सोमबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा लमजुङका ११ जना, बागलुङका ५ जना र कास्कीका १ जनामा कोरोना संक्रमण देखिएको हो। लमजुङको बेंशीसहर नगरपालिकामा ३, सुन्दरबजार नगरपालिकामा ३, राइनास नगरपालिकामा १ जना, क्व्होलासोथर गाउँपालिकामा २, दोर्दी गाउँपालिकामा १, मध्यनेपाल नगरपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै, बागलुङको ढोरपाटन नगरपालिकामा १ जना, बडीगाड गाउँपालिका र काठेखोला गाउँपालिकामा २/२ जनामा संक्रमण देखिएको गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै, कास्कीको पोखरा महानगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरू सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. ...
कोरोनाबाट सबैभन्दा प्रभावित तेस्रो मुलुक बन्यो भारत
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाबाट सबैभन्दा प्रभावित तेस्रो मुलुक बन्यो भारत

नेपालअखबार, एजेन्सि।  भारत कोरोना भाइरस (कोभिड–१९) को कारण सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ९७ हजार ४१३ पुगेको छ । यससँगै कोरोना संक्रमित संख्यामा भारतले रुसलाई पछि पारेको हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म रुसमा कोरोना भाइरसका ६ लाख ८० हजार २८८ संक्रमित फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टामा २४ हजार २४८ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १९ हजार ६९३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ४२५ जनाको मृत्यु भएको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई लाख ६ हजारभन्दा धेरै संक्रमित फेला पर्दा आठ हजार ८२२ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा अहिलेसम्म ...